काकाद्वारा भतिजी बलात्कार

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २५, २०७६
|
|
५० पटक हेरिएको
Shares
काकाद्वारा भतिजी बलात्कार

सारांश

  • बागलुङमा ११ वर्षीया बालिकालाई आफ्नै काकाले बलात्कार गरी फरार भएका छन् ।
  • बालिकालाई बलात्कार गरी काठेखोला गाउँपालिका–५ का ६१ वर्षीय चन्द्रबहादुर सुनार फरार भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
  • बालिकालाई आर्थिक प्रलोभनमा पारी बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्गलबार बागलुङ प्रहरीमा उजुरी दर्ता गरेपछि काकाद्वारा भतिजी बलात्कार गरेको रहस्य खुलेको हो ।

बागलुङमा ११ वर्षीया बालिकालाई आफ्नै काकाले बलात्कार गरी फरार भएका छन् । बालिकालाई बलात्कार गरी काठेखोला गाउँपालिका–५ का ६१ वर्षीय चन्द्रबहादुर सुनार फरार भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।बालिकालाई आर्थिक प्रलोभनमा पारी बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्गलबार बागलुङ प्रहरीमा उजुरी दर्ता गरेपछि काकाद्वारा भतिजी बलात्कार गरेको रहस्य खुलेको हो ।

भदौ १५ गते तीजको दिन बालिकालाई सुनारले बलात्कार गरेका थिए । घटना गाउँमै लुकाउन खोजेको भए पनि प्रहरीकै सक्रियतामा बलात्कारको घटना बाहिर आएको हो । आर्थिक अवस्था कमजोर भएका कारणले उजुरी दिन सदरमुकाम आउन नसकेको भन्ने सूचनाको आधारमा प्रहरी पीडितकै घरमा पुगेर पीडित परिवारलाई सदरमुकाम ल्याएको बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिनुभयो ।

“परिवारको आर्थिक अवस्था कमजोर भएकाले यहाँसम्म ल्याउने, घर पु¥याउने र सदरमुकाम बस्दा लाग्ने सबै खर्च सबै व्यवस्थापन गर्छौँ भनेर पीडितलाई कार्यालयमा झिकाएका हौँ”, भट्टले भन्नुभयो, “आर्थिक अवस्था कमजोर भएकै कारणले उजुरी दिनबाट वञ्चित गर्नुहुँदैन ।” आरोपित सुनार फरार रहेको र उनको खोजी भइरहेको भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लादेनका छोरालाई फ्रान्सले गर्‍यो देश निकाला, सदाका लागि प्रतिबन्ध
लादेनका छोरालाई फ्रान्सले गर्‍यो देश निकाला, सदाका लागि प्रतिबन्ध
गृहमन्त्रालयमा केन्द्रीय विपद व्यवस्थापन समितिको आकस्मिक बैठक
गृहमन्त्रालयमा केन्द्रीय विपद व्यवस्थापन समितिको आकस्मिक बैठक
  दलहरुले लोकतन्त्रको कमजोरी सच्याउने सामथ्र्य निर्माण गर्नुपर्छ : महासचिव पोखरेल
  दलहरुले लोकतन्त्रको कमजोरी सच्याउने सामथ्र्य निर्माण गर्नुपर्छ : महासचिव पोखरेल
शिक्षा माटो सुहाउँदो हुनुपर्छ : ओली
शिक्षा माटो सुहाउँदो हुनुपर्छ : ओली
आरजुको दबाबमा राखिएका मुख्य सचिव रेग्मीले टेरेनन्, हटाउन प्रधानमन्त्रीलाई दबाब
आरजुको दबाबमा राखिएका मुख्य सचिव रेग्मीले टेरेनन्, हटाउन प्रधानमन्त्रीलाई दबाब
प्रचण्डले दिए जिम्मेवारी- महरालाई सभामुख, वर्षमान पार्टी सम्हाल्ने
प्रचण्डले दिए जिम्मेवारी- महरालाई सभामुख, वर्षमान पार्टी सम्हाल्ने
यस्तो छ प्रधानमन्त्रीको युरोप भ्रमणको कार्यतालिका, अक्सफोर्डमा सम्बोधनदेखि महत्वपूर्ण सम्झौतासम्म
यस्तो छ प्रधानमन्त्रीको युरोप भ्रमणको कार्यतालिका, अक्सफोर्डमा सम्बोधनदेखि महत्वपूर्ण सम्झौतासम्म
क्रिकेट मैदान निर्माण गर्न जग्गा हेर्न भावना घिमिरे सहित धुर्मुस पोखरामा
क्रिकेट मैदान निर्माण गर्न जग्गा हेर्न भावना घिमिरे सहित धुर्मुस पोखरामा
राष्ट्रिय सभा निर्वाचन: साना दलहरुले भाग खोज्दा सत्तागठबन्धनमा सिट बाँडफाँट सकस
राष्ट्रिय सभा निर्वाचन: साना दलहरुले भाग खोज्दा सत्तागठबन्धनमा सिट बाँडफाँट सकस
प्रधानमन्त्री देउवा र ओली किन भेट्दै ?