काठमाडौंका धनाढ्‍य मन्त्रीले किन लिए ५० लाख ? हेर्नुहोस् उनको सम्पति कति छ

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २८, २०७४
|
|
२२ पटक हेरिएको
Shares
काठमाडौंका धनाढ्‍य मन्त्रीले किन लिए ५० लाख ? हेर्नुहोस् उनको सम्पति कति छ

सारांश

  • काठमाडौं, माघ २८ ।
  • उपचार खर्च अभावमा धेरै नेपालीको सानो रोगका कारण अकालमै ज्यान गुमाइरहेका छन् ।
  • धेरै नेपाली एक एक रुपैयाँ जुटाउन सडकमा ‘भिख’ मागिरहेका भेटिन्छन् ।

काठमाडौं, माघ २८ । उपचार खर्च अभावमा धेरै नेपालीको सानो रोगका कारण अकालमै ज्यान गुमाइरहेका छन् । धेरै नेपाली एक एक रुपैयाँ जुटाउन सडकमा ‘भिख’ मागिरहेका भेटिन्छन् ।

अाजको अन्नपूर्णमा खबर छ-सरकारले थोरै मात्र उपचार खर्च व्यवस्थितरुपमा सर्वसाधरणलाई वितरण गर्न सकेमा धेरैको ज्यान जोगिने अवस्था छ । तर, बाहिरिने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफूकहाँ पहुँच बनाउने र आफ्ना आसेपासेलाई मुठ्ठी खोलेर राज्यकोषको रकम धमाधम बाँडिरहेका छन् ।

यस्तै मुठ्ठी खोलेर काठमाडौंका स्थायीबासिन्दा तथा धनाढ्य एक मन्त्रीलाई देउवाले धक फुकाएर राज्यकोषको रकम प्रदान गरेका छन् । यी मन्त्रीलाई न त कुनै ठुलो रोग लागेको छ न नै कुनै ठुलो विपत्ति या संकट ? बाहिरिने बेलामा उनले पनि राज्यको ढुकुटीबाट ठुलै पोको लिएर निस्कने भएका छन् ।

काठमाडौंका स्थायीबासिन्दा तथा धनाढ्य मन्त्रीकारुपमा चर्चित देउवा सरकारका रक्षामन्त्री भीमसेनदास प्रधानले बाहिरिने बेलामा ५० लाख रुपैयाँ आर्थिक सहयोग लिएका छन् । मन्त्रिपरिषद्बाट निर्णय गराएर काठमाडौं-२७ का स्थायी बासिन्दा रक्षामन्त्री भीमसेनदास प्रधानले ५० लाख रुपैयाँ सहयोग लिएपछि आलोचना सुरु भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले रक्षामन्त्री भीमसेनदास प्रधानलाई उपचारका लागि ५० लाख दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। उपचारका लागि भन्दै मन्त्री प्रधानले आफैंले प्रस्ताव गरेपछि उनका लागि ५० लाख दिने निर्णय भएको पनि ती मन्त्रीले जानकारी दिए।

मन्त्री प्रधानले नै क्याबिनेट बैठकमा आफुलाई उपचार खर्च वापत ५० लाख रुपैयाँ दिनुपर्ने प्रस्ताव गरेका थिए । मन्त्री प्रधानले त्यस्तो प्रस्ताव राख्दा अन्य मन्त्रीहरु एकापसमा मुख हेराहेर गरेका थिए । कुनै पनि किसिमको प्राणघातक रोग लागेको प्रमाणित नभएका मन्त्री प्रधानले त्यो प्रस्ताव राख्दा अन्य मन्त्रीहरुबीच मुखामुख भएको थियो।

काठमाडौंका रैथाने करोडपति मन्त्री प्रधानको प्रस्तावलाई मन्त्रिपरिषद्ले अनुमोदन गरी उपचार खर्च वापत यति ठूलो रकम एकैचोटी उपलब्ध गराउने निर्णय शुक्रबारै गरिसकेको छ ।

काठमाडौं-६ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद् समेत रहेका प्रधानको करोडौँ सम्पत्ति रहेको कुरा उनले पेश गरेको सम्पत्ति विवरणले नै प्रष्ट देखाएको छ ।

कति छ प्रधानको सम्पत्ति ?

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको सम्पत्ति विवरण उनीसँग करोड भन्दा माथिको सम्पत्ति छ । उनीसँग काठमाडौं महानगरपालिका-२७ मा ५ आना ३ पैसा २ दाम जग्गा छ । त्यसैगरी नागर्जुन नगरपालिका-६ इचङ्गुमा ४२५.०६ वर्गमिटर क्षेत्रफलमा फैलिएको जमिन पनि उनीसँगै छ ।

उनको घर अहिले काठमाडौँ महानगपालिका-२७ स्थित ज्याठामा रहेको छ । प्रधानले आफ्नो जग्गाजमिन तथा अन्य जायजेथाको सबै विवरण समेत पेस गरेका छैनन् । उनको सम्पति विवरणमा सात थान हिराजडित गहना पनि रहेको उल्लेख गरिएको छ ।

त्यसैगरी २० तोला सुन र ७ किलोग्राम चाँदीका गहना आफूसँग रहेको उनले जनाएका छन् । त्यसैगरी नेपाल बैँक लिमिटेड कान्तिपथमा ७५ हजार र एभरेष्ट बैंक सिंहदरबारमा ४ लाख ५१ हजार ३५ रुपयाँ रहेको उल्लेख छ । उनको अन्य धेरै स्थानमा भएको लगानी र सेयरको विवरणसमेत सम्पति विवरणमा पेस गरिएको छैन । उनीसँगै अन्य मन्त्रीले पनि आफ्नो धेरै सम्पति लुकाएको आरोप लागिरहेको छ ।

काठमाडौंमा कांग्रे‍सका चर्चित नेताका रुपमा रहेका प्रधानले सम्पत्ति विवरणमा आफ्नो जायजेथा स्पष्ट खुलाएका छैनन् । स्वच्छ छविका नेता मानिने प्रधानले ५० लाख सहयोग लिएपछि पार्टी भित्रैबाट पनि कडा आलोचना खेप्नु परेको छ ।

उनको स्वच्छ छबिकै कारण वाम गठबन्धनको लहर भएको अवस्था पनि गत निर्वाचनमा काठमाडौंबाट चुनाव लडेर उनी विजयी पनि भए ।

प्रदेश सभामा दुवै सिट एमालेले जित्दा प्रतिनिधि सभामा भने उनले बाजी मारे । क्षेत्र नम्बर ६ को प्रदेश सभामा नेकपा एमालेका केशव स्थापित र योगेन्द्रराज संगौला भारी मतान्तरले बिजयी भए । तर उनले माओवादी केन्द्रका झक्कु सुवेदीलाई सजिलै पराजित गरेका थिए ।

सामाजिक सञ्जाल फेसबुस र टुइटरमा करोपति मन्त्रीले ५० लाख लिए भन्दै अहिले उनको कडा आलोचना भइरहेको छ । मन्त्री छोड्ने बेलामा प्रधानले आलोचित हुने गरी राज्य कोषबाट त्यति धेरै रकम किन लिए ? उनको प्रसंशकहरु समेत चकित भएका छन् ।

हेर्नुस् मन्त्री प्रधानको सम्पत्ति विवरण:

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Tiljapun Magar

    लोभी र पापी धेरै भे यस्तै हो

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?