पीपीएल क्रिकेटः काठमाडाैँकाे लगातार दाेस्राे जित, विराटनगरको प्लेअफ खेल्ने सम्भावना न्युन !
सारांश
- काठमाडौँ, १२ कात्तिक ।
- पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा हुलास काठमाडौँ रोयल्सले लगातार दोस्रो जित दर्ता गरेको छ ।
- भने विराटनगर टाइटनले लगातार तेस्रो हार व्यहोरेको छ ।
काठमाडौँ, १२ कात्तिक । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा हुलास काठमाडौँ रोयल्सले लगातार दोस्रो जित दर्ता गरेको छ । भने विराटनगर टाइटनले लगातार तेस्रो हार व्यहोरेको छ । सोमबार भएको खेलमा काठमाडौँले विराटनगरलाई ५ विकेटले पराजित गरेको हो ।

विराटनगरले दिएको १ सय ५० रनकोलक्ष्य काठमाडौँले ४ बल बाकिँ रहँदा ५ विकेट गुमाएर पुरा ग¥यो । काठमाडौँका लागि गौरव तोमारले सर्वाधिक ६६ रन बनाए । मात्र ४६ बल खेलेका उनले ३ छक्का र ६ चौका प्रहार गरेका थिए । त्यस्तै अमित श्रेष्ठले ३५ र कप्तान ज्ञानेन्द्र मल्लले १७ रन बनाए । विराटनगरका सहाव आलमले २ तथा सन्दिप लामिछाने, जितेन्द्र मुखिया र किशोर महतोले समान १–१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ् गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो । विराटनगरका लागि मोहमद जेद आलमले सर्वाधिक ६७ रन बनाए भने सुनिल धमला र राजेश पुलामि मगरले समान ३०–३० रन बनाए । काठमाडौँका बसन्त रेग्मी, सुसन भारी र गौरव तोमारले समान २–२ विकेट लिए । खेलको ‘म्यान अफ दि म्याच’ गौरव तोमार नै भए ।

यो हारसँगै विराटनगरको प्लेअफ खेल्ने सम्भावना निकै न्युन भएको छ । भने काठमाडौँले राम्रो प्रदर्शन गर्दै दुई खेलबाट चार अंकसहित अंकतालिकाको दोस्रो स्थानमा पुगेको छ । समान अंक भएपनि बुटवल नेट रनरेटका आधारमा शिर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया