सप्तरी प्रहरीले विभिन्न स्थानबाट चारजनासहित पाँचवटा चोरी को मोटरसाइकल पक्राउ
सारांश
- अस्बिन खड्का, राजविराज ११ चैत ।
- अधिकांश अपराधका घटनामा मोटरसाइकलको प्रयोग हुने र अपराधमा नक्कली नम्बर प्लेटका मोटरसाइकल प्रयोगले अनुसन्धानमा समस्या आउने भएपछि त्यस्ता मोटरसाइकलको खोजीकार्यमा प्रहरीले तीब्रता दिएको समय मा सप्तरी राजविराज बजार वरीपरी नम्बर प्लेट परिवर्तन गरी प्रयोग भइरहेका चोरीका मोटरसाइकलसहित चारजनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।
- चोरीका मोटरसाइकल प्रयोग भइरहेको सूचनाका आधारमा खोजी गर्दा विभिन्न स्थानबाट चारजनासहित पाँचवटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको हो।
अस्बिन खड्का,
राजविराज ११ चैत ।
अधिकांश अपराधका घटनामा मोटरसाइकलको प्रयोग हुने र अपराधमा नक्कली नम्बर प्लेटका मोटरसाइकल प्रयोगले अनुसन्धानमा समस्या आउने भएपछि त्यस्ता मोटरसाइकलको खोजीकार्यमा प्रहरीले तीब्रता दिएको समय मा सप्तरी राजविराज बजार वरीपरी नम्बर प्लेट परिवर्तन गरी प्रयोग भइरहेका चोरीका मोटरसाइकलसहित चारजनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।
चोरीका मोटरसाइकल प्रयोग भइरहेको सूचनाका आधारमा खोजी गर्दा विभिन्न स्थानबाट चारजनासहित पाँचवटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको हो।
अधिकांश अपराधका घटनामा मोटरसाइकलको प्रयोग हुने र अपराधमा नक्कली नम्बर प्लेटका मोटरसाइकल प्रयोगले अनुसन्धानमा समस्या आउने भएपछि त्यस्ता मोटरसाइकलको खोजीकार्यमा प्रहरीले तीब्रता दिएको जनाएको छ।
पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका १ बस्ने ३० वर्षीय संजय यादव, डाक्नेश्वरी नगरपालिका ४ बस्ने १८ वर्षीय संजयकुमार यादव, राजबिराज नगरपालिका ७ बस्ने १८ वर्षीय प्रदिपकुमार राम र १९ वर्षीय राजेशकुमार राम रहेका छन्।
फेला परेको मोटरसाइकल बरामद गरी पक्राउ परेकालाई चोरी मुद्दामा आवश्यक कारबाही थालेको डिएसपी ध्रुबकुमार श्रेष्ठले बताए।उनीहरुले बा ६१ प १३५९ र बा ६४ प १९६२ नम्बर परिवर्तन गरी दुई वटा पल्सर, बा ६१ प ११८२ र बा ३८ प २०७५ नम्बर परिवर्तन गरी दुईवटा अपाची तथा स ८ प ७०३४ नम्बर परिवर्तन गरी एक हिरो होण्डा मोटरसाइकल प्रयोग गरिरहेको डिएसपी श्रेष्ठले बताए।
प्रतिक्रिया