दश महिना मै ९१ करोड आम्दानी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १०, २०७५
|
|
४५ पटक हेरिएको
Shares
दश महिना मै ९१ करोड आम्दानी

सारांश

  • भक्तपुर, १० जेठ ।
  • भक्तपुर नगरपालिकाले पछिल्लो दश महिनामा ९१ करोडको आम्दानी गरेको छ ।
  • चालु आर्थिक वर्ष २०७४÷७५ को १० महिनाको अवधिमा भक्तपुर नगरपालिकाले रु ९१ करोड १५ लाख १९ हजार आम्दानी गरेको हो ।

भक्तपुर, १० जेठ । भक्तपुर नगरपालिकाले पछिल्लो दश महिनामा ९१ करोडको आम्दानी गरेको छ ।
चालु आर्थिक वर्ष २०७४÷७५ को १० महिनाको अवधिमा भक्तपुर नगरपालिकाले रु ९१ करोड १५ लाख १९ हजार आम्दानी गरेको हो ।

गत २०७४ साल असार अन्तिममा प्रथम नगरसभाले चालू आवका लागि कूल रु एक अर्ब ५ करोड ५५ लाख बजेट पारित गरेको थियो । यस अवधिमा नगरपालिकाले रु ७८ करोड १२ लाख दुई हजार खर्च गरेको नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

गत आवमा आन्तरिक आयतर्फ रु २१ करोड ५० लाख ५४ हजार संकलन गरेको नगरपालिकाले चालू आवमा २६ प्रतिशतले वृद्धि गरी रु २७ करोड नौ लाख १५ हजार आम्दानी गरेको छ ।

नगरपालिकाले सञ्चालन गरेको ख्वप कलेज, ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ, ख्वप बहुप्राविधिक अध्ययन संस्थान, शारदा कलेज र जनस्वास्थ्य सेवा केन्द्रका लागि रु ४१ करोड खर्च गर्ने भएको छ ।

ख्वप बहुप्राविधिक अध्ययन संस्थानका लागि चालू आवमा रु छ करोड ४८ लाख ७८ हजार खर्च गर्ने लक्ष्य लिएकामा गत चैत मसान्तसम्म रु तीन करोड ९३ लाख खर्च गरेको नगर प्रमुख प्रजापतिले बताए । नगरपालिकाले चालू आवभित्र सरसफाइका लागि रु छ करोड ५० लाख खर्च गर्ने लक्ष्य राखेको छ ।

विकास निर्माणतर्फ रु ३१ करोडको बजेट विनियोजन गरेकामा प्रत्येक वडा कार्यालयलाई रु ५० लाखका दरले बजेट वितरण गरेको नगर प्रमुख प्रजापतिले बताए । विकासका साना काम वडा कार्यालय आफैँलाई गर्न बजेटसहितको अधिकार दिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?