काठमाडौंको आजको तापक्रम यो वर्षकै कम
सारांश
- काठमाडौं, २९ मंसिर ।
- जल तथा मौसम पुर्वानुमान महाशाखाले आज देशभरको मौसम सफा हुने जनाएको छ ।
- मौसम खुला भएपनि न्यूनतम तापक्रम भने घटेर चिसो बढ्नेछ ।
काठमाडौं, २९ मंसिर । जल तथा मौसम पुर्वानुमान महाशाखाले आज देशभरको मौसम सफा हुने जनाएको छ । मौसम खुला भएपनि न्यूनतम तापक्रम भने घटेर चिसो बढ्नेछ ।
दिउँसो देशभरीकै मौसम सफा भएपनि राति भने पूर्वको मौसम आशिंक बदली हुने संभावना रहेको छ । बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले भोली र पर्सि पूर्व र मध्य क्षेत्रको मौसम बदली हुनेछ ।
महाशाखाका अनुसार काठमाडौंको आजको अधिकतम तापक्रम २० डिग्री सेल्सियस रहेको छ भने न्युनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको छ । सुर्याेदय विहान ६ बजेर ४६ मिनेटमा भएको थियो भने सुर्यास्त साँझ ५ बजेर १० मिनेटमा हुनेछ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया