मनाेरञ्जन समाचार : यी अभिनेत्री पनि कास्टिङ काउचको शिकार भएकी थिइन्

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २७, २०७५
|
|
२६ पटक हेरिएको
Shares
मनाेरञ्जन समाचार : यी अभिनेत्री पनि कास्टिङ काउचको शिकार भएकी थिइन्

सारांश

  • मुम्बई।
  • मराठी फिल्मकी अभिनेत्री श्रुती मराठेले समाजिक संजालमा एक स्टाटस लेख्दै आफूपनि कास्टिङ काउसको शिकार भएको खुलासा गरेकी छन्।
  • यद्यपी आफूमाथि  दूव्र्यवहार कहिले गर्यो भन्ने विषयमा केही खुलाएकी छैनन्।
मुम्बई। मराठी फिल्मकी अभिनेत्री श्रुती मराठेले समाजिक संजालमा एक स्टाटस लेख्दै आफूपनि कास्टिङ काउसको शिकार भएको खुलासा गरेकी छन्। यद्यपी आफूमाथि  दूव्र्यवहार कहिले गर्यो भन्ने विषयमा केही खुलाएकी छैनन्। उनले लेखेकी छन्, ‘जब म एउटा फिल्मकालागि अडिशन दिइरहेकी थिएँ। निर्मातासँग मेरो अन्तर्वाता सुरु भइसकेको थियो। तर उनले ‘सम्झौता’ र ‘वन नाइट स्टयाण्ड’ जस्तो शब्दको प्रयोग गरे।’
यस्ता कुरा सुन्ने वित्तिकै श्रुती भड्किइन्। र निर्मातासँग उनको वादविबाद भयो। उनले अगाडि लेखेकी छन्, ‘उनलाई थाहा थियो की श्रुतीले यो सबै गर्न सक्दिनन् भन्ने थाहा थियो। त्यसकारण मैले उनलाई काम नगर्ने बताइ दिँए। मैले उनलाई म तपाइँसँग सुत्न सक्दिन र हिरोसँग पनि सुत्न सक्दिन।’
त्यस बाहेक श्रुती मराठेले एउटा अर्का घटनाको पनि खुलासा गरेकी छन्।  उनले लेखेकी छन्, ‘बिकिनीमा मेरो एउटा फोटोशुट भइसकेको थियो र सामाजिक संजालमा शेयर गरेकी थिएँ। त्यसपछि मेरो फोटोलाई लिएर ट्रोल गरियो। जबकि यो सबै शो को हाइलाइट गर्ने काम भयो। मैले यो सबै विना सोचेर काम गरेँ। किनभने त्यो बेला कुनै पनि फिल्ममा काम पाउनु ठूलो कुरा थियो।’ 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?