महिला आयोगलाई शक्तिशाली बनाउनुपर्ने सुझाव

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १६, २०७४
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, १६ साउन ।
  • राष्ट्रिय महिला आयोगलाई शक्तिशाली आयोग बनाउनुपर्ने सहभागीले सुझाव दिएका छन् ।
  • आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७३ माथि आज संसदको महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिको आयोजना सिंहदरवारमा भएको छलफलमा सांसदहरुले पीडित महिलाको गुनासो सुन्ने र सम्बोधन गर्न सक्ने शक्तिशाली आयोग बनाउनुपर्ने सुझाव दिनुभएको हो ।

काठमाडौँ, १६ साउन । राष्ट्रिय महिला आयोगलाई शक्तिशाली आयोग बनाउनुपर्ने सहभागीले सुझाव दिएका छन् ।

आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७३ माथि आज संसदको महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिको आयोजना सिंहदरवारमा भएको छलफलमा सांसदहरुले पीडित महिलाको गुनासो सुन्ने र सम्बोधन गर्न सक्ने शक्तिशाली आयोग बनाउनुपर्ने सुझाव दिनुभएको हो ।

समितिका सभापति रञ्जुकुमारी झाले संविधानले नै आयोगलाई संवैधानिक निकायका रुपमा मानेको हुनाले अब पहिलेको भन्दा बढी शक्तिशाली आयोग बन्ने बताउनुभयो । उहाँले आयोगलाई बढीभन्दा बढी महिलामैत्री बनाइने बताउनुभयो ।

छलफलमा आयोगकी कार्यबाहक अध्यक्ष भगवती घिमिरेले अहिलेको ऐनलाई हुबहु पारित गर्दा आयोगका अधिकार र कर्तव्य कटौती हुने भएकाले बढी महिलामैत्री बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, “आयोगलाई पछाडि फर्काउने तरिकाको ऐन बनाउनुहुँदैन । अझ अधिकारसम्पन्न आयोग बनाउनुपर्छ ।”

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव कमलशाली घिमिरेले आयोगसम्बन्धी ऐन पहिलेको भन्दा अझ सहभागितामूलक बन्ने बताउनुभयो । उहाँले संविधानबमोजिमका प्रावधान विधेयकमा राखिनेछ भन्नुभयो ।

छलफलमा सांसद जितबहादुर गौतम, रुक्मनि चौधरी, मधु गुरुङलगायतले आयोगले महिलाका विषयमा पर्याप्त काम गर्न नसकेको भन्दै विधेयकलाई महिलामैत्री बनाउनुपर्ने बताउनुभयो । उहाँहरुले स्थानीय तहमा महिला हिंसाका घटना बढी हुने भएकाले स्थानीय तहमा पनि आयोग गठनको आवश्यकता रहेको बताउनुभयो ।

नयाँ संविधानअनुसार आयोग संवैधानिक निकाय रहेकाले नयाँ ऐन ल्याउनका लागि समितिले सरोकारवाला निकायसँग छलफल गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?