टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ३५ हजारभन्दा बढी पुग्यो

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १, २०७९
|
|
४७ पटक हेरिएको
Shares
टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ३५ हजारभन्दा बढी पुग्यो

सारांश

  • इस्तानबुल ।
  • टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३५ हजारभन्दा बढी पुगेको छ ।
  • स्थानीय खोज तथा उद्धार टोलीले सोमबार दिएको जानकारी अनुसार गत सोमबार गएको ७.

इस्तानबुल । टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३५ हजारभन्दा बढी पुगेको छ ।

स्थानीय खोज तथा उद्धार टोलीले सोमबार दिएको जानकारी अनुसार गत सोमबार गएको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी टर्कीमा ३१ हजार ६४३ र सिरियामा तीन हजार ५८१ जनाको मृत्यु भएको छ ।

अझै पनि दुबै देशमा उद्धार कार्य जारी रहेको अधिकारीहरुले बताएका छन् । भूकम्पपछि आएको हिम आँधीका कारण उद्धार कार्यमा कठिनाई हुँदा भूकम्पमा भग्नावशेषमा पुरिएका व्यक्तिलाई उद्धार गर्ने काममा कठिनाई भइरहेको उद्धारकर्मीले बताएका छन् ।

भूकम्पमा परेका हरूको उद्धारका लागि विभिन्न मुलुकहबाट आधुनिक उपकरणसहितका टोली टर्की र सिरियामा पुगेका छन् । उनीहरूले अझै पनि भग्नावशेषमा मानिसहरू जीवित रहेको हुनसक्ने भन्दै खोजीलाई तीब्र बनाइरहेका छन् ।

सिरियामा टर्की निकट मानिने सीमा क्षेत्रमा विदेशी उपकरण आयात तथा प्रयोगमा लगाइएको प्रतिबन्धका कारण यहाँ स्थानीय स्रोत र साधनको प्रयोग गरी उद्धार कार्य जारी राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युनिटीका संचालकलाई सर्वोच्चले दियो सफाई !
युनिटीका संचालकलाई सर्वोच्चले दियो सफाई !
केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत प्रहरी अख्तियारकाे फन्दामा
केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत प्रहरी अख्तियारकाे फन्दामा
बिद्यार्थीले बोलेको क्याम्पसले सुन्नु छ मौका अायो साथि हो अनेरास्ववियु चुन्नु छ
बिद्यार्थीले बोलेको क्याम्पसले सुन्नु छ मौका अायो साथि हो अनेरास्ववियु चुन्नु छ
‘होमवर्क’ गर्दागर्दै पहिरोले यसरी लग्यो
‘होमवर्क’ गर्दागर्दै पहिरोले यसरी लग्यो
वामदेवको नयाँ दल खोल्ने तयारी
वामदेवको नयाँ दल खोल्ने तयारी
कञ्चनपुरको प्रतिनिधिसभाका तीन र प्रदेश सभाका छवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धन विजयी
कञ्चनपुरको प्रतिनिधिसभाका तीन र प्रदेश सभाका छवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धन विजयी
नेपाल-अमेरिका टी-२० सिरिज : दोस्रो खेल खेल्दै नेपाल
नेपाल-अमेरिका टी-२० सिरिज : दोस्रो खेल खेल्दै नेपाल
पुँजीबजारमा मौद्रिक नीतिको सकारात्मक प्रभाव, ६३.२४ अङ्कले बढ्यो नेप्से
पुँजीबजारमा मौद्रिक नीतिको सकारात्मक प्रभाव, ६३.२४ अङ्कले बढ्यो नेप्से
कांग्रेसले भन्यो : ‘रवि लामिछानेलाई समर्थन छैन, निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्छ’
कांग्रेसले भन्यो : ‘रवि लामिछानेलाई समर्थन छैन, निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्छ’
बजारमा आयो यसपालि तीजमा तहल्का मच्चाउने यस्तो गीत (भिडियोसहित)
बजारमा आयो यसपालि तीजमा तहल्का मच्चाउने यस्तो गीत (भिडियोसहित)