ल्होसारको उपलक्ष्यमा सेतो गुम्बाका विविध कार्यक्रम
सारांश
- स फो खि लो २१४५ औँ ग्याल्बो लोसारको अवसर पारेर काठमाडौँको बौद्धमा विभिन्न कार्यक्रम तथा पूजाआजा गरिदैछ ।
- बौद्धको सेतो गुम्बा अर्थात कर्मा डुप्चेन छोलिङ गुम्बामा कर्मा तन्पाई ग्याल्छेन रिम्पोछेद्वारा फागुन ७ गते विश्व शान्तिको कामना गर्दै पूजा तथा अभिषेक दीर्घायू र संक्षिप्त धार्मिक प्रवचनको कार्यक्रम रहेको छ ।
- रिम्पोछेद्वारा धार्मिक कर्म सम्पन्न गरिसके पछि हिमालयन शेर्पा सांस्कृतिक केन्द्रको तर्फबाट विविध सांस्कृतिक कार्यक्रम तथा नृत्यको प्रस्तुत गरिने गुम्बाका आचार्य कर्मा रिञ्जिङ शेर्पाले बताए ।
स फो खि लो २१४५ औँ ग्याल्बो लोसारको अवसर पारेर काठमाडौँको बौद्धमा विभिन्न कार्यक्रम तथा पूजाआजा गरिदैछ । बौद्धको सेतो गुम्बा अर्थात कर्मा डुप्चेन छोलिङ गुम्बामा कर्मा तन्पाई ग्याल्छेन रिम्पोछेद्वारा फागुन ७ गते विश्व शान्तिको कामना गर्दै पूजा तथा अभिषेक दीर्घायू र संक्षिप्त धार्मिक प्रवचनको कार्यक्रम रहेको छ । रिम्पोछेद्वारा धार्मिक कर्म सम्पन्न गरिसके पछि हिमालयन शेर्पा सांस्कृतिक केन्द्रको तर्फबाट विविध सांस्कृतिक कार्यक्रम तथा नृत्यको प्रस्तुत गरिने गुम्बाका आचार्य कर्मा रिञ्जिङ शेर्पाले बताए ।
फागन ७ गतेको कार्यक्रममा बिहान ८ः३० बजे पूजा, १० बजेदेखि १२ बजेसम्म धार्मिक प्रवचन तथा अभिषेकको कार्यक्रम रहेको छ । त्यस्तै दिउँसो १ बजेदेखि हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका कलाकारको प्रस्तुति रहनेछ । कार्यक्रमको आयोजकमा कर्मा डुप्चेन छोलिङ गुम्बा र सह–आयोजकमा सिन्धुपाल्चोक, थालेस्थित पेमी ङ्ग्यु छोलिङ गुम्बा रहेको छ ।
प्रतिक्रिया