नेकपा बैठकमा पहिलोपटक ओली र प्रचण्ड एउटै लहरमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १३, २०७६
|
|
४२ पटक हेरिएको
Shares
नेकपा बैठकमा पहिलोपटक ओली र प्रचण्ड एउटै लहरमा

सारांश

  • काठमाडौं, १३ पौष ।
  • नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्ड एउटै लहरमा बसेका छन् ।
  • आइतबार दुवै अध्यक्ष पहिलोपटक एउटै लहरमा बसेर पार्टी बैठक संचालन गरिएको हो ।

काठमाडौं, १३ पौष । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्ड एउटै लहरमा बसेका छन् । आइतबार दुवै अध्यक्ष पहिलोपटक एउटै लहरमा बसेर पार्टी बैठक संचालन गरिएको हो ।

ओली र प्रचण्डलाई एउटै मुखाकृत हुनेगरी सँगै कुर्सी राखिएपछि चासो बढेको छ । विगतमा अध्यक्षता गर्ने ओलीमात्र एकातर्फ बसी बाँकी सचिवालय सदस्य लहरै बस्दथे ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा ओली र प्रचण्डले संयुक्त अध्यक्षता गरेर बैठक संचालन गरिएको सन्देश दिइएको छ । कुर्सीको दायाँतर्फ ओली र बाँयातर्फ प्रचण्ड थिए ।

कार्यकारी अधिकार प्राप्त गरेपछि प्रचण्डले केही हप्ता अघि बैठक डाकेका थिए । उनी पछिल्लो समय सक्रिय हुँदै गएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?