निदाएकै अवस्थामा मृत भेटिए संगीतकार मुनाल

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १, २०७४
|
|
१६ पटक हेरिएको
Shares
निदाएकै अवस्थामा मृत भेटिए संगीतकार मुनाल

सारांश

  • संगीतकार विजयसिंह मुनालको निधन भएको छ ।
  • पारिवारिक घुमघामका क्रममा धनगढी पुगेका संगीतकार मुनाल निदाएकै अवस्थामा मृत भेटिएका हुन् ।
  • पारिवारिक घुमघामका क्रममा टीकापुरमा रहेका उनी हिजो दिउँसो दिनभर घुमे पछि परिवारका सदस्यसँग सामान्य कुरा गरी सुतेका थिए ।

संगीतकार विजयसिंह मुनालको निधन भएको छ । पारिवारिक घुमघामका क्रममा धनगढी पुगेका संगीतकार मुनाल निदाएकै अवस्थामा मृत भेटिएका हुन् । पारिवारिक घुमघामका क्रममा टीकापुरमा रहेका उनी हिजो दिउँसो दिनभर घुमे पछि परिवारका सदस्यसँग सामान्य कुरा गरी सुतेका थिए । तर विहान अचानाक उनलाई मृत अवस्थामा भेटिएको पारिवारिक श्रोतले जनाएको छ । उनको मृत शरिरलाई एम्बुलेन्समार्फत काठमाडौँ ल्याइदैछ । भोली पशुपति, आर्यघाटमा उनको शवलाई विहान ८ बजे अन्तिम श्रद्धान्जलीका लागि राखिने बताइएको छ ।

वाद्यवादक पनि रहेका मुनाल गायक उदितनाराण झा र मधु क्षेत्रीका निकै निकट रहेर काम गरेका संगीतकार हुन् । ५ दर्जनभन्दा बढि गीतमा संगीत दिएका मुनाल पछिल्लो समय काठमाडौँ, बानेश्वरस्थित आफ्नै निवासमा संगीत प्रशिक्षण दिदै आइरहेका थिए । उनले संगीत गरेका ‘तमासा भएछु म त मायाको बजारमा’, ‘तिम्रो अधरले’ लगायतका गीत चर्चित छन् ।

प्रतिक्रिया

8 कमेन्ट

    Comment Author

    Man Bahadur Lama

    Rip

    Comment Author

    Dhanendra Bimal

    Rip

    Comment Author

    Shyam Sapkota

    RIP Bijaya Dai.

    Comment Author

    Rupesh Joshi

    RIp Bijaya Dai always remember good discussion about music in sauna

    Comment Author

    Rajeshwor Sherestha

    Rip

    Comment Author

    Birendra Bam

    Very sad news,hardik shradhanjali daju vijay munal

    Comment Author

    Kamal Pandey

    Very sad news

    Comment Author

    Kamal Pandey

    RIP

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 8
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?