माओवादी नेताको प्रस्ताव : प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ९, २०७४
|
|
४७ पटक हेरिएको
Shares
माओवादी नेताको प्रस्ताव : प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने

सारांश

  • रौतहट, ९ पुस ।
  • वाम गठबन्धनमा एमाले अध्यक्ष केपी ओली आगामी प्रधानमन्त्रीका रुपमा हेरिएका बेला नेकपा माओवादी केन्द्रका एक नेताले भने नयाँ सरकारको नेतृत्व पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।
  • रौतहटमा पत्रकारहरुसँग कुरा गर्दै विनाविभागीय मन्त्री समेत रहेका माओवादी नेता प्रभु साहले राजनीतिक स्थिरताका लागि प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन गर्नुपर्ने बताएका हुन् ।

रौतहट, ९ पुस । वाम गठबन्धनमा एमाले अध्यक्ष केपी ओली आगामी प्रधानमन्त्रीका रुपमा हेरिएका बेला नेकपा माओवादी केन्द्रका एक नेताले भने नयाँ सरकारको नेतृत्व पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

रौतहटमा पत्रकारहरुसँग कुरा गर्दै विनाविभागीय मन्त्री समेत रहेका माओवादी नेता प्रभु साहले राजनीतिक स्थिरताका लागि प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन गर्नुपर्ने बताएका हुन् ।

वाम गठबन्धनमा एमाले र माओवादी केन्द्रबीच अढाई/अढाई वर्ष आलोपालो सरकार चलाउने सहमति भएको बताउँदै शान्तिप्रक्रिया र संविधान निर्माणका अनेक विषयलाई सम्बोधन गर्न पहिले प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने साहको प्रस्ताव छ ।

‘पहिलो अढाई वर्ष प्रचण्डले सरकारको नेतृत्व गर्दा मधेसी, आदिबासी, जनजाति, मुस्लिम तथा पिछडिएको वर्गको सहानुभूति प्राप्त हुनेछ । र, संविधानमा रहेका असन्तुष्टि सम्बोधन गर्न पनि सबैको साथ लिन सकिन्छ, त्यसकारण निकासका लागि प्रचण्ड पहिलो अढाई वर्ष प्रधानमन्त्री बन्नु उपयुक्त हुन्छ,’ उनले भने ।

(https://conversionwise.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोरङका पत्रकार ४५ मिनेटसम्म धरधरी रोए
मोरङका पत्रकार ४५ मिनेटसम्म धरधरी रोए
देश भित्रै सिमा विवाद, राेकियाे निर्माणकाे काम !
देश भित्रै सिमा विवाद, राेकियाे निर्माणकाे काम !
Mostbet Uzbekistan Официальный сайт спортивных ставок и онлайн-казино UZ 202
चुक्ता पुँजी कायम गर्न नसक्ने बैंक तथा वित्तीय संस्थालाई चेतावनी
चुक्ता पुँजी कायम गर्न नसक्ने बैंक तथा वित्तीय संस्थालाई चेतावनी
मनाेरञ्जन समाचार: नाना पाटेकरलाई बलिउडले दुःखमा पनि साथ दिएन, आमाको निधनमा भए एक्लै
मनाेरञ्जन समाचार: नाना पाटेकरलाई बलिउडले दुःखमा पनि साथ दिएन, आमाको निधनमा भए एक्लै
फेसबुकको मायापिरेमले लियो यसरी श्रीमानकै ज्यान
फेसबुकको मायापिरेमले लियो यसरी श्रीमानकै ज्यान
पार्टी बैठक दुई दिन रोकेर ओली-दाहाल छलफलमा, सहमतिको प्रयास जारी
पार्टी बैठक दुई दिन रोकेर ओली-दाहाल छलफलमा, सहमतिको प्रयास जारी
भाषाको पोल्टामा नासाको रोड सेफ्टी मिडिया अवार्ड
भाषाको पोल्टामा नासाको रोड सेफ्टी मिडिया अवार्ड
प्रहरीको विशेष गस्ती अभियान तीव्र: काठमाडौँसहित विभिन्न जिल्लाबाट लागुऔषध गिरोहका १९ जना पक्राउ
प्रहरीको विशेष गस्ती अभियान तीव्र: काठमाडौँसहित विभिन्न जिल्लाबाट लागुऔषध गिरोहका १९ जना पक्राउ
मन्त्री अधिकारीका बुवाआमा हेलिकप्टरमा काठमाडौं आउँदै
मन्त्री अधिकारीका बुवाआमा हेलिकप्टरमा काठमाडौं आउँदै