सन् २०१९ को पहिलो छ महिनामा ३८ पत्रकार मारिए

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २०, २०७६
|
|
२१ पटक हेरिएको
Shares
सन् २०१९ को पहिलो छ महिनामा ३८ पत्रकार मारिए

सारांश

  • नेदरल्याण्ड।
  • सन् २०१९ को पहिलो छ महिनामा विश्वका विभिन्न २० मुलुकमा गरी ३८ पत्रकार मारिएका जेनेभास्थित ‘प्रेस इम्ब्लेम क्याम्पियन’ (पीइसी) ले बिहीबार जनाएको छ।
  • सन् २०१८ को तुलनामा विभिन्न घटनामा मारिने पत्रकारको सङ्ख्यामा ४२ प्रतिशतको कमी देखिएको पीईसीको तथ्याङ्कमा उल्लेख छ।

नेदरल्याण्ड। सन् २०१९ को पहिलो छ महिनामा विश्वका विभिन्न २० मुलुकमा गरी ३८ पत्रकार मारिएका जेनेभास्थित ‘प्रेस इम्ब्लेम क्याम्पियन’ (पीइसी) ले बिहीबार जनाएको छ।सन् २०१८ को तुलनामा विभिन्न घटनामा मारिने पत्रकारको सङ्ख्यामा ४२ प्रतिशतको कमी देखिएको पीईसीको तथ्याङ्कमा उल्लेख छ। पीईसीले पत्रकारहरूको हत्यामा कमी आउनुलाई सकारात्मक भनेको छ।

उक्त संस्थाले अझै पनि मेक्सिको र अफगानिस्तानमा मारिने पत्रकारको सङ्ख्या कहाली लाग्दो रहेको बताएको छ। सन् २०१९ को जनवरीदेखि जुनसम्ममा विभिन्न खाले घटनामा गरी मेक्सिकोमा नौ र अफगानिस्तानमा छ पत्रकार मारिएका जनाएको छ। अफगानिस्तानमा आतङ्कवादी समूह र मेक्सिकोमा आपराधिक समूहलाई सञ्चारकर्मीद्वारा

गरिने धम्की र चेतावनीका कारण ठूलो धनराशी खर्चिनुपर्ने अवस्था देखिएको पनि पीइसीले उल्लेख गरेको छ ।पीईसी महासचिव ब्लाइस लेम्पेनले भने, “सम्बन्धित देशको सङ्घसंस्थाले सञ्चारमाध्यम तथा त्यहाँ कार्यरत पत्रकार र अन्य सञ्चारकर्मीको सुरक्षाको प्रत्याभूत गर्न असफल हुँदा वा आवश्यक कानूनी प्रक्रियामा लान असफल बन्दा यसलाई हेर्न र दण्डहिनताविरोधी सङ्घर्षका

लागि अन्तर्राष्ट्रिय समुदायले स्वतन्त्र रचनाको स्थापना गर्नुपर्ने देखिएको छ।” उनले भने, “क्षेत्रीयस्तरमा हेर्दा ल्याटिन अमेरिकी मुलुकहरूमा सन् २०१९ को पहिलो छ महिनामा अन्य क्षेत्रको तुलनामा सबैभन्दा धेरै १५ जना पत्रकार मारिएका छन् भने यससम्बन्धी मध्यपूर्वको तथ्याङ्कमा सुधार आएको देखिएको छ।”मध्यपूर्वी मुलुक सिरिया

र इराक पछिल्लो समय द्वन्द्वका घटनामा पनि कमी आएको र पत्रकारहरूमाथिको आक्रमण पनि तुलनात्मक रूपमा कम बनेको देखिएको हो। सरकार, विभिन्न संघसंस्था तथा नागरिक समाजले पत्रकारमाथिको आक्रमणलाई कमी गर्न पत्रकारको सुरक्षामा ध्यान दिनुपर्ने र यसबाट आधाभन्दा बढी पत्रकारको हत्यामा कमी ल्याउन सकिने

गत बर्ष पीईसीले सोही अनुरूप अघि बढ्ने कार्यक्रमको लक्ष्य निर्धारण गरेको थियो। सन् २०१४ मा स्थापना भएको अन्तर्राष्ट्रिय पत्रकारहरूको समूह पीईसी गैर–सरकारी संस्था हो जसले संयुक्त राष्ट्रसंघसँगको विशेष परामर्शमा पत्रकारलाई वैधानिक संरक्षण तथा सुरक्षाका लागि द्वन्द्वरत क्षेत्रमा काम गर्दै आएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा आज हस्ताक्षर हुँदै
नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा आज हस्ताक्षर हुँदै
झापाकाे १५ सिटमै वाम गठबन्धनकाे क्लिनस्विप, कसले कति मत पाए ?
झापाकाे १५ सिटमै वाम गठबन्धनकाे क्लिनस्विप, कसले कति मत पाए ?
यस्ता विश्वविख्यात खेलाडी जसले दुईओटा राष्ट्रबाट विश्वकप खेले
यस्ता विश्वविख्यात खेलाडी जसले दुईओटा राष्ट्रबाट विश्वकप खेले
सिमकोटमा हिमपातले जनजीवन प्रभावित
सिमकोटमा हिमपातले जनजीवन प्रभावित
प्रधानमन्त्रीज्यू समयमै दिमाग र आँखा खोल्नुहोस, नत्र चिकित्सक संघ चुप लागेर बस्दैन् : अध्यक्ष डा. श्रेष्ठ
प्रधानमन्त्रीज्यू समयमै दिमाग र आँखा खोल्नुहोस, नत्र चिकित्सक संघ चुप लागेर बस्दैन् : अध्यक्ष डा. श्रेष्ठ
‘कम्युनिष्ट सरकार नरुचाएकाले राजतन्त्र ल्याउने खेल’
‘कम्युनिष्ट सरकार नरुचाएकाले राजतन्त्र ल्याउने खेल’
तीन दलका शीर्ष नेताबीच छलफल
तीन दलका शीर्ष नेताबीच छलफल
ग्यास उद्योगको गाडी रोक्न खोज्ने १४ जना ग्यास विक्रेता पक्राउ….
ग्यास उद्योगको गाडी रोक्न खोज्ने १४ जना ग्यास विक्रेता पक्राउ….
नेपाल प्रहरी र सशस्त्र प्रहरीका कानुनलाई समयानुकल परिमार्जनका लागि प्रधानमन्त्रीको निर्देशन
नेपाल प्रहरी र सशस्त्र प्रहरीका कानुनलाई समयानुकल परिमार्जनका लागि प्रधानमन्त्रीको निर्देशन
असार ४ गते शुक्रवारको राशिफल यस्तो छ
असार ४ गते शुक्रवारको राशिफल यस्तो छ

तपाईंले छुटाउनुभयो कि?