काठमाडौंमा १० बजेदेखि मतगणना सुरु हुने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
३५ पटक हेरिएको
Shares
काठमाडौंमा १० बजेदेखि मतगणना सुरु हुने

सारांश

  • २२ मंसिर, काठमाडौं ।
  • काठमाडौंको मतगणना बिहान १० बजेदेखि सुरु हुने भएको छ ।
  • शुक्रबार बिहान बसेको सर्वदलीय बैठकमा बिहान १० बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको हो ।

२२ मंसिर, काठमाडौं । काठमाडौंको मतगणना बिहान १० बजेदेखि सुरु हुने भएको छ । शुक्रबार बिहान बसेको सर्वदलीय बैठकमा बिहान १० बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको हो ।

मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेलका अनुसार उम्मेदवारहरुका प्रतिनिधिहरुले साढे ९ बजेभित्र प्रतिनिधि नियुक्त गरिसक्ने र १० बजेबाट मतगणना सुरु हुने जानकारी दिए ।

काठमाडौंका मुख्य निर्वाचन अधिकृत पोखरेलका अनुसार निर्वाचन क्षेत्र नं. १, २, ३ र ४ को मतगणना राष्ट्रिय सभागृहमा हुने छ ।

त्यसैगरी, निर्वाचन क्षेत्र नं. ५ र ७ को सहकारी विकास विभागको तालिम केन्द्र बानेश्वरमा तथा क्षेत्र नं. ९ र १० को अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा बानेश्वरमा मतगणना हुन्छ ।
निर्वाचन क्षेत्र नं. ६ को जिल्ला समन्वय समिति बबरमहलमा र निर्वाचन क्षेत्र नं. ८ को वनपरिसर बबरमहलमा मतगणना हुनेछ ।

काठमाडौं क्षेत्रनम्बर १ मा कांग्रेसका प्रकाशमान सिंह, वाम गठबन्धनबाट माओवादीका अनिल शर्मा र नयाँ शक्तिका रविन्द्र मिश्रबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

असोज १४ गते मंगलबारको राशिफल यस्तो छ
जहाँ, महिलाले पुरुषमाथि गर्छन् बलात्कार, महिलाको यौन प्रस्ताव अस्वीकार गरे कारबाही
जहाँ, महिलाले पुरुषमाथि गर्छन् बलात्कार, महिलाको यौन प्रस्ताव अस्वीकार गरे कारबाही
भक्तपुरमा बोलेरो जिपले ठक्कर दिँदा महिलाको घटनास्थलमै मृत्यु
भक्तपुरमा बोलेरो जिपले ठक्कर दिँदा महिलाको घटनास्थलमै मृत्यु
बसको ठक्करबाट एक महिलाको मृत्यु
बसको ठक्करबाट एक महिलाको मृत्यु
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ को अध्यक्षमा कांग्रेस उम्मेदवार विजयी
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ को अध्यक्षमा कांग्रेस उम्मेदवार विजयी
क्षेत्रपाटीबाट अहिलेसम्मकै ठूलो परिणामको अवैध सुन बरामद
क्षेत्रपाटीबाट अहिलेसम्मकै ठूलो परिणामको अवैध सुन बरामद
संविधान दिवसः महानगर झिलिमिली बन्ने
संविधान दिवसः महानगर झिलिमिली बन्ने
राष्ट्रिय परिचयपत्र संकलन फागुनदेखि
राष्ट्रिय परिचयपत्र संकलन फागुनदेखि
मधेस प्रदेश सरकारमा जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् पुनर्गठन
मधेस प्रदेश सरकारमा जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् पुनर्गठन
भरतपुर अप्डेट : भर्खरै प्राप्त समाचार अनुसार च्यातिएको मतपत्रको संख्या एकिन गर्न खोलियो ढोका  !
भरतपुर अप्डेट : भर्खरै प्राप्त समाचार अनुसार च्यातिएको मतपत्रको संख्या एकिन गर्न खोलियो ढोका !

तपाईंले छुटाउनुभयो कि?