नवलपरासीमा नेताहरुबीचनै चुनावी प्रतिस्पर्धा

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ३, २०७४
|
|
२७ पटक हेरिएको
Shares
नवलपरासीमा नेताहरुबीचनै चुनावी प्रतिस्पर्धा

सारांश

  • दोस्रो चरणमा निर्वाचन हुने नवलपरासीमा पनि निर्वाचनको समय नजिकिँदै जाँदा चुनावी रौनक छाएको छ ।
  • प्रदेश नं ४ र प्रदेश नं ५ मा विभाजित नवलपरासीका दुईवटा जिल्लामै उम्मेदवार यतिबेला मतदातालाई आफ्नो पक्षमा पार्न लागिपरेका छन् ।
  • प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार मतदातालाई विभिन्न भेला, सभा, घरदैलो लगायतका चुनावी प्रचार प्रसार कार्यक्रममार्फत रिझाउन व्यस्त छन् ।

दोस्रो चरणमा निर्वाचन हुने नवलपरासीमा पनि निर्वाचनको समय नजिकिँदै जाँदा चुनावी रौनक छाएको छ । प्रदेश नं ४ र प्रदेश नं ५ मा विभाजित नवलपरासीका दुईवटा जिल्लामै उम्मेदवार यतिबेला मतदातालाई आफ्नो पक्षमा पार्न लागिपरेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार मतदातालाई विभिन्न भेला, सभा, घरदैलो लगायतका चुनावी प्रचार प्रसार कार्यक्रममार्फत रिझाउन व्यस्त छन् । यस पटक पनि अधिकांश उम्मेदवाहरु पुरानै अनुहारका रहेका छन् भने केही नयाँ अनुहार चुनाबी मैदानमा छन् । यहाँ विशेषगरी नेपाली काँग्रेस र वाम गठबन्धनबीच प्रतिस्पर्धा देखिन्छ ।

नवलपरासीका दुई जिल्लामा प्रतिनिधिसभातर्फ चारवटा र प्रदेशसभातर्फ आठवटा निर्वाचन क्षेत्र रहेका छन् । यस पटकको निर्वाचनमा पनि नवलपरासीबाट केही शीर्षदलका शीर्ष नेताहरु चुनावी मैदानमा रहेकाले पनि सो क्षेत्र चर्चामा छ ।

को को छन् ? शीर्षनेताहरु चुनावी मैदानमा

नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइराला नवलपरासी (बर्दघाट सुस्ता) पूर्व क्षेत्रअन्तर्गत निर्वाचन क्षेत्र नं १ बाट चुनावी मैदानमा हुनुहुन्छ । कोइराला २०६४ र २०७० को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित सांसदसमेत हुनुहुन्छ । सो निर्वाचन क्षेत्रमा वाम गठबन्धनबाट माओवादी केन्द्र पोलिटब्यूरो सदस्य नेता भविश्वर पराजुली मुख्य प्रतिस्पर्धीका रुपमा हुनुहुन्छ ।

यसैगरी स्वतन्त्र राजनीतिक समूहका अगुवा र पूर्वमन्त्री नेता हृदयेश त्रिपाठी वाम गठबन्धनका तर्फबाट नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम क्षेत्रअन्तर्गत निर्वाचन क्षेत्र नं १ बाट चुनावी मैदानमा हुनुहुन्छ । सो निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसका नेता देवकरणप्रसाद कलवार मुख्य प्रतिस्पर्धीका रुपमा हुनुहुन्छ । कलवार २०७० सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित सांसदसमेत हुनुहुन्छ ।

यसैगरी पूर्व गृहराज्यमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य देवेन्दराज कँडेल नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम क्षेत्रअन्तर्गत निर्वाचन क्षेत्र नं २ बाट चुनावी मैदानमा हुनुहुन्छ । सो निर्वाचन क्षेत्रमा पूर्वस्थानीय विकास राज्यमन्त्री एवम् माओवादी केन्द्रका नेता घनश्याम यादव मुख्य प्रतिस्पर्धीका रुपमा हुनुहुन्छ ।

नवलपरासी जिल्ला दुई जिल्लामा विभाजनपछि बर्दघाट सुस्ता पश्चिम नवलपरासी र बर्दघाट सुस्ता पूर्व नवलपरासीमा गरी प्रतिनिधिसभाका लागि चारवटा निर्वाचन क्षेत्र रहेका छन् भने प्रदेशसभाका लागि आठ निर्वाचन क्षेत्र रहेका छन् ।

प्रदेश नं ४ र ५ नं प्रदेशमा विभाजित नवलपरासीका दुई जिल्लामा आसन्न प्रदेशसभा र प्रतिनिधिसभाका लागि कुल चार लाख २९ हजार ८९४ जना मतदाता रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रम ओली लगायतका हाई प्रोफाइलको उपचार गर्ने विदेशी चिकित्सकले पनि पाए पदक
प्रम ओली लगायतका हाई प्रोफाइलको उपचार गर्ने विदेशी चिकित्सकले पनि पाए पदक
स्थानीय तह दोस्रो चरणको चुनावको तयारी अन्तिम चरणमा
साधारण मान्छेको असाधारण राजनीति’
साधारण मान्छेको असाधारण राजनीति’
स्थानीय तहलाई प्रदेश सरकार मातहतमा ल्याउन दबाब
स्थानीय तहलाई प्रदेश सरकार मातहतमा ल्याउन दबाब
यस्तो निर्णय गर्दैछ भारतीय दूतावासमा कांग्रेस, माओवादी र राजपा नेताहरुले ?
यस्तो निर्णय गर्दैछ भारतीय दूतावासमा कांग्रेस, माओवादी र राजपा नेताहरुले ?
आयश्यकता हेरेर स्थानिय चुनाबमा गठबन्धन गर्ने कङ्रेसको निर्णय
आयश्यकता हेरेर स्थानिय चुनाबमा गठबन्धन गर्ने कङ्रेसको निर्णय
बालेनले कटाए २५ हजार मत: केशव र सिर्जना भन्दा दोब्बर मत
बालेनले कटाए २५ हजार मत: केशव र सिर्जना भन्दा दोब्बर मत
ट्राफिक प्रहरी सुनसरीलाई ३५ लाखको सहयोग सामग्री प्रदान
ट्राफिक प्रहरी सुनसरीलाई ३५ लाखको सहयोग सामग्री प्रदान
सुकुम्वासीको समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: प्रचण्ड
सुकुम्वासीको समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: प्रचण्ड
पत्रकार सम्मेलनमा उपहार, नगद नलिन/नदिन आह्वान
पत्रकार सम्मेलनमा उपहार, नगद नलिन/नदिन आह्वान

तपाईंले छुटाउनुभयो कि?