काठमाडौँ उपत्यकामा निषेधाज्ञा उलंघन गर्ने हजारभन्दा बढि सवारी कारवाहीमा

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख १८, २०७८
|
|
३७ पटक हेरिएको
Shares

सारांश

  • प्रहरीले निषेधाज्ञा उल्लंघन गर्ने एक हजार बढी सवारीसाधनलाई कारवाही गरेको छ ।
  • काठमाडौं, ललितपुर र भक्तपुरमा जारी निषेधाज्ञामा कडाइ गर्ने नीति अनुसार शनिबार सडकमा निस्किएका सरकारी गाडीसहित एक हजार २३८ वटा सवारीसाधनलाई प्रहरीले कारवाही गरेको हो ।
  • कोरोना संक्रमण तीव्र रुपमा बढेपछि काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा जारी गरिएको छ ।

प्रहरीले निषेधाज्ञा उल्लंघन गर्ने एक हजार बढी सवारीसाधनलाई कारवाही गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा जारी निषेधाज्ञामा कडाइ गर्ने नीति अनुसार शनिबार सडकमा निस्किएका सरकारी गाडीसहित एक हजार २३८ वटा सवारीसाधनलाई प्रहरीले कारवाही गरेको हो ।

कोरोना संक्रमण तीव्र रुपमा बढेपछि काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको समयमा समेत सडकमा सवारीसाधनको चाप बढेपछि चेकचाँजमा कडाइ गरिएको प्रहरीले जनाएको छ ।

निषेधाज्ञाको तेस्रो दिन आज ठाउँ ठाउँमा ट्राफिक प्रहरी तथा सुरक्षाकर्मीले गाडीको जाँच गरिरहेका छन् भने नियम विपरीत सञ्चालनमा रहेका दुई तथा चार पाङ्ग्रे गाडीलाई होल्ड गर्ने गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?