चिकित्सकको लापरवाहीका कारण सुत्केरीको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ६, २०७५
|
|
३७ पटक हेरिएको
Shares
चिकित्सकको लापरवाहीका कारण सुत्केरीको मृत्यु

सारांश

  • सिरहा, ६ पुस ।
  • सिरहाको लहानस्थित ओम गुरुकुल हेल्थ केयर प्रालि अगाडि आज बिहानैदेखि प्रदर्शन भइरहेको छ ।
  • चिकित्सको लापरवाहीका कारण मिर्चैयाकी २१ वर्षीया सञ्जु पासवानको मृत्यु भएको भन्दै मृतकका आफन्तले प्रालि अगाडि प्रदर्शन गरेका हुन् ।

सिरहा, ६ पुस । सिरहाको लहानस्थित ओम गुरुकुल हेल्थ केयर प्रालि अगाडि आज बिहानैदेखि प्रदर्शन भइरहेको छ । चिकित्सको लापरवाहीका कारण मिर्चैयाकी २१ वर्षीया सञ्जु पासवानको मृत्यु भएको भन्दै मृतकका आफन्तले प्रालि अगाडि प्रदर्शन गरेका हुन् ।

मृतकका परिवारजन तथा स्थानीयवासीले लापरवाही गर्ने चिकित्सकमाथि कारवाहीको मागसहित प्रदर्शन गरिरहेका छन् । व्यथाले च्यापेपछि बुधबार साँझ ओम गुरुकुल हेल्थ केयरमा लगिएको थियो । सल्यक्रिया गरेर बच्चा जन्मेपछि सञ्जुको स्वास्थ्य अवस्था बिग्रिएको थियो ।

प्रालीमा उपचार सम्भव नभएपछि सञ्जुलाई चिकित्सकको सल्लाहमा थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लग्दै गर्दा उनको बाटोमा नै मृत्यु भएको मृतकका आफन्तले बताएका छन् ।

मृतकका आफन्तले होहल्ला सहित प्रदर्शन गर्न थालेपछि हेल्थ केयरको सुरक्षाका लागि अहिले प्रहरी परिचालन गरिएको छ । प्रालीका सञ्चालकका साथै सम्पूर्ण कर्मचारी सम्पर्कविहिन भएको लहान इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डिसहोमका ग्राहकलाई सुविधा
डिसहोमका ग्राहकलाई सुविधा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी सर्वेक्षकलाई घुस लिँदालिँदै आज पक्राउ गरेको छ
सुशान्तको पुराना पिएले खुलाए अनुसार रियाको यस्तो थियो व्यवहार
सुशान्तको पुराना पिएले खुलाए अनुसार रियाको यस्तो थियो व्यवहार
अस्पतालले भन्यो, ‘प्रधानमन्त्रीलाई भेट्न नआउनुस्, संक्रमणबाट जोगाउनु पहिलो प्राथमिकता’
अस्पतालले भन्यो, ‘प्रधानमन्त्रीलाई भेट्न नआउनुस्, संक्रमणबाट जोगाउनु पहिलो प्राथमिकता’
नागरिकको सुरक्षा नै हाम्रो चिन्ता हो, सहयोग लिन अप्ठेरो नमान्नू : प्रधानमन्त्री कार्की
नागरिकको सुरक्षा नै हाम्रो चिन्ता हो, सहयोग लिन अप्ठेरो नमान्नू : प्रधानमन्त्री कार्की
ओलीले ताप्लेजुङ पुगेर भने, ‘योगेशलाई जिताएर पठाउनुहोस्, म मन्त्री बिल्ला भिराएर फर्काउँछु’
ओलीले ताप्लेजुङ पुगेर भने, ‘योगेशलाई जिताएर पठाउनुहोस्, म मन्त्री बिल्ला भिराएर फर्काउँछु’
कोटेश्वर–कलंकी सडक ‘रोड सेफ्टी’का हिसाबले असुरक्षित
कोटेश्वर–कलंकी सडक ‘रोड सेफ्टी’का हिसाबले असुरक्षित
मतदाता शिक्षामा दलकै भर
मतदाता शिक्षामा दलकै भर
कोरोना भाइरसको संक्रमणबाट जोगिने उपायहरु
कोरोना भाइरसको संक्रमणबाट जोगिने उपायहरु
यसरि गर्नुस परीक्षाको तयारि
यसरि गर्नुस परीक्षाको तयारि