काठमाडौंको खानेपानीको समस्या हल गर्न सरकार निकै गम्भीर छ : खानेपानी मन्त्री

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १, २०७५
|
|
४२ पटक हेरिएको
Shares
काठमाडौंको खानेपानीको समस्या हल गर्न सरकार निकै गम्भीर छ : खानेपानी मन्त्री

सारांश

  • काठमाडौं, १ फागुन ।
  • खानेपानी मन्त्री बिना मगरले काठमाडौं उपत्यकाबासीले झेल्नुपरेको खानेपानीको समस्यालाई निकै गम्भीरतापूर्वक सरकारले हल गर्न खोजिरहेको बताउनुभएको छ ।
  • काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को एघारौं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले काठमाडौंबासीले झेल्नुपरेको खानेपानीको समस्या समाधानमा सरकार निकै गम्भीर रहेको बताउनुभएको हो ।

काठमाडौं, १ फागुन । खानेपानी मन्त्री बिना मगरले काठमाडौं उपत्यकाबासीले झेल्नुपरेको खानेपानीको समस्यालाई निकै गम्भीरतापूर्वक सरकारले हल गर्न खोजिरहेको बताउनुभएको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को एघारौं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले काठमाडौंबासीले झेल्नुपरेको खानेपानीको समस्या समाधानमा सरकार निकै गम्भीर रहेको बताउनुभएको हो । उहाँले मेलम्ची आयोजनामा देखिएको समस्या समाधान गर्न सरकार निकै गम्भीर ढंगले अघि बढिरहेको बताउनुभयो । 
बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “मेलम्चीले नयाँ चुनौतिसँग संघर्ष गरिरहेको छ । मेलम्चीको विषयमा केही अन्यौल देखिएपनि यो सधैं रहँदैन । खानेपानीको सही व्यवस्थापन गर्न केयुकेएल प्रतिबद्ध भएर लाग्नुपर्छ । केयुकेएलको कार्य क्षमताका विषयमा आम जनताले चासोका साथ हेरिरहेका छन् ।” 
केयुकेएलको भूमिका र उद्देश्य निकै महत्वपूर्ण रहेको बताउँदै मन्त्री मगरले यस संस्थाको गरिमा बचाई राख्न आग्रह गर्नुभयो । उहाँले मन्त्रालयले केयुकेएललाई सक्षम र मजबुत बनाउन कुनै कसर बाँकी नराख्ने बताउनुभयो । 
कार्यक्रममा कीर्तिपुर नगरपालिकाका नगर प्रमुख रमेश महर्जनले केयुकेएलबाट जनताले धेरै आशा राखेको भन्दै केयुकेएललाई काकाकुल कम्पनी नबनाउन आग्रह गर्नुभयो । 
मन्त्रालयका सहसचिव तेजराज भट्टले केयुकेएलको भूमिका बढ्दै गएको बताउँदै यसलाई अझै सुधार गरेर लैजानुपर्ने बताउनुभयो । 
कार्यक्रममा मन्त्री मगरले केयुकेएलमा कार्यरत उत्कृष्ट कर्मचारीहरु र अवकाश पाएका कर्मचारीहरुलाई सम्मान गर्नुभएको थियो ।  

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादी नेताको प्रस्ताव : प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने
माओवादी नेताको प्रस्ताव : प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने
विमानको टायरमा लुकेर यात्रा गर्नेको खसेर मृत्यु
विमानको टायरमा लुकेर यात्रा गर्नेको खसेर मृत्यु
७६ अर्बको कारोबार लुकाएको देखियो,उपेन्द्र महतो कर छली प्रकरणमा तानिंदै
७६ अर्बको कारोबार लुकाएको देखियो,उपेन्द्र महतो कर छली प्रकरणमा तानिंदै
मध्यरातमा मतपत्र च्यातिएपछि मतगणना अनिश्चित कालसम्म स्थगित !भरतपुरमा  तनाव !
मध्यरातमा मतपत्र च्यातिएपछि मतगणना अनिश्चित कालसम्म स्थगित !भरतपुरमा तनाव !
धनगढी विमानस्थल अझै एक साता बन्द रहने
धनगढी विमानस्थल अझै एक साता बन्द रहने
काठमाडौँ- ३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी
काठमाडौँ- ३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी
दुवईमा बलात्कार पछि मृत्यु भएकी अष्टमीका परिवारलाई सहयोग
दुवईमा बलात्कार पछि मृत्यु भएकी अष्टमीका परिवारलाई सहयोग
देवकोटासँग जोडिएको एक बिरामी:  पहिले हाँस अनि बल्ल हेर्छु रिपोर्ट भन्नुहुन्थ्याे !
देवकोटासँग जोडिएको एक बिरामी: पहिले हाँस अनि बल्ल हेर्छु रिपोर्ट भन्नुहुन्थ्याे !
लिङ्देनलाई सघाउने निर्णयले झापाका बाम कार्यकर्ता असन्तुष्ट
लिङ्देनलाई सघाउने निर्णयले झापाका बाम कार्यकर्ता असन्तुष्ट
एनआरएनए निर्वाचन: मनोनयन दर्ता आज, अध्यक्षकाे उम्मेदवारी शुल्क १० लाख
एनआरएनए निर्वाचन: मनोनयन दर्ता आज, अध्यक्षकाे उम्मेदवारी शुल्क १० लाख