सरकार छाड्लान त उपेन्द्र यादवले ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ६, २०७६
|
|
४६ पटक हेरिएको
Shares
सरकार छाड्लान त उपेन्द्र यादवले ?

सारांश

  • प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुर्नगठनमा आफूखुसी मन्त्रालय हेरफरे गरेको भन्दै समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले असन्तुष्टि व्यक्त गरेका छन्।
  • ओली सरकारको उपप्रधान तथा स्वास्थ्यमन्त्री रहेका यादवलाई प्रधानमन्त्रीले कानुन मन्त्रालयको जिम्मेवारी दिएपछि असन्तुष्टि जनाएका हुन्।
  • यता मन्त्रालय परिवर्तन हुँदा दिल्लीमा रहेका यादवले ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकार छोड्ने तयारी गरेका हुन्।

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुर्नगठनमा आफूखुसी मन्त्रालय हेरफरे गरेको भन्दै समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले असन्तुष्टि व्यक्त गरेका छन्।

ओली सरकारको उपप्रधान तथा स्वास्थ्यमन्त्री रहेका यादवलाई प्रधानमन्त्रीले कानुन मन्त्रालयको जिम्मेवारी दिएपछि असन्तुष्टि जनाएका हुन्। यता मन्त्रालय परिवर्तन हुँदा दिल्लीमा रहेका यादवले ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकार छोड्ने तयारी गरेका हुन्।

स्वास्थ्यमन्त्री यादवलाई कानुनमन्त्री बनाएका ओलीले अर्का समाजवादी पार्टीका नेता सुरेन्द्र यादवलाई राज्यमन्त्रीको पदबाट मुक्त गरेका छन् भने अर्का नेता इस्तीयाक राईले सम्हालेको मन्त्रालयमा नेकपाका नेता रामवीर मनान्धरलाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।

यसरी प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद पुर्नगठनमा यादवसहित उनको पार्टीलाई अपमानित गरेपछि समाजवादी पार्टीले सरकार छोड्ने तयारी गरेको हो। उपप्रधानमान्त्री यादव निकटका समाजवादी पार्टीका महासचिव रामसहाय यादवले अब सरकारमा बस्न नैतिक संकट भएको बताए। ‘सरकारमा बस्न हामीलाई नैतिक संकट भएको छ’, उनले भने, ‘अब सरकार छोड्नुको विकल्प छैन।’

रामसहायका अनुसार अध्यक्ष यादव शुक्रवार साँझसम्म दिल्लीबाट काठमाडौं फर्किने कार्यक्रम रहेको छ। शनिबारसम्ममा सरकारबाट बाहिरिने निर्णय हुनेसक्ने उनको भनाइ छ। ‘अहिलेसम्म हामी सरसल्लाहमै छौँ’, यादवले भने, ‘उहाँ काठमाडौँ आइनपुग्दै पनि पनि पार्टीले सरकार छाडन सक्छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महोत्तरी कारागार जलमग्न, कैदीरथुनुवाको बिचल्ली
महोत्तरी कारागार जलमग्न, कैदीरथुनुवाको बिचल्ली
“mostbet Online Мостбет Официальный Сайт Букмекерской Компании И Казин
चुक्ता पुँजी कायम गर्न नसक्ने बैंक तथा वित्तीय संस्थालाई चेतावनी
चुक्ता पुँजी कायम गर्न नसक्ने बैंक तथा वित्तीय संस्थालाई चेतावनी
शुल्क र महसुलमा १० गुणा बृद्धि, साउन ७ सम्म परिमार्जन नगरे आन्दोलनको चेतावनी
शुल्क र महसुलमा १० गुणा बृद्धि, साउन ७ सम्म परिमार्जन नगरे आन्दोलनको चेतावनी
‘सेकेन्ड ह्यान्ड’ गाडी किन्दा फसिएला, ध्यान दिनुस् यी कुरा
‘सेकेन्ड ह्यान्ड’ गाडी किन्दा फसिएला, ध्यान दिनुस् यी कुरा
काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाह विजयी
काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाह विजयी
राष्ट्रियसभामा सांसदको प्रश्नः दलित समुदायमाथि अझै विभेद किन ?
राष्ट्रियसभामा सांसदको प्रश्नः दलित समुदायमाथि अझै विभेद किन ?
यसरी लुट्छन् सरकारी कार्यालयमा, बजारभन्दा तेब्बरको बिल !
यसरी लुट्छन् सरकारी कार्यालयमा, बजारभन्दा तेब्बरको बिल !
नेपाली ३ खेलाडी अफगानी क्रिकेट लिगकाे ड्राफ्टमा !
नेपाली ३ खेलाडी अफगानी क्रिकेट लिगकाे ड्राफ्टमा !
पाकिस्तानको सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री खानलाई तत्काल रिहा गर्न आदेश
पाकिस्तानको सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री खानलाई तत्काल रिहा गर्न आदेश