जेलमै बिरामी पूर्वराष्ट्रपति गयुमको स्वास्थ्य अवस्था थप जटिल बन्दै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ७, २०७५
|
|
२१ पटक हेरिएको
Shares
जेलमै बिरामी पूर्वराष्ट्रपति गयुमको स्वास्थ्य अवस्था थप जटिल बन्दै

सारांश

  • माले, एएनआई – माल्दीभ्सका पूर्वराष्ट्रपति मौमुन अब्दुल गयुमको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ ।
  •  जेल जीवन बिताइरहनु भएका ८३ वर्षीय गयुमको अवस्था थप बिग्रिदै गएको चिकित्सकहरूले जानकारी दिएका छन् ।
  • उहाँलाई राखिएकै ठाँउमा भेट्न गएको चिकित्सकहरूको टोलीले गयुमलाई विषेश उपचारको व्यवस्था गर्न सुझाव दिएको छ ।

माले, एएनआई – माल्दीभ्सका पूर्वराष्ट्रपति मौमुन अब्दुल गयुमको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ । जेल जीवन बिताइरहनु भएका ८३ वर्षीय गयुमको अवस्था थप बिग्रिदै गएको चिकित्सकहरूले जानकारी दिएका छन् ।

उहाँलाई राखिएकै ठाँउमा भेट्न गएको चिकित्सकहरूको टोलीले गयुमलाई विषेश उपचारको व्यवस्था गर्न सुझाव दिएको छ ।

एम्नेष्टी इन्टरनेशनलका थायीब इबु फैसलले सामाजिक सञ्जाल ट्वीटरमा ८३ वर्षीय वृद्ध पूर्वराष्ट्रपति गयुम धेरै बिरामी हुनुभएको लेख्नु भएको छ । चिकित्सकहरूको टोलीले उहाँलाई थप उपचार आवश्यक भएको सिफारिश गरेको पनि फैसलले ट्वीटमा उल्लेख गर्नुभएको छ ।

चिकित्सकहरूको सिफारिश र एम्नेष्टीको आग्रहलाई माल्दीभ्सको सुधार विभागले भने अस्वीकार गर्दै आइरहेको समाचारमा जनाइएको छ ।

गयुमकी छोरी तथा पूर्वविदेश मन्त्री डुन्या मौमुनले पनि ट्वीट गर्दै आफ्नो बुबाको स्वास्थ्य अवस्था राम्रो नभएको थाहा पाएको बताउनुभएको छ ।

माल्दीभ्सको अदालतले १९ महीने जेल सजायको फैसला गरेकाले गयुम गत जुनदेखि काराबास जीवन भोगीरहनु भएको छ ।

आगामी निर्वाचनबाट पनि अर्को कार्यकालका लागि आफ्नो जितलाई सजिलो बनाउन वर्तमान राष्ट्रपति अब्दुल्ला यमिनको योजनाअनुसार अदालतले उहाँलाई जेल सजायको फैसला गरेको आरोप लागेको छ ।

गयुमसँगै तत्कालीन प्रधानन्यायाधीश अब्दुल्ला साइद र सर्वोच्च अदालतका न्यायाधीश अलि हमिदलाई पनि गत फेब्रुअरीमा नियन्त्रणमा लिइएको थियो ।

उनीहरूलाई फरक फरक आरोप लगाइएको छ । गमुमलाई आतङ्कवादलाई सहयोग गरेको आरोप लगाइएको छ भने प्रधानन्यायाधीश र न्यायाधीशलगायत अन्य न्यायिक अधिकारीहरूलाई सरकार ढाल्न घुस लिएको आरोप लगाइको छ ।

तस्विर : विकीपिडिया

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?