नक्कली पत्रकार बनेर पाँचतारे होटलमा चोरी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २५, २०७४
|
|
४४ पटक हेरिएको
Shares
नक्कली पत्रकार बनेर पाँचतारे होटलमा चोरी

सारांश

  • काठमाडौ, २५ माघ – ललितपुर लेलेका अशोक केसी भन्ने हरिशरण केसीको दैनिकी हरेक दिन बिहान रेडियो तथा पत्रपत्रिकाबाट दिनभर हुने कार्यक्रमबारे जानकारी लिएर सुरु हुन्थ्यो।
  • उनले विशेषगरी काठमाडौंका पाँचतारे तथा अन्य ठूला होटलमा दिनभर हुने कार्यक्रम तथा त्यहाँ उपस्थित हुने अतिथिबारे जानकारी लिन्थे ।
  • विभिन्न कार्यक्रमको जानकारी संकलन गरेपछि उनी टाइसुटमा सजिएर सम्बन्धित होटल पुग्थे ।

काठमाडौ, २५ माघ – ललितपुर लेलेका अशोक केसी भन्ने हरिशरण केसीको दैनिकी हरेक दिन बिहान रेडियो तथा पत्रपत्रिकाबाट दिनभर हुने कार्यक्रमबारे जानकारी लिएर सुरु हुन्थ्यो।

उनले विशेषगरी काठमाडौंका पाँचतारे तथा अन्य ठूला होटलमा दिनभर हुने कार्यक्रम तथा त्यहाँ उपस्थित हुने अतिथिबारे जानकारी लिन्थे । विभिन्न कार्यक्रमको जानकारी संकलन गरेपछि उनी टाइसुटमा सजिएर सम्बन्धित होटल पुग्थे । केसीले पत्रकार परिचयपत्रसमेत घाँटीमा भिरेका हुन्थे । केसीको ड्रेसअप, घाँटीमा प्रेसकार्ड र हातमा डायरीसमेत हुने भएकाले कसैले पनि उनी चोर हुन भन्ने भेउ पाउँदैनथे । कार्यक्रम आयोजक, होटलका कर्मचारी तथा अन्य सहभागीले समेत उनलाई पत्रकार नै भनेर विश्वास गर्थे।

कार्यक्रम सकिएपछि केसी पनि अन्य सहभागीसँगै लन्च तथा डिनरमा सहभागी हुन्थे । उनी यत्तिकैमा रोकिँदैनथे । अन्य सहभागी ब्याग, ल्यापटप, महंगा वस्तु कतै राखेर खानपिनमा व्यस्त रहेका बेला केसीले मौकाको फाइदा उठाउँथे । उनी ती सामान चोरेर त्यहाँबाट हिँड्ने आजको नागरिक दैनिकमा बसन्त खड्काले खबर लेखेका छन् ।

तारे होटलमा पत्रकारको भेषमा प्रवेश गरेर महंगा वस्तु तथा व्याग र नगद चोरी गर्नु उनको दैनिकी थियो । त्यसरी चोरेका महंगा ग्याजेट तथा वस्तु उनले सस्तो मूल्यमा बिक्री गरेको प्रहरी बताउँछ । ठूला होटलमा हुने कार्यक्रममा सहभागीका ल्यापटपलगायत महंका सामग्री हराएको भन्दै निवेदन परे पनि प्रहरीले चोर पत्ता लगाउन सकिरहेको थिएन । पत्रकारको भेषमा टाइसुट लगाएर होटलमा जाने केसी चोरी कार्यमा संलग्न छन् भन्नेमा प्रहरीसमेत विश्वस्त हुनसकिरहेको थिएन।
गत शनिबार काठमाडौंको कान्तिपथस्थित एल्लो पेगोडा होेटलमा बैंकरको तालिम चलिरहेको थियो । सहभागीहरु लन्च समयमा व्यस्त रहेका बेला होटलको गणेश हलबाट तीनवटा लेडिज ब्याग तथा ३२ हजार रुपैयाँभन्दा बढी नगद हराएको उजुरी प्रहरीको अपराध महाशाखामा पर्‍यो । प्रहरीले होटलमा लगाइएको सिसिटिभी फुटेजका आधारमा मंगलबार ललितपुरको लगनखेलबाट केसीलाई पक्राउ गर्‍यो । अनुसन्धानमा केसीले नै एल्लो पेगोडाबाट व्याग र नगद चोरेर फरार भएको स्विकारे । उनी पत्रकारको परिचयपत्र देखाएर हलमा प्रवेश गरेका थिए । अनुसन्धानबाट बल्ल केसी नक्कली पत्रकार र उनले लिएको परिचयपत्र पनि नक्कली भएको खुल्यो।

पाँचतारे ¥याडिसन तथा अन्नपूर्ण होटलमा भएका ल्यापटपलगायत सामग्री चोरी घटनामा समेत केसीको संलग्नता पाइएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी निरीक्षक भरत थापाले जानकारी दिए । ‘पाँचतारे होटलमा समेत चोरी भएको उजुरी आएपछि हामी अनुसन्धानमा जुट्यौं, एल्लो पेगोडामा चोरी भएको घटना पछ्याउँदै जाँदा अन्य तारे होटलको चोरी घटनामा पनि केसीको संलग्नता पाइयो’, प्रहरी निरीक्षक थापाले भने।

केसीको साथबाट प्रहरीले एक थान मोबाइल, दुई थान सिमकार्ड दुई थान घडी, एक थान निलो ब्याग, ‘फायरसाइड’ दैनिक पत्रिका लेखिएको पत्रकार परिचयपत्र र एक थान डायरी बरामद भएको प्रहरीले जनाएको छ । केसीलाई थप अनुसन्धानका लागि अहिले काठमाडौं प्रहरी परिसरमा राखिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वरोजगार बन्दै गृहिणी
स्वरोजगार बन्दै गृहिणी
स्पा भनेको मसाजसेन्टर मात्र होईन मेडिकल उपचार पनि हो: मोहनराज पाण्डे (भिडियाेअन्तर्वाता)
स्पा भनेको मसाजसेन्टर मात्र होईन मेडिकल उपचार पनि हो: मोहनराज पाण्डे (भिडियाेअन्तर्वाता)
मालीमा फेरि हिंसा भड्कियो, दश सर्वसाधारण र तीन जना सैनिक मारिए
मालीमा फेरि हिंसा भड्कियो, दश सर्वसाधारण र तीन जना सैनिक मारिए
जनकपुरमा झडप, स्थिति नियन्त्रणमा लिन भोलीसम्म निषेधाज्ञा
जनकपुरमा झडप, स्थिति नियन्त्रणमा लिन भोलीसम्म निषेधाज्ञा
अाेली र दाहालले एकै स्वरमा भनेः अब समृद्धिकाे युग अाउँदैछ
अाेली र दाहालले एकै स्वरमा भनेः अब समृद्धिकाे युग अाउँदैछ
भीम रावलको सुरक्षामा खटिएका जवानमा कोरोना संक्रमण देखिएपनि नेकपाको स्थायी कमिटि बैठक स्थगित
भीम रावलको सुरक्षामा खटिएका जवानमा कोरोना संक्रमण देखिएपनि नेकपाको स्थायी कमिटि बैठक स्थगित
एउटी गरिबसँग ‘घुस’ लिँदा १३ जनालाई एड्स
एउटी गरिबसँग ‘घुस’ लिँदा १३ जनालाई एड्स
हिन्दु र मुस्लिम युवतीले गरे विवाह, समाजिक संजालमा भाइरल दुई युवतीको फोटो
हिन्दु र मुस्लिम युवतीले गरे विवाह, समाजिक संजालमा भाइरल दुई युवतीको फोटो
युद्धको त्रासबाट मुक्ति मिलेको छ : परराष्ट्रमन्त्री
युद्धको त्रासबाट मुक्ति मिलेको छ : परराष्ट्रमन्त्री
१ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुल्दै
१ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुल्दै