एघार महीनामा २६ बलात्कृत

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १३, २०७५
|
|
३४ पटक हेरिएको
Shares
एघार महीनामा २६ बलात्कृत

सारांश

  • भक्तपुर, १३ मङ्सिर, जिल्लामा प्रत्येक महीना दुई बलात्कारका घटना हुने गरेको पाइएको छ ।
  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला शाखाले आयोजना गरेको नेपाल मनवअधिकार वर्ष पुस्तक २०१९ को वार्षिक पूर्व समीक्षा कार्यक्रममा यो तथ्य सार्वजनिक गरिएको हो ।
  • इन्सेककी जिल्ला प्रतिनिधि सविना केसीले सन् २०१८ जनावरीदेखि नोभेम्बर २७ सम्म अर्थात् विगत ११ महीनाको अवधिमा भएका हत्या, बलात्कार तथा बलात्कार प्रयास, बाल यौनशोषण तथा दुव्र्यवहार, बहुविवाह, घरेलु हिंसा र अपहरण लगायत घटनाको तथ्याङ्क सार्वजनिक गर्दै सो कुरा बताउनुभएको हो ।

भक्तपुर, १३ मङ्सिर, जिल्लामा प्रत्येक महीना दुई बलात्कारका घटना हुने गरेको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला शाखाले आयोजना गरेको नेपाल मनवअधिकार वर्ष पुस्तक २०१९ को वार्षिक पूर्व समीक्षा कार्यक्रममा यो तथ्य सार्वजनिक गरिएको हो ।

इन्सेककी जिल्ला प्रतिनिधि सविना केसीले सन् २०१८ जनावरीदेखि नोभेम्बर २७ सम्म अर्थात् विगत ११ महीनाको अवधिमा भएका हत्या, बलात्कार तथा बलात्कार प्रयास, बाल यौनशोषण तथा दुव्र्यवहार, बहुविवाह, घरेलु हिंसा र अपहरण लगायत घटनाको तथ्याङ्क सार्वजनिक गर्दै सो कुरा बताउनुभएको हो ।

तथ्याङ्कअनुसार ११ महीनाको अवधिमा बलात्कारका घटना २६ मध्ये बलात्कार प्रयास तथा यौन दुव्र्यवहारका घटनामा तीन र बाल यौन दुव्र्यवहारमा एक बालिका पीडित भएका थिए । । यसैगरी छ जनाको हत्या हुनाका साथै बहुविवाहको घटनामा नौ र अपहरणको घटना एक बालक पीडित भएका थिए ।

जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवरले लागूपदार्थ सेवनकर्ताबाट धेरै घटना भएको तथ्य बाहिर अएको बताउँदै गलत सङ्गतले पनि उमेर नपुगेका किशोरकिशोरी दुव्र्यसनमा लाग्ने गरेकाले अपराध बढेको हो भन्नुभयो ।

सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले महिला हिंसा मात्रै नभई पछिल्लो समयमा पुरुष हिंसा पनि बढ्दै गएको पाइएको बताउनुभयो ।
महानगरीय प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जिल्लामा बलात्कारको भयावह अवस्था रहेको बताउनुभयो ।
गैरसरकारी संस्था महासङ्घका जिल्ला अध्यक्ष सोम शर्मा (बजगार्इं)ले अपराधका घटना महत्वपूर्ण नभई त्यसको कारण महत्वपूर्ण भएकाले त्यस्ता कारणलाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीहजुर म तिम्रै हुँ, अरु कसैको हुन सक्दिन ः स्वेता खड्का(भिडियो सहित)
श्रीहजुर म तिम्रै हुँ, अरु कसैको हुन सक्दिन ः स्वेता खड्का(भिडियो सहित)
प्रधानमन्त्रीद्धारा मन्त्रीहरुको समिक्षा सुरु, सफ्टवयेर पनि प्रयोगमा
प्रधानमन्त्रीद्धारा मन्त्रीहरुको समिक्षा सुरु, सफ्टवयेर पनि प्रयोगमा
अर्थमन्त्रालयले निकाल्यो कर्मचारीको तलब विवरण, निजामती कर्मचारी, स्वास्थ्यकर्मी, सेना, पुलिस, सशस्त्र, शिक्षक कस्को तलब कति ?
अर्थमन्त्रालयले निकाल्यो कर्मचारीको तलब विवरण, निजामती कर्मचारी, स्वास्थ्यकर्मी, सेना, पुलिस, सशस्त्र, शिक्षक कस्को तलब कति ?
चिनियाँ राष्ट्रपतिलाई दिइएको रात्रीभोजमा को को थिए ?
चिनियाँ राष्ट्रपतिलाई दिइएको रात्रीभोजमा को को थिए ?
माघ पहिलो साताभित्र नयाँ सरकार : सचिव ज्ञवाली
माघ पहिलो साताभित्र नयाँ सरकार : सचिव ज्ञवाली
अर्घाखाँची सिमेन्टलाई ४३ ग्रेडको इजाजत प्राप्त, आइपिओ पनि जारी गर्दै
अर्घाखाँची सिमेन्टलाई ४३ ग्रेडको इजाजत प्राप्त, आइपिओ पनि जारी गर्दै
४८ वटा फ्ल्याट ध्वस्त, चारजनाको मृत्यु, ४० बेपत्ता
४८ वटा फ्ल्याट ध्वस्त, चारजनाको मृत्यु, ४० बेपत्ता
खाेटाङ्मा सोलार सेटसहितकाे कम्प्युटर कक्षा सञ्चालन !
खाेटाङ्मा सोलार सेटसहितकाे कम्प्युटर कक्षा सञ्चालन !
सरकारद्वारा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा
सरकारद्वारा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा
सभामुख महरालाई नागरिक समाजको सम्मान
सभामुख महरालाई नागरिक समाजको सम्मान

तपाईंले छुटाउनुभयो कि?