‘काठमाडौंमा गुण्डाका टिपरले समस्या गर्यो, बन्द गराउँछु’-सर्वेन्द्र खनाल
सारांश
- महानगरीय ट्राफिक प्रहरी प्रमुख डीआईजी सर्वेन्द्र खनाल यतिबेला काठमाडौंको सवारी जाम व्यवस्थापन गर्ने उपायको खोजीमा छन् ।
- लामो समयको जामले आजित बनिसकेका राजधानीबासीलाई केही हदसम्म भएपनि राहत दिन खनाल हरेक कोणको अध्ययनन गरिरहेका छन् ।
- प्रहरी प्रवक्ताबाट महानगरीय ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी पाएका खनाल जसरी पनि राजधानीको सवारी जाम हटाउने तर्फ लागेका छन् ।
महानगरीय ट्राफिक प्रहरी प्रमुख डीआईजी सर्वेन्द्र खनाल यतिबेला काठमाडौंको सवारी जाम व्यवस्थापन गर्ने उपायको खोजीमा छन् ।
लामो समयको जामले आजित बनिसकेका राजधानीबासीलाई केही हदसम्म भएपनि राहत दिन खनाल हरेक कोणको अध्ययनन गरिरहेका छन् । प्रहरी प्रवक्ताबाट महानगरीय ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी पाएका खनाल जसरी पनि राजधानीको सवारी जाम हटाउने तर्फ लागेका छन् ।
प्रवक्ताबाट ट्राफिक प्रमुखको जिम्मेवारी पाएलगत्तै ट्राफिक प्रहरी अधिकारीलाई कडा निर्देशन दिएका थिए । निर्देशनका क्रममा खनालले जसरी पनि जाम व्यवस्थापन गर्नु भनेका थिए । तर उनले भनेअनुसार हुन सकिरहेको छैन् ।
महानगरसँग ट्राफिक प्रहरीको छलफलः
खनालले सडकमा आतंक मच्चाउने टिपरमाथि कारबाही थाल्ने चेतावनी दिएका छन् । टिपर ब्यवसायमा गुण्डाको लगानी मौलाएको भन्दै त्यस्ता टिपर बन्द गर्ने चेतावनी दिएका हुन् । तीव्र गतिमा दौडिने, नियम नमान्ने र अरु सवारी तथा यात्रुलाई पेल्ने र ओभरलोड बोकेर सडक विगार्ने गरेको भन्दै टिपरहरु बढी आलोचित छन् ।
ट्राफिक प्रहरीमा पनि टिपरले सकडमा आतंक सिर्जना गरेको भन्दै धेरै गुनासो आउने गरेका छन् । खनालले डाँडा पाखा ओगट्ने र क्रसर चलाएर सडकमा पनि टिपर आतंक फैलाउने प्रवत्ति हटाउन जरुरी रहेको बताए । “टिपरले सडकमा मललाग्दी गर्ने कारणमध्ये गुण्डाको लगानी पनि हो । मसँग त्यस्ताको नाममा रहेको ट्रिपरको लगत छ” डीआईजी खनालले भने ‘त्यसको सातो मात्रै लिने होइन, तिनमा नामका टिपर बन्द गराउँछु ।’
खनालले अनुभूति हुने गरी काठमाडौंको ट्राफिक ब्यवस्थापन सुधार हुने दाबी गरे । आफूले काम सुरु गरिसकेको भन्दै उनले सबै पक्षको सहयोग भए केही समयमै रिजल्ट देखिने बताए । ‘अब ट्राफिक प्रहरी कारवाहीमा मात्रै केन्द्रित हुँदैन । सडक संरचना नभएका स्थानमा बसेर चिट पनि काट्दैन’ खनालले भने, ‘कारवाही अघि मानवीय दृष्टिकोण पनि ट्राफिकले राख्छ ।’
कानुनको कार्यान्वननका लागि प्रहरी संगठन बनेको भन्दै कानुन मिच्नेलाई कारवाही गर्न पछि नहट्ने पनि स्पष्ट गरे । उनले भने, म हाँसेरै काम गर्छु तर, सँधै हाँस्न मात्र मात्रै मैले जानेको छैन ।’
खनालले ट्राफिक ब्यवस्थापनका लागि महानगर, सडक विभाग लगायतका सरोकारवाला निकायको एक्सन टिम बनाउनुपर्ने उनले बताए । ‘काठमाडौं महानगरले एउटा मोबाइल भ्यानको ब्यवस्था गरोस् । एउटा शक्तिसम्पन्न टिम बनाएर हामी सडकमा निस्कौं’ उनले भने, ‘जहाँ समस्या भेटिन्छ, त्यसलाई तत्काल समाधान गरौं । ५ मिनेट डोजर लगाउँदा समाधान हुने कामका लागि प्रक्रिया हेरेर नबसौं ।’
प्रतिक्रिया