क्रिकेटर सन्दीप लामिछाने विरुद्ध नाबालिका करणीको उजुरी, प्रहरीको अनुसन्धान तीब्र

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २२, २०७९
|
|
४५ पटक हेरिएको
Shares
क्रिकेटर सन्दीप लामिछाने विरुद्ध नाबालिका करणीको उजुरी, प्रहरीको अनुसन्धान तीब्र

सारांश

  • काठमाडौ ।
  • नेपाल प्रहरीले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि एक नाबालिगमाथि पटकपटक जबरजस्ती करणी गरेको आरोपमा अनुसन्धान भइरहेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी दिएका छन्।
  • प्रवक्ता राईका अनुसार जाहेरी परेको प्रहरी कार्यालय गौशाला र जिल्ला प्रहरी परिसर काठमाण्डूले स‌ंयुक्त रूपमा अनुसन्धान अगाडि बढाएका छन्।

काठमाडौ । नेपाल प्रहरीले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि एक नाबालिगमाथि पटकपटक जबरजस्ती करणी गरेको आरोपमा अनुसन्धान भइरहेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी दिएका छन्।

प्रवक्ता राईका अनुसार जाहेरी परेको प्रहरी कार्यालय गौशाला र जिल्ला प्रहरी परिसर काठमाण्डूले स‌ंयुक्त रूपमा अनुसन्धान अगाडि बढाएका छन्।

राई भन्छन्, ‘बढीमा २५ दिनभित्र प्रहरीले अनुसन्धान पूरा गरेर अदालत समक्ष पेस गर्नेछ।’

जिल्ला प्रहरी परिसर काठमाण्डूले बुधवार प्रकाशित गरेको विज्ञप्तिमा ‘प्रहरी वृत्त गौशालामा त्यस्तो जाहेरी परेको र त्यसपछि उक्त घटनाबारे अनुसन्धान भइरहेको’ जनाइएको छ।
उक्त आरोपका सन्दर्भमा लामिछानेले कुनै प्रतिक्रिया दिइसकेका छैनन्।
घटना भदौ ५ र ६ गते भएको प्रहरीले जनाएको छ।

लामिछाने अहिले लीग क्रिकेट खेल्न विदेशमा छन्। उनलाई प्रतिभाशाली लेग स्पिनर मानिन्छ।बिबिसीबाट 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?