मन्त्री यादवको जेल पठाउने चेतावनीपछि उधारो तिर्न तयार भए उद्योगी

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १२, २०७४
|
|
६२ पटक हेरिएको
Shares
मन्त्री यादवको जेल पठाउने चेतावनीपछि उधारो तिर्न तयार भए उद्योगी

सारांश

  • २२ चैतबाट उखुको बक्यौता रकम बुझाउने उद्योगीको प्रतिबद्धता उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले चिनी उद्योगीलाई उखु किसानको बक्यौता नतिरे ठगी मुद्दा चलाएर जेल पठाउने चेतावनी दिएलगत्तै उद्योगीहरू बक्यौता तिर्न तयार भएका छन् ।
  • मन्त्री यादवले शनिबार उखु किसान र उद्योगीहरूसँग भएको छलफलमा उद्योगीलाई किसानको बक्यौता नतिरे हत्कडी लगाउने चेतावनी दिएका थिए ।
  • लगत्तै, आइतबार चिनी उद्योगीहरूले आ–आफ्नो उद्योग रहेको जिल्ला प्रसाशन कार्यालयमा किसानलाई भुक्तानी गर्न बाँकी रकम चाँडै तिर्ने प्रतिबद्धता पत्र पठाएका छन् ।

२२ चैतबाट उखुको बक्यौता रकम बुझाउने उद्योगीको प्रतिबद्धता

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले चिनी उद्योगीलाई उखु किसानको बक्यौता नतिरे ठगी मुद्दा चलाएर जेल पठाउने चेतावनी दिएलगत्तै उद्योगीहरू बक्यौता तिर्न तयार भएका छन् ।

मन्त्री यादवले शनिबार उखु किसान र उद्योगीहरूसँग भएको छलफलमा उद्योगीलाई किसानको बक्यौता नतिरे हत्कडी लगाउने चेतावनी दिएका थिए ।

लगत्तै, आइतबार चिनी उद्योगीहरूले आ–आफ्नो उद्योग रहेको जिल्ला प्रसाशन कार्यालयमा किसानलाई भुक्तानी गर्न बाँकी रकम चाँडै तिर्ने प्रतिबद्धता पत्र पठाएका छन् ।

चिनी उद्योग संघका महासचिव राजेश केडियाका अनुसार सबै उद्योगले कुन मितिबाट बक्यौता बुझाउन सुरु गर्ने भन्ने व्यहोराको पत्र सम्बन्धित जिल्ला प्रसाशन कार्यालयमा पठाइएको छ ।

‘अधिकांशले २२ चैतबाट किसानको बक्यौता रकम बुझाउने भनेर सिडिओ कार्यालयमा पठाएका छौँ,’ उनले भने, अहिलेसम्म किसानको करिब ५ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । बिस्तारै सबै रकम तिरिसक्छौँ ।’

उद्योगीको असन्तुष्टि
न्यूनतम समर्थन मूल्यप्रति चिनी उद्योगी असन्तुष्ट छन् । उनीहरूले आयातीत चिनीको भन्सार मूल्य वृद्धि गर्ने सर्तमा मात्रै सरकारले सिफारिस गरेको मूल्य उखु किसानलाई भुक्तानी गर्ने अडान राखेका छन् ।

-नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फेसबुक प्रमुख नआए पछि रिसाए ९ देशका सांसदहरु
फेसबुक प्रमुख नआए पछि रिसाए ९ देशका सांसदहरु
दुलहीलाई दुलहाका साथीले तानेर नचाउन खोजेपछि विवाह नै रद्द
दुलहीलाई दुलहाका साथीले तानेर नचाउन खोजेपछि विवाह नै रद्द
मन्त्रिपरिषद्को बैठक : पहिलो प्राथमिकता संविधान कार्यान्वयन
समाजसेवी वैद्यद्वारा सरस्वतीको मूर्ति हस्तान्तरण
समाजसेवी वैद्यद्वारा सरस्वतीको मूर्ति हस्तान्तरण
एकै महिनामा करिब दुई हजार दुई सय जनाको मृत्यु
एकै महिनामा करिब दुई हजार दुई सय जनाको मृत्यु
एनएचपिसीले दियो एसआर–६ आयोजनाको सर्वेक्षण लाइसेन्सलाई आवेदन
एनएचपिसीले दियो एसआर–६ आयोजनाको सर्वेक्षण लाइसेन्सलाई आवेदन
नेताहरूसँग प्रधानमन्त्रीको अन्तरक्रिया : चीन भ्रमण फलदायी र प्रभावकारी हुनेछ
नेताहरूसँग प्रधानमन्त्रीको अन्तरक्रिया : चीन भ्रमण फलदायी र प्रभावकारी हुनेछ
निर्मला प्रकरणमा नयाँ खुलासा, प्रदीप पनि नक्कली हत्यारा !
निर्मला प्रकरणमा नयाँ खुलासा, प्रदीप पनि नक्कली हत्यारा !
भारतमा रहेका बेला देउवाविरुद्ध कांग्रेसका प्रभावशाली नेताहरूको गोप्य भेला
भारतमा रहेका बेला देउवाविरुद्ध कांग्रेसका प्रभावशाली नेताहरूको गोप्य भेला
चीनको मध्य क्षेत्रमा कोभिड–१९ का नयाँ बिरामी देखिएनन्