राष्ट्रियसभा निर्वाचन : सत्ता गठबन्धनका कुन दलले कति सिट पाए ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २२, २०८०
|
|
३७ पटक हेरिएको
Shares
राष्ट्रियसभा निर्वाचन : सत्ता गठबन्धनका कुन दलले कति सिट पाए ?

सारांश

  • काठमाडौं।
  • राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सरकारमा सहभागी चार दलबीच सिट बाँडफाँटबारे सहमती भएको छ ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा जारी चार दलको बैठकमा कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट लिने गरी सहमती भएको बैठकमा सहभागी कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

काठमाडौं। राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सरकारमा सहभागी चार दलबीच सिट बाँडफाँटबारे सहमती भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी चार दलको बैठकमा कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट लिने गरी सहमती भएको बैठकमा सहभागी कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित चार दलका नेताहरू सहभागी रहेका उनले बताए ।

यसअघि शनिबार अबेरसम्म बसेको बैठकले तयार पारेको सिट बाँडफाटको खाकामा एकीकृत समाजवादीले असन्तुष्टि जनाएपछि आज पुनः छलफल अघि बढाईएको थियो ।

यसअघि एकिकृत समाजवादीले तीन सिटमा दाबी गर्दै आएको थियो । शनिबार रातिको बैठकमा राष्ट्रिय सभामा रिक्त १९ सिटका लागि गरेको सहमती अनुसार एकीकृत समाजवादी आफूले पाउने सिटप्रति असन्तुष्टी जनाएर बैठकबाट बाहिरिएको थियो । शनिबारको छलफलमा कांग्रेसले १०, माओवादीले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट पाउने निर्णयमा एकीकृत समाजवादीले असन्तुष्टी जनाएको थियो ।

कोशीमा कांग्रेसले १ र माओवादीले १, मधेशमा कांग्रेसले १ र जसपाले १, सुदूरपश्चिममा कांग्रेसले १ र माओवादीले १ र लुम्बिनीमा कांग्रेसले १ र माओवादीले १ सिट पाउने अनौपचारिक सहमति भएपनि यसमा समाजवादी सन्तुष्ट देखिएको थिएन। माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा भोली उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ । राष्ट्रिय सभामा आगामी फागुन २० गते राष्ट्रपतिबाट मनोनीत एक जनासहित २० जनाको पदावधि सकिँदै छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्व युवराजको स्टाटसमा करिष्मा मानन्धरको प्रतिकृया !!
पूर्व युवराजको स्टाटसमा करिष्मा मानन्धरको प्रतिकृया !!
विश्वकपको सेमिफाइनल समीकरण पूरा: साविक विजेता अर्जेन्टिना र इङ्गल्याण्ड भिड्दै, स्पेनको सामना फ्रान्ससँग
विश्वकपको सेमिफाइनल समीकरण पूरा: साविक विजेता अर्जेन्टिना र इङ्गल्याण्ड भिड्दै, स्पेनको सामना फ्रान्ससँग
तीन सय उन्नाइस स्थानीय तहको नतिजा घोषित
तीन सय उन्नाइस स्थानीय तहको नतिजा घोषित
घोराही उपमहानगरको प्रगतिः फोहर व्यवस्थापनदेखि सौर्य ऊर्जा उत्पादनसम्म
घोराही उपमहानगरको प्रगतिः फोहर व्यवस्थापनदेखि सौर्य ऊर्जा उत्पादनसम्म
कोरोना कहरः आजै १० जना थपिए कोरोना संक्रमित
कोरोना कहरः आजै १० जना थपिए कोरोना संक्रमित
रुसी कच्चा तेलमाथि प्रतिबन्ध लगाए प्रति ब्यारल १५० डलर पर्ने
रुसी कच्चा तेलमाथि प्रतिबन्ध लगाए प्रति ब्यारल १५० डलर पर्ने
रोनाल्डोले भने – ‘बार्सिलोनाको हारको दोषी मेस्सी’
रोनाल्डोले भने – ‘बार्सिलोनाको हारको दोषी मेस्सी’
‘सुन्दरादेवी सन्देश म्युजिक अवार्ड’को चौथो संस्करण सम्पन्न
‘सुन्दरादेवी सन्देश म्युजिक अवार्ड’को चौथो संस्करण सम्पन्न
पशुमा अज्ञात रोगको सङ्क्रमण
पशुमा अज्ञात रोगको सङ्क्रमण
कम्युटर अपरेटरले ७ हजार घुस लिएपछि भ्रष्टाचार मुद्दा
कम्युटर अपरेटरले ७ हजार घुस लिएपछि भ्रष्टाचार मुद्दा

तपाईंले छुटाउनुभयो कि?