कांग्रेसलाई २००७ र ०१५ सालको जस्तै जुझारू बनाइने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ८, २०७४
|
|
३१ पटक हेरिएको
Shares
कांग्रेसलाई २००७ र ०१५ सालको जस्तै जुझारू बनाइने

सारांश

  • काठमाडौं, फागुन ८ ।
  • ढिलै भएपनि नेपाली कांग्रेसले पार्टीलाई बलियो र जनमुखी बनाउने संकल्प लिएको छ ।
  • २००७ सालको जस्तै जुझारू अनि २०१५ सालको जस्तै प्रगतिशील र जनप्रिय बनाउने संकल्पसहित सोमवार पार्टी पुनर्जागरण अभियानको प्रारम्भ गरिएको हो ।

काठमाडौं, फागुन ८ । ढिलै भएपनि नेपाली कांग्रेसले पार्टीलाई बलियो र जनमुखी बनाउने संकल्प लिएको छ । २००७ सालको जस्तै जुझारू अनि २०१५ सालको जस्तै प्रगतिशील र जनप्रिय बनाउने संकल्पसहित सोमवार पार्टी पुनर्जागरण अभियानको प्रारम्भ गरिएको हो ।

प्रजातन्त्र दिवसको अवसर पारेर पार्टीको पुनर्जागरण अभियान सुरु गरेका काँग्रेस नेताहरु चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ्, गुरु घिमिरे, प्रदीप पौडेल, उमेशजंग रायमाझी, रामहरि खतिवडा लगायतले अब कांग्रेसलाई बलियो बनाएर जनताकोमा लैजाने बताएका छन् ।

अभियानमा नेपाली काँग्रेसका पाका नेताहरु पुरुषोत्तम बस्नेत, होमनाथ दाहाल लगायतले ऐक्यबद्धता जनाएका छन्। नेपाली काँग्रेसका विभिन्न जिल्लाका सभापतिहरुले पनि सोही अभियानलाई साथ दिएका छन् ।

२१ औं शताब्दी अनुकुलको आधुनिक राजनीतिक संगठनको रुपमा स्थापित गरेर समृद्ध नेपालको नेतृत्व गर्न सक्ने योजना, साहस र समर्पण सहितको नेतृत्व, जनताको भरोसा र विश्वास जितेको पार्टीको रुपमा स्थापित गर्ने संकल्प अभियानमा सहभागि नेताले लिएका हुन् ।

प्रजातन्त्र दिवस, २००७ सालको जनक्रान्तिलाई स्मरण गर्दै नेपाली कांग्रेस पुनर्जागरण अभियानले तत्काल महासमिति बैठक र महाधिवेशनलाई अर्थपूर्ण बनाउने, देशैभरी सशक्त र जिम्मेवार प्रतिपक्षको रुपमा काम गर्न सक्ने कांग्रेस बनाउने, संविधानको मर्म अनुरुप देश सञ्चालनमा अग्रसरता लिन सक्ने र सरकारले संविधान कार्यान्वयनमा बाटो बिराउन खोज्दा खबरदारी गर्न सक्ने कांग्रेस बनाउने बताइएको छ ।

अभियानले सोमवार संक्षिप्त अवधारणा जारी गर्दै कांग्रेसलाई आन्तरिक लोकतान्त्रिक संस्कृतिसहितको पार्टी बनाउने, पार्टीले नेतृत्व पर्नै पर्ने सामाजिक आन्दोलनका मुद्दाहरुलाई पहिचान गर्दै पार्टी्भित्र निस्तेज हुँदै गएको सामाजिक आन्दोलनको भावनालाई पूर्नजागृत गरेर सामाजिक आन्दोलनको नेतृत्व गर्ने अवस्थामा पु¥याउने उल्लेख गरेको छ ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Bijay Yadav

    Gayo aba jamana

    Comment Author

    Bijay Yadav

    Kathmandu ma basera kehi hudaina

    Comment Author

    Desh Premi

    Feri party lai pachadi dhakelni 2007, 2015 jasto ????
    Ki 2080 sal ko lagi Nepal kai modern party ma rupantran garne??

    Comment Author

    Gobinda Pokhrel

    Well best of luck

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?