लुम्बिनी विकास कोषका पदाधिकारीद्वारा रामग्राम र पण्डितपुरको अवलोकन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २८, २०७९
|
|
३८ पटक हेरिएको
Shares
लुम्बिनी विकास कोषका पदाधिकारीद्वारा रामग्राम र पण्डितपुरको अवलोकन

सारांश

  • काठमाडौँ ।
  • लुम्बिनी विकास कोषका पदाधिकारीसहितको टोलीले बुद्धको अस्तु धातु रहेको रामग्राम स्तुपा र बुद्ध स्थल पण्डितपुरको अवलोकन गरेको छ ।
  • कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी, कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, बोर्ड सदस्य तथा परिषद् सदस्यसहितको टोलीले उक्त क्षेत्रको अवलोकन गरेको हो ।

काठमाडौँ । लुम्बिनी विकास कोषका पदाधिकारीसहितको टोलीले बुद्धको अस्तु धातु रहेको रामग्राम स्तुपा र बुद्ध स्थल पण्डितपुरको अवलोकन गरेको छ ।
कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी, कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, बोर्ड सदस्य तथा परिषद् सदस्यसहितको टोलीले उक्त क्षेत्रको अवलोकन गरेको हो ।

गौतमबद्धको अस्तु धातु रहेको रामग्राम बुद्धमार्गीहरुका लागि पवित्र स्थल रहेकाले यहाँको विकास गर्ने गरी स्थलगत अवलोकन गरिएको उपाध्यक्ष त्रिपाठीले बताउनुभयो। उहाँले बुद्धको जीवनसँग जोडिएको महत्त्वपूर्ण स्थल रामग्राम भएकाले तत्कालीन र दीर्घकालीन रूपमा रामग्रामको विकास गरिने बताउनुभयो । उपाध्यक्ष त्रिपाठीले रामग्राममा तत्काल कोषको कार्यालय सञ्चालन गर्न, जग्गाको संरक्षणका लागि तारबार, पर्यटकका लागि खानेपानी, शौचालय र सूचना बोर्डहरू राख्न निर्देशन दिनुभयो ।

नवलपरासीको रामग्राम नगरपालिका वडा नं. ७ झरही नदीको किनारमा रहेको रामग्रामलाई विश्वका बौद्धमार्गीहरुले पवित्र स्थलका रूपमा पुज्छन् । भगवान् बुद्धको अस्तु धातु राखी निर्माण गरिएको आठ वटा स्तुपामध्ये अहिलेसम्म बाँकी रहेको एक मात्र रामग्राम स्तुपा हो । बौद्ध ग्रन्थमा सम्राट् अशोकले अन्यत्रबाट झैँ रामग्राममा पनि अस्तु झिकी चौरासी हजार स्तूप बनाउन चाहेको तर, त्यसो नगरेको उल्लेख छ ।

यसैगरी लुम्बिनी विकास कोषको टोलीले रामग्राम नगरपालिका १८ स्थित बौद्ध क्षेत्र पण्डितपुरको पनि अवलोकन गरेको छ । पुरातत्त्व विभागले बौद्धकालीन अवशेषहरू पत्ता लगाएपछि यो क्षेत्रलाई पुरातात्त्विक स्थलको रूपमा संरक्षण गर्दै आएको छ ।

कोलिय गणराज्यको राजधानी तथा बुद्धको मावली स्थलका रूपमा पण्डितपुर हुनसक्ने भएकाले यसको पुरातात्त्विक महत्त्व उजागर गर्नका लागि लुम्बिनी विकास कोषले यो क्षेत्रको अवलोकन गरेको कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले जानकारी दिनुभयो ।

उहाँले पुरातत्त्व विभागले उत्खनन गर्दा बुद्धकालीन अवशेषहरू प्रशस्त देखिएकाले यसलाई बुद्ध स्थलका रूपमा लुम्बिनी विकास कोषले संरक्षण र विकास गर्ने बताउनुभयो। हाल पण्डितपुर क्षेत्र अतिक्रमित हुँदै गएकाले यसको संरक्षणमा कोषले चासो देखाएको हो ।

रामग्राममा तत्काल केही निर्माणहरू गर्नुपर्ने र कार्यालय समेत सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएकाले त्यसको तयारीमा लाग्ने कोषका सदस्य सचिव सानुराजा शाक्यले बताउनुभयो । रामग्राम स्तुपाको गुरुयोजना समेत बनेको र तत्काल केही आवश्यक पूर्वाधार निर्माण थाल्ने गरी निर्देशन आएको योजना प्रमुख सरोज भट्टराईले बताउनुभयो ।

अवलोकनमा कोषका बोर्ड सदस्य विश्व पौडेल, परिषद् सदस्य सरोज भट्टराई, अर्का परिषद् सदस्य धनराज कँडेल लगायतको सहभागिता रहेको थियो ।

टोलीले सुनवल–७ तरगौली स्थित देवदह मध्यमार्गी बौद्ध गुम्बा एवं विहारको समेत अवलोकन गरेको छ । उक्त अवसरमा सुनवल नगरपालिकाका उपप्रमुख सूर्यप्रसाद दुवे, सुनवल वडा नं. ७ का वडा अध्यक्ष नारायण प्रसाद आचार्यले लुम्बिनीसँग जोडेर क्षेत्रको विकास गर्न आग्रह गर्नुभएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विवाहको खर्च १० लाख गुणस्तरीय शिक्षालाई
विवाहको खर्च १० लाख गुणस्तरीय शिक्षालाई
अर्जुन रामपाललाई अविबाहित प्रेमिकाबाट दोस्रो सन्तान प्राप्त हुदैँ
अर्जुन रामपाललाई अविबाहित प्रेमिकाबाट दोस्रो सन्तान प्राप्त हुदैँ
कलेजो प्रत्यारोपणको तयारीमा नर्भिक
कलेजो प्रत्यारोपणको तयारीमा नर्भिक
जुम्ला वाम गठबन्धनको कब्जामा, प्रत्येक्षतर्फका सबै उम्मेदवार विजयी
जुम्ला वाम गठबन्धनको कब्जामा, प्रत्येक्षतर्फका सबै उम्मेदवार विजयी
अमेरिकी जहाज आउँदा सामाजिक सञ्जालमा किन तरंग ?
अमेरिकी जहाज आउँदा सामाजिक सञ्जालमा किन तरंग ?
गगन थापाको क्षेत्रका उम्मेदवार वैद्यको उजुरीमा मंगलबारसम्म फैसला हुन्छ- निर्वाचन आयोग
गगन थापाको क्षेत्रका उम्मेदवार वैद्यको उजुरीमा मंगलबारसम्म फैसला हुन्छ- निर्वाचन आयोग
भारतसँग अन्तिम गोली रहेसम्म लड्ने पाकिस्तानको चेतावनी
भारतसँग अन्तिम गोली रहेसम्म लड्ने पाकिस्तानको चेतावनी
उपत्यका प्रहरी : कारवाहीभन्दा पुरस्कृत धेरै
उपत्यका प्रहरी : कारवाहीभन्दा पुरस्कृत धेरै
गरीबी निवारण कार्यक्रममा राजनीतिक चासो र चलखेल
गरीबी निवारण कार्यक्रममा राजनीतिक चासो र चलखेल
गोली चलाऊन आदेश दिनेविरुद्ध उजूरी पर्दा तुरन्त जाइलाग्ने, विधार्थीलाई गोली हान्दा मतलव नहुने?
गोली चलाऊन आदेश दिनेविरुद्ध उजूरी पर्दा तुरन्त जाइलाग्ने, विधार्थीलाई गोली हान्दा मतलव नहुने?

तपाईंले छुटाउनुभयो कि?