कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ३०, २०७४
|
|
२४ पटक हेरिएको
Shares
कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता

सारांश

  • काठमाडौं: नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार सोमबार कांग्रेस प्रवेश गरेका छन्।
  • सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमकाबीच दुर्इ पार्टीबीच एकता भएको हो।
  • आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनपछि पदीय भागवण्डा मिलाउने सहमति भएको छ।

काठमाडौं: नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार सोमबार कांग्रेस प्रवेश गरेका छन्। सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमकाबीच दुर्इ पार्टीबीच एकता भएको हो।

आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनपछि पदीय भागवण्डा मिलाउने सहमति भएको छ। कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग विमति राख्दै शेरबहादुर देउवाको अगुवाइमा १५ वर्षअघि गठन भएको प्रजातान्त्रिक कांग्रेसमा गच्छदार पनि सहभागी थिए। उनी देउवा नेतृत्वको कांग्रेसमा महामन्त्री बनेका थिए ।

०६४ मा उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमबाट चुनाव लड्न उनले प्रजातान्त्रिक कांग्रेस पनि छाडेका थिए । हाल नेपाल लोकतान्त्रिक फोरम अध्यक्ष गच्छदार नेतृत्वमा संसद्मा १७ सांसद थिए।

नेपाली कांग्रेस र नेपाललोकतान्त्रिकफोरमको एकताकालागिभएको सहमतिपत्र

मुलुकको राजनीतिलाईअधिनायकवादतर्फ धकल्ने प्रयत्नअहिले भई रहेको स्पष्टछ। यस परिस्थितिमा नेपालको संविधानको लोकतान्त्रिकजगलाई अझ सुदृढ एवं सर्वस्विकार्य वनाउनु हामी सवैको कर्तव्य हो। नेपालीकांग्रेस र नेपाललोकतान्त्रिकफोरम यस कर्तव्यप्रतिप्रतिवद्घ रहदै क्रियाशिल रहने संकल्पगर्दछौं। यस परिप्रेक्षमा संविधाननिर्माणगर्दा हामीदुई दलहरु समेत वीचभएको १६ वुँदे सहमतिले पनिसंविधानलाई थप स्वीकार्य वनाउने आधार प्रदान गरेको कुरा हामीपुनस्मरणगर्न चाहन्छौं।

यसै कुरालाई हृदयगंमगर्दै थारु, मधेशी, जनजाती, आदिवासी, महिला, दलित, मुस्लीम र सिमान्तकृत समुदायलगायतको हक, अधिकार सम्वन्धमानेपाललोकतान्त्रिकफोरमले उठाउँदै आएकामुद्दालाई सम्वोधनगर्न नेपालीकांग्रेस सदा झै प्रतिवद्ध छ। यस प्रतिवद्धतालाई मुर्तरुप दिनहामीदुवै दलहरुले संविधान संसोधनको प्रयास व्यवस्थापिका संसदमा गर्‍यौं। संविधान संसोधनहुन सकेन, आगामिदिनमा यो कार्य सम्पन्नगर्नु हाम्रो साझाजिम्मेदारि हो। लोकतान्त्रिक संस्थाहरुलाई अझ सवलवनाउँदै मुलुकलाई समृद्धितर्फ अघिवढाउने विषयमाहामीदुवै दलको समानमान्यता रहीआएको छ।

साथै, थरुहट र मधेश आन्दोलनको सिलसिलामागिरफ्तार भएकाव्यक्तिहरुको मुद्दा राजनीतिकहो भन्ने नेपालीकांग्रेसले मानिआएको छ । तसर्थ, यस क्रममावन्दिहुनु भएकानिर्दोषनागरिकहरुको मुद्दाफिर्ता गरी रिहाई गर्न सरकारसँग आवश्यकपहलगर्न हामीदुवै दल सहमतछौं।

माथिउल्लेखितआधारमा नेपालीकांग्रेस र नेपाललोकतान्त्रिकफोरम एक आपसमाएकतागर्न सहमतभएकाछौं। एकतापछि नेपालीकांग्रेसको सांगठनिक संरचनामा केन्द्र,प्रदेश,जिल्ला,नगर र गाउँसम्मका नेपाललोकतान्त्रिकफोरम र यसकाभातृ÷भगिनी संस्थाहरुको संरचनाएवं सदस्यहरुको यथोचित समायोजन गर्न हामीदुवैदल सहमतछौ।

 

शेरवहादुर देउवा बिजयकुमार गच्छेदार
सभापति, नेपालीकांग्रेस नेपाल लोकतान्त्रिक फोरम
असोज २८, २०७४

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Hari Prasad Rijal

    good news

    Comment Author

    Hari Prasad Rijal

    l lke

    Comment Author

    Hari Prasad Rijal

    यसरी गठबन्धन गरेर बामपंथी लाई पछारनु परछ जय नेपालीको नाराले साथिहरु

    Comment Author

    Baikuntha Bhandari

    Dheri ramro aba durbikrit hudai janu parxa

    Comment Author

    Mahendra Pokhrel

    Aama ko ghar farkechhan. Dhanyabad

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?