काठमाडौंमा कोसँग कसको प्रतिस्पर्धा ?
सारांश
- काठमाडौँ: नेपालको संविधान कार्यान्वयनको महत्वपूर्ण चरणका रुपमा मानिएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा देशभरि नै उल्लासमय वातावरणमा मनोनयन दर्ता भएको छ।
- प्रमुख राजनीतिक दलदेखि साना राजनीतिक दलका नेताले आआफ्नो क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका छन्।
- आगामी मंसिर १० र २१ गते हुन लागेको निर्वाचनलाई भव्य र सभ्य बनाउन लगाउने लक्ष्यका साथ आफूहरु प्रतिस्पर्धामा होमिएको उनीहरुको टिप्पणी छ।
काठमाडौँ: नेपालको संविधान कार्यान्वयनको महत्वपूर्ण चरणका रुपमा मानिएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा देशभरि नै उल्लासमय वातावरणमा मनोनयन दर्ता भएको छ। प्रमुख राजनीतिक दलदेखि साना राजनीतिक दलका नेताले आआफ्नो क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका छन्। आगामी मंसिर १० र २१ गते हुन लागेको निर्वाचनलाई भव्य र सभ्य बनाउन लगाउने लक्ष्यका साथ आफूहरु प्रतिस्पर्धामा होमिएको उनीहरुको टिप्पणी छ।
नेपाली काँग्रेसका सभापतिसमेत रहेका शेरबहादुर देउवाले वारेशनामा गणेश पन्तमार्फत डडेल्धुरामा आफ्नो मनोनयन दर्ता गराएका छन्। उनको प्रतिस्पर्धीका रुपमा वाम गठबन्धनका तर्फबाट खगराज भट्टले उम्मेदवारी दर्ता गराएको छ।
काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गराएका छन्। टिकट वितरणमा असन्तुष्टि जनाउँदै काँग्रेसकै अर्का नेता गोविन्दराज जोशीले समेत सोही क्षेत्रबाट प्रतिस्पर्धी हुन्। वाम गठबन्धनका तर्फबाट किसान श्रेष्ठ उम्मेदवार हुन्।
काँग्रेसका महामन्त्री शशांक कोइराला नवलपरासी-१ बाट उम्मेदवार बनेका छन्। काँग्रेसका अर्का नेता विमलेन्द्र निधि धनुषा क्षेत्र नं ३ बाट उम्मेदवार भएका हुन्। उनको प्रतिस्पर्धीका रुपमा वाम गठबन्धनले रामसिंह यादवलाई प्रतिस्पर्धामा उतारेको छ भने राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोसमेत सोही क्षेत्रबाट उम्मेदवार हुन्।
यसैगरी काँग्रेस नेता कृष्ण सिटौला झापा-३, विजयकुमार गच्छदार सुनसरी-३, मीनेन्द्र रिजाल मोरङ-२ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।
त्यस्तै काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले काठमाडौँ-१ बाट उम्मेदवारी दिएका छन्। उनका प्रतिस्पर्धीमा वाम गठबन्धनबाट विद्यार्थी नेता अनिल शर्मा र विवेकशील साझा पार्टीका रवीन्द्र मिश्र चुनावी मैदानमा उत्रिएका छन्। काठमाडौँ क्षेत्र नं ४ मा काँग्रेसका युवा नेता गगन थापा र वाम गठबन्धनका तर्फबाट राजन भट्टराई प्रतिस्पर्धी
नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नं ५ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँको प्रतिस्पर्धीका रुपमा काँग्रेसले खगेन्द्र अधिकारीलाई उम्मेदवार बनाएको छ । अधिकारी त्रिचन्द्र क्याम्पसको प्राध्यापकबाट राजीनामा दिएर उम्मेदवार बनेका हुन्।
यस्तै इलाम क्षेत्र नं १ बाट एमालेका वरिष्ठ नेता झलनाथ खनाल र सोही जिल्लाको क्षेत्र नं २ बाट सुवास नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन्। नेता खनालको प्रतिस्पर्धीका रुपमा काँग्रेसले भूपेन्द्र कट्टेललाई उम्मेदवार बनाएको छ भने पूर्वसभामुखसमेत रहेका नेम्वाङको प्रतिस्पर्धीका रुपमा काँग्रेसले केशव थापालाई उम्मेदवार बनाएको छ।
प्रतिक्रिया