एउटै अस्पतालको भरमा १५० होटल

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २८, २०७५
|
|
४५ पटक हेरिएको
Shares
एउटै अस्पतालको भरमा १५० होटल

सारांश

  • चितवन, २८ माघ ,एउटा अस्पतालमा उपचार गराउन आउने बिरामी र आफन्तका भरमा १५० होटल तथा रेष्टुराँ सञ्चालनमा आएका छन् ।
  • यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकै भरमा ती होटल रेष्टुराँ सञ्चालनमा आएका हुन् ।
  • अस्पतालको मुख्य प्रवेशद्वार अगाडि लहरै सानादेखि ठूलासम्म होटल तथा रेष्टुराँ सञ्चालनमा छन् ।

चितवन, २८ माघ ,एउटा अस्पतालमा उपचार गराउन आउने बिरामी र आफन्तका भरमा १५० होटल तथा रेष्टुराँ सञ्चालनमा आएका छन् । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकै भरमा ती होटल रेष्टुराँ सञ्चालनमा आएका हुन् ।

अस्पतालको मुख्य प्रवेशद्वार अगाडि लहरै सानादेखि ठूलासम्म होटल तथा रेष्टुराँ सञ्चालनमा छन् । यससँगै औषधि, किराना, सौन्दर्य सामग्री, फलफूलजस्ता दर्जनौँ पसल पनि अस्पतालकै भरमा चलेका छन् ।

सोही ठाउँमा होटल सञ्चालन गर्दै आउनुभएका होटल तथा रेष्टुराँ व्यवसायी सङ्घ चितवनका अध्यक्ष दीपक ढकाल अस्पताल अगाडि मात्रै १४० होटल र १० वटा रेष्टुराँ रहेको बताउनुहुन्छ । चारदेखि ३२ कोठमासम्मका होटल सो ठाउँमा रहेका छन् ।

दैनिक दुई हजारभन्दा बढी क्षमताका ती होटलमा आफैँले पकाएर खानसमेत सुविधा छ । ढकालका अनुसार दैनिक रु १५० देखि रु एक हजारसम्मको कोठा होटलमा पाइन्छन् । ती होटल पूरै अस्पतालमा निर्भर छन् । ढकालले ती होटललाई वैज्ञानिक ढङ्गबाट वर्गीकरण गरी दरभाउ कायम गर्ने तयारी गरिएको बताउनुभयो ।

अधिकांश होटल पारिवारिक ढङ्गबाट सञ्चालनमा छन् । विसं २०५७ मा अस्पताल स्थापनासँगै ती होटल सञ्चालनमा आएका हुन् । मुख्य बजार क्षेत्रबाट केही टाढा रहेकाले अस्पताल आउने अधिकांश बिरामी र आफन्त तिनै होटलमा बस्ने गरेको क्यान्सर सेवा समाजका निवर्तमान अध्यक्ष श्यामप्रसाद लामिछानेले बताउनुभयो । ठूला र व्यवस्थित होटल त्यहाँ नहुँदा कतिपय मुख्य बजार क्षेत्रका होटलमा पनि बस्ने गरेको उहाँले बताउनुभयो ।

नेपालका सबै क्षेत्र र भारतबाट समेत बिरामी यहाँ उपचार गर्न आउने गर्दछन् । क्यान्सर रोगको उपचार गर्न लामो समय लाग्ने भएकाले बिरामी र आफन्त होटलमा बस्न बाध्य हुनुपर्दछ । अस्पतालभित्र बिरामी कुरुवा घर भए पनि सीमित क्षमता भएका कारण बाहिर बस्नुपर्ने हुन्छ ।

अस्पतालका कार्यकारी निर्देशक विजयचन्द्र आचार्यले ती सबै होटल रेष्टुराँ अस्पतालको भरमा सञ्चालन भइरहेको बताउनुभयो । गुणस्तरीय सेवा दिएर बिरामी र आफन्तलाई सहयोग पु¥याउनुपर्ने उहाँको भनाइ छ । आचार्यले कुरुवा घरमा १०० हाराहारी अट्ने भए पनि दैनिक ६०० नयाँ र पुराना ३०० बिरामी आउने भएकाले होटल रेष्टुराँमा निर्भर हुनुपर्ने गरेको बताउनुभयो । आचार्यले होटल रेष्टुराँसँगै अन्य व्यवसाय, निजी अस्पतालसमेतलाई यही अस्पतालका कारण सञ्चालनमा टेवा पुगेको बताउनुभयो ।

अस्पतालमा आउने सबै बिरामी क्यान्सरका नहुने भएकाले क्यान्सर नदेखिएका जिल्लाका अन्य अस्पतालमा जाने गरेको र क्यान्सर भएकालाई पनि अन्य समस्या देखिँदा यहीँका निजी अस्पताल र मेडिकल कलेजमा बिरामी पुग्ने गरेको उहाँले बताउनुभयो ।

अस्पतालकै कारण समग्र जिल्लाको आर्थिक गतिविधिमा टेवा पुगेको उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सहनलाल प्रधानले बताउनुभयो । चितवनलाई स्वास्थ्य नगरिकका रूपमा विकास गर्नसके यहाँको आर्थिक क्रियाकलापमा ठूलो टेवा पुग्ने उहाँको भनाइ छ । क्यान्सरका बिरामीको उपचार महँगो र लामो समय लाग्ने हुँदा पनि बिरामीले यहाँ ठूलो धनराशि खर्च गर्ने गर्दछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनतासँग गरिएका वाचा पूरा हुन्छ : मन्त्री अधिकारी
जनतासँग गरिएका वाचा पूरा हुन्छ : मन्त्री अधिकारी
वडाध्यक्ष धामीको हत्या प्रकरणः अनुसन्धानका लागि सात जना प्रहरी नियन्त्रणमा
वडाध्यक्ष धामीको हत्या प्रकरणः अनुसन्धानका लागि सात जना प्रहरी नियन्त्रणमा
गीतकार भावेश भुमरीलाई साह्रै सताएपछि के गरे ? (भिडियोसहित)
गीतकार भावेश भुमरीलाई साह्रै सताएपछि के गरे ? (भिडियोसहित)
कस्तो अनौठो परम्परा छोरा परार्इघर पठाउँने, ज्वाइँ भित्र्याउने !
कस्तो अनौठो परम्परा छोरा परार्इघर पठाउँने, ज्वाइँ भित्र्याउने !
नेपालको वित्तीय क्षेत्र संकटपूर्ण अवस्थामा छ : सांसद प्रतिमा गौतम
नेपालको वित्तीय क्षेत्र संकटपूर्ण अवस्थामा छ : सांसद प्रतिमा गौतम
नेपाललाई चीनको १५ अर्ब, केरुङ-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गरिने
नेपाललाई चीनको १५ अर्ब, केरुङ-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गरिने
सुतिरहेको अवस्थामा महिला बलात्कृत
सुतिरहेको अवस्थामा महिला बलात्कृत
अज्ञात समूहद्वारा विद्यालयमा आगजनी
अज्ञात समूहद्वारा विद्यालयमा आगजनी
अन्नपूर्ण आधार शिविरमा चहलपहल बढ्दै
अन्नपूर्ण आधार शिविरमा चहलपहल बढ्दै
अमेरिकामा एक किशोरले गोली चलाउँदा एक विद्यार्थीको मृत्यु, पाँच जना घाइते
अमेरिकामा एक किशोरले गोली चलाउँदा एक विद्यार्थीको मृत्यु, पाँच जना घाइते