टिकापुर घटनाको सुनुवाइ आज

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २, २०७५
|
|
४८ पटक हेरिएको
Shares
टिकापुर घटनाको सुनुवाइ आज

सारांश

  • काठमाडौं, २ पुस ।
  • टिकापुर घटनासम्बन्धी मुद्दाको आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
  • डाँका, चोरी तथा ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा दीपकराज जोशी र सपना प्रधान मल्लको संयुक्त इजलासमा परेको छ ।

काठमाडौं, २ पुस । टिकापुर घटनासम्बन्धी मुद्दाको आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । डाँका, चोरी तथा ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा दीपकराज जोशी र सपना प्रधान मल्लको संयुक्त इजलासमा परेको छ ।

गत साउन ३१ गते यो मुद्दामा अनिलकुमार सिन्हा र प्रकाशसिंह राउतको संयुक्त इजलासले मिसिल झिकाउने आदेश दिएको थियो । कैलालीको टीकापुरमा ७ भदौ २०७२ मा एक नाबालकसहित सात प्रहरीको हत्या भएको मुद्दामा सांसद रेशमलाल चौधरीसहित २६ जनालाई विपक्षी बनाइएको छ ।

मानबहादुर बोहराको जाहेरीमा दर्ता भएको मुद्दाका अभियुक्तहरू सांसद चौधरी डिल्लीबाजरस्थित सदरखोरमा बन्दी जीवन बिताइरहेका छन् । त्यसैगरी आरोपी लक्ष्मण थारुसहित २३ जना जिल्ला कारागार कलालीमा छन् भने दुई नाबालकहरु पोखरास्थित बाल सुधार गृहमा छन् ।

ज्यान मुद्दा लागेकै कारण राजपा सांसद रेशमलाल चौधरीले अहिलेसम्म सपथ ग्रहणसमेत गर्न पाएका छ्रैनन् । राजपाले भने कैलाली घटनालाई राजनीतिक रुपमा हेरिनुपर्ने भन्दै सांसद चौधरीलगायत आरोपीहरुलाई रिहा गर्न माग गर्दै आएको छ । तर, यो मुद्दा अदालतमा विचाराधीन रहेकाले सांसद चौधरीलाई सपथग्रहण गराउन सक्ने अवस्था नरहेको सरकारी पक्षको तर्क रहेको राजपा नेताहरु बताउँछन् ।

(https://www.speedclean.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभा गठन र निर्वाचनबारे वाम गठबन्धनका शीर्ष नेताबीच छलफल
राष्ट्रियसभा गठन र निर्वाचनबारे वाम गठबन्धनका शीर्ष नेताबीच छलफल
सरकारलाई समर्थन कि फिर्ता भन्नबारे राजपा अलमलमा
सरकारलाई समर्थन कि फिर्ता भन्नबारे राजपा अलमलमा
सर्जक तथा गायक कृष्ण सुवेदीको बोत्तल ठडाउने तिज गितले र्चचा कमाउदै (भिडियो सहित)
सर्जक तथा गायक कृष्ण सुवेदीको बोत्तल ठडाउने तिज गितले र्चचा कमाउदै (भिडियो सहित)
आजको राशीफल
आजको राशीफल
प्रधानमन्त्री ओलीलाई अबुधाबीमा स्वागत
प्रधानमन्त्री ओलीलाई अबुधाबीमा स्वागत
उपत्यका भित्र पाइने गोलभेँडा र काउलीमा धेरै विषादी
उपत्यका भित्र पाइने गोलभेँडा र काउलीमा धेरै विषादी
मास्टर्स पढ्ने बिद्यार्थीलाइ अब सरकारले पैसा दिने !
मास्टर्स पढ्ने बिद्यार्थीलाइ अब सरकारले पैसा दिने !
आँधीका कारण न्युजिल्यान्डमा विद्युत्, उडान र यातायात सेवा अवरूद्ध
आँधीका कारण न्युजिल्यान्डमा विद्युत्, उडान र यातायात सेवा अवरूद्ध
म्यादीमा जागिर खुल्यो, दलीय सदस्यता लिएकाले दरखास्त दिन नपाउने,
म्यादीमा जागिर खुल्यो, दलीय सदस्यता लिएकाले दरखास्त दिन नपाउने,
हेर्नुहोस पूर्व राजकुमार दीपेन्द्र शाह तिहारमा गीत गाउदै भैली खेलेको दुर्लभ भिडियो
हेर्नुहोस पूर्व राजकुमार दीपेन्द्र शाह तिहारमा गीत गाउदै भैली खेलेको दुर्लभ भिडियो