छुट्टा छुटै दुर्घटना हुदा कपिलबस्तुमा एक वालिका सहित चार घाईते

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ९, २०७५
|
|
३१ पटक हेरिएको
Shares
छुट्टा छुटै दुर्घटना हुदा कपिलबस्तुमा एक वालिका सहित चार घाईते

सारांश

  • माधव बेल्वासे माघ ९,कपिलबस्तु  कपिलवस्तु शिवराज नगरपालिकामा वुधवार विहान छुट्टा छुटै सवारी दुर्घटनामा ५ जना घाईते भएका छन ।
  • शिवराज नगरपालिका वडा न १ वेलौति चोकमा पश्चिम बाट पुर्व तर्फ जादै गरेको ना ६ ख ३९७२ नम्वरको बस लाई विपरित दिशा वाट आएको रा १ ख ६५० नम्वरको टिप्परले ठक्कर दिदा अनियन्त्रित भई रुखमा ठोक्किएको थियो ।
  • रुख भाचिएपछी केहि बेर सडक अवरुद्ध भएको थियो ।
माधव बेल्वासे
माघ ९,कपिलबस्तु 
कपिलवस्तु शिवराज नगरपालिकामा वुधवार विहान छुट्टा छुटै सवारी दुर्घटनामा ५ जना घाईते भएका छन । शिवराज नगरपालिका वडा न १ वेलौति चोकमा पश्चिम बाट पुर्व तर्फ जादै गरेको ना ६ ख ३९७२ नम्वरको बस लाई विपरित दिशा वाट आएको रा १ ख ६५० नम्वरको टिप्परले ठक्कर दिदा अनियन्त्रित भई रुखमा ठोक्किएको थियो । रुख भाचिएपछी केहि बेर सडक अवरुद्ध भएको थियो ।प्रहरी र स्थानियहरुको सहयोगमा भाचिएको रुखलाई व्यावस्थापन गरिएको थियो ।
दुर्घटना वाट ४ जना घाईते भएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । वस र टिप्पर प्रहरीको नियन्त्रणमा रहेको भएपनि टिप्परको चालक भने फरार रहेको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरिक्षक महेश्वर उपाध्यले वताए ।
त्यस्तै शिवराज नगरपालिका ३ खरेन्द्रपुरमा स्कुल बसले एक  वालिकालाई ठक्कर दिएको छ । चन्द्रँैटामा रहेको फपुरी स्कुलको बसले शिवराज नगरपालिका ३ वस्ने  ७ वर्षे अशिंका त्रिपाठी घाइते भएको प्रहरीले जनाएको छ ।स्कुलको बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?