गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २१, २०८०
|
|
१५ पटक हेरिएको
Shares
गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

सारांश

  • कास्की।
  • गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै छन्।
  • अपराह्न २ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीले जानकारी दिए।

कास्की। गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै छन्। अपराह्न २ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीले जानकारी दिए।

मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गत सोमबार प्रदेशसभा अधिवेशन आह्वान गरेका थिए। यही वैशाख १४ गते नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका थिए। साठी सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र) सात र नेकपा (एकीकृत समाजवादी) एक गरी ३५ प्रदेशसभा सदस्यको समर्थनमा उहाँ गण्डकी प्रदेशको चौथौ मुख्यमन्त्री बनेका हुन्।

हाल मुख्यमन्त्रीसहित दुई बिनाविभागीय मन्त्री मात्र रहेको मन्त्रिपरिषद्लाई विश्वासको मत लिएपछि पूर्णता दिने तयारीमा मुख्यमन्त्री पाण्डे छन्। नियुक्त भएको भोलिपल्ट मुख्यमन्त्री पाण्डेसहित बिनाविभागीय मन्त्रीका रुपमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य सुशीला सिम्खडा र कांग्रेसकी सरस्वती अर्याल तिवारीले पद तथा गोपनीयताको शपथ लिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिस क्विन लेखनाथको तेस्रो सस्करणको आवेदन खुल्ला
मिस क्विन लेखनाथको तेस्रो सस्करणको आवेदन खुल्ला
वर्ष २०७९ : पर्यटन सुधारको वर्ष
वर्ष २०७९ : पर्यटन सुधारको वर्ष
नेपालमा थप २ जनामा कोरोना संक्रमणको पुष्टि
नेपालमा थप २ जनामा कोरोना संक्रमणको पुष्टि
सञ्चार क्षेत्रलाई प्रभावकारी बनाउन तीन तहका सरकाबीच समन्वय आवश्यक : सचिव राउत
सञ्चार क्षेत्रलाई प्रभावकारी बनाउन तीन तहका सरकाबीच समन्वय आवश्यक : सचिव राउत
प्रधानमन्त्री ओलीलाई भारतले सम्मान गर्नुका पछाडि गलत नियत : चित्रबहादुर केसी
प्रधानमन्त्री ओलीलाई भारतले सम्मान गर्नुका पछाडि गलत नियत : चित्रबहादुर केसी
आजबाट बडादसैं सुरु, कस्तो छ तपाईंको राशिफल?
आजबाट बडादसैं सुरु, कस्तो छ तपाईंको राशिफल?
‘अाएन परदेशी’ भन्दै सुरजले गाए यस्ताे गीत (भिडियाे सहित)
‘अाएन परदेशी’ भन्दै सुरजले गाए यस्ताे गीत (भिडियाे सहित)
राष्ट्रपति भण्डारी भोजपुरको उत्तरी क्षेत्र कुलुङमा
राष्ट्रपति भण्डारी भोजपुरको उत्तरी क्षेत्र कुलुङमा
आफ्नो जिन्दगीसँग जोडिएका कैयौं कुराको खुलासा गर्दै सेलेना, आमा बन्न नसक्ने चिन्ता
आफ्नो जिन्दगीसँग जोडिएका कैयौं कुराको खुलासा गर्दै सेलेना, आमा बन्न नसक्ने चिन्ता
ओली सरकारका ५ महिना : सिन्डिकेट हटाउनेदेखि स्वास्थ्य बीमासम्म
ओली सरकारका ५ महिना : सिन्डिकेट हटाउनेदेखि स्वास्थ्य बीमासम्म

तपाईंले छुटाउनुभयो कि?