उपराष्ट्रपति यादवद्वारा पदबहाली

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ६, २०७९
|
|
१३ पटक हेरिएको
Shares
उपराष्ट्रपति यादवद्वारा पदबहाली

सारांश

  • काठमाडौँ ।
  • उपराष्ट्रपति रामसहायप्रसाद यादवले लैनचौरस्थित कार्यालयमा पदबहाली गरेका छन् ।
  • राष्ट्रपति कार्यालय शीतल निवासमा आज पद तथा गोपनीयताको शपथ लिएलगत्तै उपराष्ट्रपति यादवले उपराष्ट्रपतिको कार्यालय हरितगृह, लैनचौर पुगेर पदबहाली गरेका हुन् ।

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले लैनचौरस्थित कार्यालयमा पदबहाली गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज पद तथा गोपनीयताको शपथ लिएलगत्तै उपराष्ट्रपति यादवले उपराष्ट्रपतिको कार्यालय हरितगृह, लैनचौर पुगेर पदबहाली गरेका हुन् । उपराष्ट्रपतिले पदबहाली गरेर औपचारिकरुपमा जिम्मेवारी सम्हालेका उपराष्ट्रपति कार्यालयका सूचना अधिकारी (उपसचिव) प्रविण पौडेलले जानकारी दिए ।

उनका अनुसार पदबहालीपछि उपराष्ट्रपतिलाई कार्यालयकोतर्फबाट सचिव टेकनारायण पाण्डेले ‘ब्रिफिङ’ गरेका थिए । उपराष्ट्रपति यादवले पदबहालीपछि कार्यालय परिसरमा वृक्षरोपणसमेत गरेका थिए यादव यही चैत ३ मा मुलुकको तेस्रो उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए ।

को हुन् उपराष्ट्रपति यादव ?

स्वच्छ तथा इमान्दार राजनीतिज्ञको छवि बनाएका उपराष्ट्रपति यादव यसअघि जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता एवं पूर्वमन्त्रीसमेत थिए ।

यादवको जन्म विसं २०१७ साउन ९ गते बुवा स्व प्रसाद राय यादव र आमा स्व सिहवादेवी यादवका कान्छो छोराका रूपमा बाराको कचोर्वा–८ बसवरियामा भएको हो । उनका दुई दाजुभाइ तथा तीन दिदीबहिनी छन् । साथै श्रीमती, दुई छोरा र एक छोरी छन् ।

उनी विसं २०७२ मा मधेसी जनाधिकार फोरम नेपाल र सङ्घीय समाजवादी पार्टी नेपाल एकीकरण भई गठन भएको सङ्घीय समाजवादी फोरम नेपालको महासचिव भएका थिए । यादव गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बारा क्षेत्र नं २ बाट निर्वाचित भएका हुन् । उनी यसअघि २०७४ सालमा पनि बारा–२ बाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

भारतको सीतामढी कलेजबाट विज्ञान विषयमा स्नातक र ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जबाट शिक्षा सङ्कायमा स्नातक अध्ययन गरेका यादवको प्राथमिक शिक्षा आफ्नै गाउँको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बसवरियाबाट सुरु भएको थियो ।

नेपाल सद्भावना पार्टीबाट राजनीति सुरु गरेका उनको उच्च शिक्षा लिइ भारतको सीतामढीबाट बिएससी अध्ययन गरी फर्किंदा नेपालमा २०४६ सालको आन्दोलन सुरु भइसकेको थियो । उक्त समयमा तराई मधेसका मुद्दामा नेपाल सद्भावना पार्टीले काम गरिरहेको विषय जानकारी पाएपछि उनी २०४७ सालमा सद्भावना पार्टीमा प्रवेश गरेका हुन् ।

यादव २०५९ सालमा मधेसी जनाधिकार फोरममा आबद्ध भए । त्यसपछि उनी २०६४ सालमा पहिलो संविधानसभामा समानुपातिक तर्फबाट सदस्य भएका थिए भने विसं २०६५ मा उनी पार्टी महासचिव भए ।

उनी विसं २०७६ मा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भई गठित जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति सदस्य भएका थिए । विसं २०७८ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा वन तथा वातावरणमन्त्री भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल–चीन उच्च स्तरीय वार्ता सम्पन्न, १७ सम्झौतामा हस्ताक्षर
नेपाल–चीन उच्च स्तरीय वार्ता सम्पन्न, १७ सम्झौतामा हस्ताक्षर
समानुपातिक निर्वाचन प्रणालीमा कुन दलको कति सिट ?
समानुपातिक निर्वाचन प्रणालीमा कुन दलको कति सिट ?
नेपाल र श्रीलंकाबीचको खेल भोलि विहान ५:१५ बजे हुने
नेपाल र श्रीलंकाबीचको खेल भोलि विहान ५:१५ बजे हुने
ओलीले केन्द्रीय कमिटीमा ५५६ थपे, पार्टीको नाम र चुनाव चिन्ह कब्जाको रणनीति
पाँचसय शै्ययाको निगरानी कक्ष निर्माण हुने
पाँचसय शै्ययाको निगरानी कक्ष निर्माण हुने
‘ट्राभल एजेन्सी नै मानव तस्करीमा’ : ५ सय ३० कर्मचारी कारवाहीकाे सिफारिसमा
‘ट्राभल एजेन्सी नै मानव तस्करीमा’ : ५ सय ३० कर्मचारी कारवाहीकाे सिफारिसमा
ललिता प्रकरणले बैंक डुब्ने !
ललिता प्रकरणले बैंक डुब्ने !
उत्तराखण्डः केदारनाथ, बद्रीनाथमा भारी हिमपात
उत्तराखण्डः केदारनाथ, बद्रीनाथमा भारी हिमपात
नेकपाकाे ६६ जिल्ला कमिटीको भागबण्डा मिल्यो (हेर्नुहोस् सूचीसहित)
नेकपाकाे ६६ जिल्ला कमिटीको भागबण्डा मिल्यो (हेर्नुहोस् सूचीसहित)
भक्तपुर नगरकोट सडकखण्डको बाटो नबनेसम्म वडा अध्यक्षले सडकबाटै कार्यालय चलाउने
भक्तपुर नगरकोट सडकखण्डको बाटो नबनेसम्म वडा अध्यक्षले सडकबाटै कार्यालय चलाउने

तपाईंले छुटाउनुभयो कि?