ओलीले पाएनन् विश्वासको मत

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २७, २०७८
|
|
४० पटक हेरिएको
Shares

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल भएका छन् ।
  • आज प्रतिनिधि सभामा विश्वासको मत लिने ओलीको प्रस्ताव निर्णयार्थ प्रस्तुत भई मतदान हुँदा पक्षमा बहुमत प्राप्त नभएपछि असफल भएका हुन् ।
  • प्रधानमन्त्री ओलीलाई नेकपा एमालेका आफूपक्षीय सांसदहरुले मात्र मतदान गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल भएका छन् । आज प्रतिनिधि सभामा विश्वासको मत लिने ओलीको प्रस्ताव निर्णयार्थ प्रस्तुत भई मतदान हुँदा पक्षमा बहुमत प्राप्त नभएपछि असफल भएका हुन् ।

प्रधानमन्त्री ओलीलाई नेकपा एमालेका आफूपक्षीय सांसदहरुले मात्र मतदान गरेका थिए । माधव नेपाल समूहका अधिकांश सांसदहरु मतदानमा अनुपस्थित भए ।

प्रस्तावको विपक्षमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका उपेन्द्र यादव समूहका सांसदहरुले मतदान गरेका थिए ।

विश्वासको मत लिन असफल भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका छन् । अब संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमतको सरकार बनाउने विकल्पमा देश जान्छ । त्यो अवस्था पनि नआए संविधानको धारा ७६ को उपधारा ३ बमोजिम अल्पमतको सरकारको नेतृत्व ओलीले नै गर्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?