सांसद ओलीले दिइन् सरकारलाई यस्तो सुझाव

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ४, २०७६
|
|
२९ पटक हेरिएको
Shares
सांसद ओलीले दिइन् सरकारलाई यस्तो सुझाव

सारांश

  • राष्ट्रिय सभाकी सदस्य कोमल वलीले नेपाल–भारत परराष्ट्रमन्त्री स्तरीय बैठकमा जलस्रोत सम्झौता कार्यान्वयनका विषयमा नेपालले भारतसित कुराकानी गर्न सुझाव दिएकी छिन् ।
  • आजको बैठकको विशेष समयमा बोल्दै सांसद वलीले यस्तो सुझाव दिएकी हुन् ।
  • नेपाल–भारत संयुक्त आयोगको बैठक आजबाट सुरु हुँदैछ ।

राष्ट्रिय सभाकी सदस्य कोमल वलीले नेपाल–भारत परराष्ट्रमन्त्री स्तरीय बैठकमा जलस्रोत सम्झौता कार्यान्वयनका विषयमा नेपालले भारतसित कुराकानी गर्न सुझाव दिएकी छिन् ।

आजको बैठकको विशेष समयमा बोल्दै सांसद वलीले यस्तो सुझाव दिएकी हुन् । नेपाल–भारत संयुक्त आयोगको बैठक आजबाट सुरु हुँदैछ । उक्त बैठकमा भाग लिनको लागि भारतीय विदेशमन्त्री डा. एस. जयशंकर काठमाडौं आईसकेका छन् ।

त्यस्तै, सांसद तारादेवी भट्टले युवाहरुलाई स्वदेशभित्र नै रोजगारीको व्यवस्था मिलाउन माग गरिन । अर्का सांसद रामप्रीत पासवानले प्रक्रिया पुगेका नागरिकलाई नागरिकता दिनुपर्ने माग गरे ।

त्यस्तै, सांसद मुक्ताकुमारी यादवले देशमा आत्महत्याका प्रवृत्ति किन बढिरहेको छ, यसतर्फ अध्ययन गरी तत्काल समस्यालाई सम्बोधन गर्ने कार्यक्रम ल्याउन सरकारसंग माग गरिन् । सांसद खिमकुमार विक र रामनारायण विँडारीले सञ्चारकर्मी रवि लामिछानेको छानबिनमा बाधा पु¥याउनेलाई कारवाही गर्नुपर्ने माग गरे ।

सांसद रमेशप्रसाद यादवले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न र सांसद प्रकाश पन्तले अपाङ्गता भएका व्यक्तिको शिक्षक कोटामा अन्य व्यक्तिलाई नियुक्त नगर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?