चुनाव हारेका र हार्दै काँग्रेसका हस्तीहरू

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
२५ पटक हेरिएको
Shares
चुनाव हारेका र हार्दै काँग्रेसका हस्तीहरू

सारांश

  • काठमाडौं, २३ मंसिर ।
  • वाम गठबन्धनले देशभर जीतको लहर ल्याइरहँदा फाट्टफुट्ट नेपाली काँग्रेसका उम्मेदवारहरूले जित हासिल गरे ।
  • काठमाडौं क्षेत्र नम्बर १ बाट रवीन्द्र मिश्रलाई सात सय मतान्तरले प्रकाशमान सिंहले पराजित गर्दै काँग्रेसको खाता खोलेपछि अर्को हस्तीहरू गगनकुमार थापा र डा.

काठमाडौं, २३ मंसिर । वाम गठबन्धनले देशभर जीतको लहर ल्याइरहँदा फाट्टफुट्ट नेपाली काँग्रेसका उम्मेदवारहरूले जित हासिल गरे । काठमाडौं क्षेत्र नम्बर १ बाट रवीन्द्र मिश्रलाई सात सय मतान्तरले प्रकाशमान सिंहले पराजित गर्दै काँग्रेसको खाता खोलेपछि अर्को हस्तीहरू गगनकुमार थापा र डा. मिनेन्द्र रिजालले जित दर्ता गरे । युवा तथा खेलकुदमन्त्री राजन केसीले समेत काठमाडौंबाट जित्दा काँग्रेसका धेरै हस्तीहरू पराजित भइरहेका थिए ।

 

बहुदल आएपछि कहिले चुनाव नहारेका काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पराजयको नजिक पुगेका छन् । एमालेका किसान श्रेष्ठले मतान्तर बढाउँदै लगेबाट हार्ने अवस्था बनेको हो ।

झापाबाट पूर्व महामन्त्री तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला राप्रपाका राजेन्द्र लिङ्देनबाट पराजित भए । पटक पटक अर्थमन्त्री भएका डा.रामशरण महत र पटक पटक मन्त्री भएका अर्जुननरसिंह केसी दुवै गृहजिल्ला नुवाकोटबाट पराजित भए ।

उनीहरूलाई क्रमशः माओवादी र एमाले उम्मेदवारहरूले पराजित गरेका हुन् । गृहजिल्ला मोरङबाट डा.शेखर कोइराला पराजित भए । उनलाई एमालेका लालबाबु पण्डितले पराजित गरेका हुन् । मोरङबाट माओवादी अमललाल मोदीबाट पूर्व अर्थमन्त्री महेश आचार्य पराजित भए ।

सुनसरीबाट विजयकुमार गच्छेदार समेत पराजय उन्मुख छन् । उनी भगवती चौधरीभन्दा पछाडि छन् । धनुषामा राजेन्द्र महतोभन्दा पछाडि परेका विमलेन्द्र निधि पराजयको नजिक पुगेका छन् । बारामा श्रममन्त्री फर्मूल्लाहा मन्सुर प्रतिद्वन्द्वीभन्दा पछाडि छन् । काठमाडौं ५ मा पूर्वमन्त्री डा. प्रकाशशरण महत एमाले महासचिव इश्वर पोखरेलभन्दा पछाडि छन् । उनी हार्ने निश्चितप्रायः छ ।

संचारमन्त्री मोहनबहादुर बस्नेत सिन्धुपाल्चोकबाट माओवादी केन्द्रका अग्नि सापकोटाबाट पराजित भए । पूर्वमन्त्री एनपी साउद हारको नजिक छन् । चन्द्र भण्डारी गुल्मीबाट प्रदीप ज्ञवालीभन्दा पछि परेसँगै हार्ने अवस्था बनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दूरसञ्चारका कर्मचारीले जहाजै नचढी टिकटको पैसा लिएपछि …
दूरसञ्चारका कर्मचारीले जहाजै नचढी टिकटको पैसा लिएपछि …
बागमती नगरपालिकाका मेयर र उपमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बागमती नगरपालिकाका मेयर र उपमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अब काठमाडौँ उपत्यका भित्रिनेले अनिवार्य २ हप्ता क्वारेन्टिनमा बस्नुपर्ने गृहको परिपत्र
अब काठमाडौँ उपत्यका भित्रिनेले अनिवार्य २ हप्ता क्वारेन्टिनमा बस्नुपर्ने गृहको परिपत्र
सुर्खेत प्रहरीद्वारा चिनी बरामद
सुर्खेत प्रहरीद्वारा चिनी बरामद
प्रदेश प्रमुखसहित २४ सांसद सेनाको हेलिकोप्टरमा सुर्खेत पुगे
प्रदेश प्रमुखसहित २४ सांसद सेनाको हेलिकोप्टरमा सुर्खेत पुगे
मन्त्री छान्ने विषयले, पौडेल पक्ष रुष्ट भागबन्डा नमिल्दा कांग्रेसले मन्त्री छान्न सकेन,
मन्त्री छान्ने विषयले, पौडेल पक्ष रुष्ट भागबन्डा नमिल्दा कांग्रेसले मन्त्री छान्न सकेन,
चीन, अमेरिका व्यापार वार्ता अगष्टको अन्त्यमा
चीन, अमेरिका व्यापार वार्ता अगष्टको अन्त्यमा
नयाँ वर्ष मनाउने क्रममा पाँचको मृत्यु
नयाँ वर्ष मनाउने क्रममा पाँचको मृत्यु
फौजी कीराको प्रकोपले धानबाली नष्ट भएपछि किसान चिन्तित
फौजी कीराको प्रकोपले धानबाली नष्ट भएपछि किसान चिन्तित
सिरहामा तीन हजार ७०९ छोरीको बीमा
सिरहामा तीन हजार ७०९ छोरीको बीमा

तपाईंले छुटाउनुभयो कि?