कांग्रेसबाट ५ जनाको समानुपातिक सांसद पद ‘खोसियो’ ?
सारांश
- काठमाडौं ।
- नेपाली कांग्रेसले समानुपातिक सांसदको चार जनाको नामावली सच्याएर निर्वाचन आयोगमा पेश गरेको छ ।
- निर्वाचन आयोगले नामावली संशोधन गरेर पठाउन पत्राचार गरेपछि कांग्रेसले संशोधित नामावली सच्याएर पठाएको हो ।
काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक सांसदको चार जनाको नामावली सच्याएर निर्वाचन आयोगमा पेश गरेको छ । निर्वाचन आयोगले नामावली संशोधन गरेर पठाउन पत्राचार गरेपछि कांग्रेसले संशोधित नामावली सच्याएर पठाएको हो ।
प्रदेश नम्बर १, २ र ५ का चार जनाको नाम संशोधन गरेर निर्वाचन आयोगमा नामावली पठाएको नेपाली कांग्रेसले जनाएको छ ।
प्रदेश नम्बर १ मा टेकचन्द्र विश्वासको नाम हटाएर कल्पनाकुमारी सरदार र सीतादेवी पौडेललाई हटाएर शान्ता पौडेलको नाम आयोगमा पेश गरेको छ । क्रम संख्यामा शान्ता एक नम्बरमा भएपनि तीन नम्बरमा रहेकी सीतादेवीको नाम पठाएकाले सच्याइएको हो ।
यसैगरी प्रदेश नम्बर २ मा सलमा खातुनको नाम हटाएर आदिवासी जनजाती कोटाबाट शोभा लामाको नाम बुझाइएको छ ।
यस्तै प्रदेश ५ मा सूर्यमती उपाध्यायको सट्टा शान्तिदेवी वर्मा सोनारलाई दलित कोटामा पठाइएको छ ।
क्रम संख्या नमिलेको र समानुपातिक क्लस्टर नमिलेको पाइएपछि निर्वाचन आयोगले पुस २० गतेसम्म संशोधित नामावली सच्याउन कांग्रेससहित ६ राजनीतिक दललाई पत्राचार गरेको थियो ।
प्रतिक्रिया