जसपा अध्यक्षद्वय यादव र भट्टराईद्वारा संयुक्त चुनावी सभा बहिस्कार

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २५, २०७९
|
|
५६ पटक हेरिएको
Shares
जसपा अध्यक्षद्वय यादव र भट्टराईद्वारा संयुक्त चुनावी सभा बहिस्कार

सारांश

  • काठमाडौं।
  • कांग्रेस नेतृत्वको गठबन्धनले गर्दै आएको संयुक्त चुनावी सभामा गठबन्धनमै रहेको एउटा दल जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र सङ्‍घीय परिषद् अध्यक्ष डा.
  • बाबुराम भट्टराईले बहिस्कार गर्दै आएका छन्।

काठमाडौं। कांग्रेस नेतृत्वको गठबन्धनले गर्दै आएको संयुक्त चुनावी सभामा गठबन्धनमै रहेको एउटा दल जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र सङ्‍घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बहिस्कार गर्दै आएका छन्।

गठबन्धनले चितवनको भरतपुर, काठमाडौंको शान्ति बाटिकादेखि मधेस प्रदेशको जनकपुरमा संयुक्त चुनावी सभा गरिसक्यो। तीन ठाउँकै चुनावी सभालाई यी दुई नेताले भने बहिस्कार गरेका हुन्।

पार्टीका दोस्रो तहका नेताहरूलाई भने चुनावी सभामा पठाउने गरेका छन्। जबकि, कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल नै चुनावी सभामा सम्बोधन गर्न खटिरहेका छन्। गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन अपिल गरिरहेका छन् ।

तर, जसपाका यी दुई नेता भने गठबन्धन दलकै चुनावी सभामा नगई गृहजिल्लामा खटिएका छन्। उक्त पार्टीका एक नेता राजकिशोर यादव दुई अध्यक्ष किन गठबन्धनको संयुक्त चुनावी सभामा जाँदै छैनन् ? त्यसबारे थाहा नभएको बताउँछन्।

गठबन्धन दलका अन्य शीर्ष नेता त चुनावी सभामा देख्छु तर हाम्रा पार्टीका दुई अध्यक्ष गएको देख्दिनँ । यसबारे उहाँहरूलाई नै किन जानु नभएको भनेर सोध्नुहोला’, यादवले भने, ‘तालमेललाई लिएर केही असन्तुष्टि होला कि?’

शुक्रबार डा. भट्टराईले तालमेलबारे असन्तुष्टि जनाएका थिए । ‘पाँच दलीय गठबन्धन केही नेताहरूको स्वार्थको माध्यम बन्दै गएको देखिनु दुर्भाग्यपूर्ण छ’, भट्टराईको असन्तुष्टि ट्‍वीटरमा पोखिएको थियो ।

असन्तुष्ट भएकै कारण उनले संयुक्त चुनावी सभा बहिस्कार गरेको देखिएको छ । र, गृहजिल्ला गोरखा पुगेर उनी आफ्ना पार्टीबाट उम्मेदवार बनेकाहरूलाई मत मागिरहेका छन् । त्यहाँ गठबन्धन दलहरूबीच तालमेल भएन ।

पार्टी अध्यक्ष यादव पनि असन्तुष्ट भएरै संयुक्त चुनावीमा सभालाई सम्बोधन गर्नेभन्दा पनि मोरङ पुगेर छोरा अमरेन्द्रलाई मत मागिरहेका छन् ।

अमरेन्द्र विराटनगर महानगरपालिकाको उपप्रमुख पदका उम्मेदवार हुन् । त्यहाँ पनि गठबन्धनमा समस्या छ । माओवादीकी नमिता न्यौपाने बागी उम्मेदवारी बनेकी छिन् ।

यादवकै पार्टीका नेता उमेश यादव पनि बागी उम्मेदवार छन् । उनीहरू लाल्टिन चिह्नसहित निर्वाचन अभियानमा छन् ।

गठबन्धन दलहरूबीच तालमेल व्यावहारिक रूपमा राम्रो नभएपछि असन्तुष्ट मात्रै नभए संयुक्त चुनवाी सभालाई नै बहिस्कार गरेर यादव मोरङमा क्रियाशील भएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एयरलाइन्स कम्पनी र नाट्टाबीच छलफल
एयरलाइन्स कम्पनी र नाट्टाबीच छलफल
रित्तिँदै राष्ट्रिय ढुकुटीः कर बक्यौता नै करिब ७९ अर्ब !
रित्तिँदै राष्ट्रिय ढुकुटीः कर बक्यौता नै करिब ७९ अर्ब !
प्रधानमन्त्री ओलीद्वारा अमिताभ बच्चनको शिघ्र स्वास्थ्यलाभको कामना
प्रधानमन्त्री ओलीद्वारा अमिताभ बच्चनको शिघ्र स्वास्थ्यलाभको कामना
कठिन जीवनयापनलाई सहज बनाउने छौँ : महर्जन
कठिन जीवनयापनलाई सहज बनाउने छौँ : महर्जन
सरकारी ढुकुटीमा दोहन, नेताहरुले कार्यकर्ता पोस्दै
सरकारी ढुकुटीमा दोहन, नेताहरुले कार्यकर्ता पोस्दै
शेरबहादुर देउवाविरुद्ध यसरी धावा बोले प्रकाशमान सिंहले ? हेर्नुहोस के भने  !
शेरबहादुर देउवाविरुद्ध यसरी धावा बोले प्रकाशमान सिंहले ? हेर्नुहोस के भने !
घरमा विवाहको तयारी भैरहेकी युवती मृत फेला परेपछि…
घरमा विवाहको तयारी भैरहेकी युवती मृत फेला परेपछि…
तेलको मुल्य वढ्दा एकै दिनमा मुल्य वढाउने निगम घट्दा महिनौ दिन देखि चुपचाप
तेलको मुल्य वढ्दा एकै दिनमा मुल्य वढाउने निगम घट्दा महिनौ दिन देखि चुपचाप
प्राकृतिक विपद् एवम् दुर्घटनाका समयमा स्काउटले निर्वाह गरेकोे भूमिका प्रशंसनीय: पूर्वराष्ट्रपति भण्डारी
प्राकृतिक विपद् एवम् दुर्घटनाका समयमा स्काउटले निर्वाह गरेकोे भूमिका प्रशंसनीय: पूर्वराष्ट्रपति भण्डारी
प्रतिनिधिसभा समानुपातिक बन्दसूचीबाट २९ जनाले लिए उम्मेदवारी फिर्ता
प्रतिनिधिसभा समानुपातिक बन्दसूचीबाट २९ जनाले लिए उम्मेदवारी फिर्ता