‘सिस्नुपानी’ ले पोलेपछि छट्पटिए प्रधानमन्त्री ओली !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १६, २०८१
|
|
४५ पटक हेरिएको
Shares
‘सिस्नुपानी’ ले पोलेपछि छट्पटिए प्रधानमन्त्री ओली !

सारांश

  • काठमाडौं।
  • सिस्नुपानी नेपालको देउसीभैलो कार्यक्रमलाई लिएर नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गरेका छन्।
  • व्यवसायी मिनबहादुर गुरुङले एमालेलाई दिएको १० रोपनी १४ आना दाने जग्गाको विषयलाई लिएर एमाले र सरकारलाई व्यङ्ग्य गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन्।

काठमाडौं। सिस्नुपानी नेपालको देउसीभैलो कार्यक्रमलाई लिएर नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गरेका छन्।

व्यवसायी मिनबहादुर गुरुङले एमालेलाई दिएको १० रोपनी १४ आना दाने जग्गाको विषयलाई लिएर एमाले र सरकारलाई व्यङ्ग्य गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन्।

हिजो (बिहीबार) प्रज्ञा प्रतिष्ठान कमलादीमा सिस्नुपानी नेपालले देउसीभैलो कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा प्रधानमन्त्री ओलीसहित विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।

सिस्नु्पानी नेपालले सन्तुलन मिलाएर व्यङ्ग्य नगरेको भन्दै उनले असन्तुष्टिसमेत पोखे । एमालेलाई व्यवसायी गुरुङले दिएको उक्त दाने जग्गा प्रथम दृष्टिमै गलत रहेको भन्दै सर्वोच्च अदालतले समेत दान हस्तान्तरणको काम अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेशसमेत जारी गरिसकेको छ । अदालतले प्रथम दृष्टिमै गलत रहेको भनिसकेको विषयमा व्यङ्ग्य गरिएकोप्रति पनि प्रधानमन्त्री ओलीको असन्तुष्टि थियो ।

सबै दलको कार्यालय बनाउन व्यवसायीहरुले दान दिएको स्मरण गराउँदै उनले भने, ‘अरु कुन पार्टी छ त्यस्तो जो बिना चन्दा पार्टी कार्यालय बनाएको छ ? कोही एक दुई जनाको चन्दाले बनेका होलान, कोही आठ १० जनाको चन्दाले बनेका होलान् ? त्यो पनि पहिलो दृष्टिमा नै गलत छ भनेर अदालतले भनिसकेपछि त सकियो त । किन व्यग्य गरिरहनुपर्यो ?’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस र एमालेद्वारा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेस
कांग्रेस र एमालेद्वारा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेस
म नेपाली पहिरन नै रुचाउँछु : मिस नेपाल श्रीच्छा
म नेपाली पहिरन नै रुचाउँछु : मिस नेपाल श्रीच्छा
दाहाल–नेपालले सभामुखसँग परामर्श गरे
दाहाल–नेपालले सभामुखसँग परामर्श गरे
माघ १ गते आज यस्तो छ १२ राशिको दिनदशा र ग्रहगोचर
माघ १ गते आज यस्तो छ १२ राशिको दिनदशा र ग्रहगोचर
पशुपति क्षेत्रमा वत्सलेश्वरी, बज्रेश्वरी जात्रा सुरु
पशुपति क्षेत्रमा वत्सलेश्वरी, बज्रेश्वरी जात्रा सुरु
क–कसले पाउने भए रातो पासपोर्ट !
क–कसले पाउने भए रातो पासपोर्ट !
राजपा नेपालमा बढ्यो विवाद, महतोविरुद्ध मोर्चाबन्दी
राजपा नेपालमा बढ्यो विवाद, महतोविरुद्ध मोर्चाबन्दी
इलिनोई नदीः जहाँ मकैको फूल उठे जसरी माछा उफ्रिन्छन्
इलिनोई नदीः जहाँ मकैको फूल उठे जसरी माछा उफ्रिन्छन्
आगामी जेठभित्र नारायणगढ–मुग्लिन सडक खण्डको काम पूरा हुन्छ : मन्त्री महासेठ
आगामी जेठभित्र नारायणगढ–मुग्लिन सडक खण्डको काम पूरा हुन्छ : मन्त्री महासेठ
ब्रिटेनमा राजपरिवारको जिम्मेवारी परित्याग गर्ने राजकुमार ह्यारी र मेगन मार्कलको घोषणा
ब्रिटेनमा राजपरिवारको जिम्मेवारी परित्याग गर्ने राजकुमार ह्यारी र मेगन मार्कलको घोषणा