कोपा अमेरिकाको विषयलाई लिएर मेस्सीलाई प्रतिबन्ध !
सारांश
- एजेन्सी ।
- अर्जे्न्टिनाका कप्तान लियोनल मेस्सीलाई एक खेलको प्रतिबन्ध लागेको छ ।
- ब्राजिलमा सम्पन्न कोपा अमेरिका अन्तर्गत चिलीविरुद्ध रातो कार्ड पाएका मेस्सीलाई साउथ अमेरिकन फुटबल कन्फेडेरेसनले मेस्सीलाई एक खेलको प्रतिबन्ध लगाएको हो ।
एजेन्सी । अर्जे्न्टिनाका कप्तान लियोनल मेस्सीलाई एक खेलको प्रतिबन्ध लागेको छ । ब्राजिलमा सम्पन्न कोपा अमेरिका अन्तर्गत चिलीविरुद्ध रातो कार्ड पाएका मेस्सीलाई साउथ अमेरिकन फुटबल कन्फेडेरेसनले मेस्सीलाई एक खेलको प्रतिबन्ध लगाएको हो ।कोपा अन्तर्गत तेस्रो स्थानको लागि चिलीसँगको खेलमा मेस्सीले रातो कार्ड पाएका थिए ।
चिलीका गेरी मेडलसँग झगडा गरेपछि मेस्सीले रातो कार्ड पाएका थिए । एक खेलको प्रतिबन्धसँगै मेस्सीले सन् २०२२ को विश्वकप छनोट अन्तर्गतको पहिलो खेल गुमाउने सम्भावना छ । यस्तै कन्फेडेरेसनले मेस्सीलाई १५ सय डलर जरिवाना समेत गरेको छ ।
कोपा अमेरिकामा ब्राजिललाई उपाधि दिलाउन भ्रष्ट्राचार भएको आरोप लगाएको कारण मेस्सीलाई १५ सय डलर जरिवाना गरिएको हो । मेस्सीले चिलीविरुद्धको खेलपछि भ्रष्ट्राचार भएको आरोप लगाएका थिए । मेस्सीले तेस्रो स्थानको मेडल लिन समेत अस्विकार गरेका थिए ।
प्रतिक्रिया