मध्य–पूर्वमा पुटिनले अमेरिकालाई कसरी पछाडि धकेले?

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक ४, २०७६
|
|
२१ पटक हेरिएको
Shares
मध्य–पूर्वमा पुटिनले अमेरिकालाई कसरी पछाडि धकेले?

सारांश

  • बीबीसी।
  • तपाईँलाई त्यो पञ्चवर्षीय सम्झना होला, जुन एक समय निकै लोकप्रिय थियो।
  • कम्युनिष्ट मुलुक रुस पाँच वर्षमा तपाईँ कुनै पनि अर्थ व्यवस्थामा सुधार गर्न सक्ने ठान्छ।

बीबीसी। तपाईँलाई त्यो पञ्चवर्षीय सम्झना होला, जुन एक समय निकै लोकप्रिय थियो। कम्युनिष्ट मुलुक रुस पाँच वर्षमा तपाईँ कुनै पनि अर्थ व्यवस्थामा सुधार गर्न सक्ने ठान्छ।
तर रुसका राष्ट्रपति भ्लादिमीर पुटिन यी विचार भन्दा अगाडि गएका छन्। विगत पाँच वर्षमा रुसले अर्थव्यवस्थालाई विस्तार गरेको छैन, बरु उसले भू–राजनीतिक प्रभुत्व बढाइरहेको छ।

२०१४ मा फर्किनुस्
क्रीमियालाई नियन्त्रणमा लिने र पूर्वी युरोपमा सैन्य दखल सुरु गरेपछि रुस पश्चिमी मुलुकको प्रतिबन्ध झेलिरहेको छ। रुस यतिबेला एक्लिएको अनुभूति हुन्छ। पश्चिमा मुलुक एक सुरमा राष्ट्रपति पुटिनको निन्दा गरिरहेका थिए। तर उनीहरुलाई के लागेको थियो भने दबावको रणनीतिले रुसको व्यवहार परिवर्तन गर्न सकिन्छ। अमेरिकी राष्ट्रपति बराक ओबामाले रुसलाई ‘क्षेत्रीय शक्ति’ भनेर खारेज गरिदिएका थिए। कुनै बेला विश्व महाशक्ति रहेको रुसलाई ओबामाको यो अभिव्यक्ति ठेस पुग्ने किसिमको थियो।

अब २०१९ मा फर्किनुस्
आज रुस विश्वमा आफ्नो प्रभुत्व बढाउने दिशामा काम गरिरहेको छ। अमेरिकी खुफिया एजेन्सीका अनुसार रुसले डोनाल्ड ट्रम्पमार्फत अमेरिकी चुनावलाई प्रभावित पार्ने कोशिश गरेको थियो। रुस अफ्रीका र दक्षिण अमेरिकामा आफ्नो भूमिकालाई बढाउँदै लगेको छ। र, युरोपका मुलुकसँगको मतभेदबाट पनि फाइदा उठाइरहेको छ।

मध्य–पूर्वमा मध्यस्थता
मध्य–पूर्वमा यो परिवर्तन स्पष्ट रुपमा देखिन्छ। सीरियामा आफ्नो सैन्य अभियान सुरु गरेको चार वर्षपछि रुसले त्यो क्षेत्रको मुख्य खेलाडीका रुपमा अमेरिकाको ठाउँ लिँदैछ। केही दिनको अन्तरालमा भ्लादिमीर पुटिनले तटीका राष्ट्रपतिसँग फोनका कुरा गरे अनि उनलाई मस्को आउने निम्ता पनि दिए। उनले इजराइलका प्रधानमन्त्रीसँग ‘सुरक्षा विषय’ मा छलफल गरे र उनी साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) को भ्रमणमा आए। यो मध्य–पूर्वमा रसको बढ्दो सक्रिय भूमिकाको संकेत हो।

सिरियामा कसरी भयो रुसको जीत?
उत्तर–पूर्वी सीरियाको वर्तमान अवस्थाबाट रुसलाई धेरै प्रकारको फाइदा हुन सक्छन्।
रुस सीरियाली राष्ट्रपति बशर अल असदको मुख्य राजनीतिक र सैन्य सहयोगी हो। सीरियाको नियन्त्रण जति धेरै जमीनमाथि हुन्छ, उसका लागि त्यतिनै फाइदा हुन्छ। कुर्दको साथ छोड्दा उक्त क्षेत्रमा अमेरिकाको विश्वसनीयता गुमेको छ। यसले रुसलाई अवसर प्राप्त भएको छ। मध्य–पूर्वमा सबै पक्षको सामने आफूलाई एकमात्र सत्ता–मध्यस्थता र शान्ति स्थापना गर्ने देशका रुपमा रुसले आफूलाई प्रस्तुत गरेको छ। रुसी सुरक्षा बल पहिला देखि नै गस्ती गरिरहेका छन्। सन्देश स्पष्ट छ–यो क्षेत्रमा शान्ति चाहिन्छ भने रुसी शरणमा जाओ।

पछिल्ला वर्षमा रुस पश्चिमी देशको गठबन्धन, विशेष गरी युरोपेली संघ र नेटोभित्रको मतभेदको फाइदा उठाएर कमजोर पार्ने कोशिशमा लागेको छ। नेटोका सदस्य देश टर्कीको अन्य नेटो देशसँग मतभेद रुसका लागि फाइदाजनक नै हो। अमेरिका त पहिलादेखि नै टर्कीसँग रुष्ट छ। किनभने उसले रुससँग एस–४०० एयर डिफेन्स सिस्टम किन्ने सम्झौता गरेको थियो।

२०१५ मा रुसले सीरियामा आफ्नो सैन्य अभियान आफ्नो प्राथमिकता अन्तर्राष्ट्रिय आतंकवादलाई परास्त गर्नु रहेको भन्दै सुरु गरेको थियो। तर रुस अहिले मध्य–पूर्वमा आफ्नो प्रभाव बढाउनमा केन्द्रित भएको छ। सीरियाको पश्चिमी समुद्री तट तारतुसमा रुसी नैसेनाको अड्डा छ। जसमार्फत रुस पूरै महासागरमा आफ्नो शक्तिको दाबी गर्न सक्छ।

सत्ता परिवर्तनको सन्तुलन?
संयोग नै मान्नुपर्छ, विश्वमा रुसको सक्रियता यस्तो समयमा बढिरहेको छ, जब पश्चिममा राजनीतिक आत्मनिरीक्षणको क्रममा चलिरहेको छ। फ्योदोर लुक्यानोभ भन्छन्–अमेरिका र युरोपेली शक्ति दुई वर्ष पहिलाको तुलनामा अहिले धेरै भित्र देखिइरहेका छन्। हामी यसलाई यसैगरी हेर्छौं की रुसका प्रतिद्वन्द्वीले रुसलाई एक्लै धकेल्न खोजेका थिए। जबकि रुसले मध्य–पूर्वमा बाहिरी दबावको माहोलमा शानदार लचिलोपना र आफ्नो कौशलको परिचय दिएको छ।’

रुस कुनै आर्थिक महाशक्ति मुलुक होइन। रुसको अर्थव्यवस्था कमजोर छ। र यस्तै अवस्था रहिरह्यो भने मस्कोको विश्व महाशक्ति बन्ने महत्वकाँक्षामा झट्का लाग्न सक्छ। जहाँसम्म मध्य–पूर्वको विषय छ, यो एउटा निकै जटिल क्षेत्र हो। त्यहाँ विभाजन, अविश्वास र घृणा छ। रुस शायद त्यहाँको सत्ताको मध्यस्थताको रुपमा अगाडि आएको छ, तर यदि उसले आफ्नो प्रभावको प्रयोगबाट शान्ति बहाली गर्यो भने एक कठिन कुटनीतिक सन्तुलनका सामना गर्नुपर्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?