काठमाडौं–निजगढ द्रूतमार्ग निर्माणको काम तत्काल रोक्न माग

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १०, २०७५
|
|
२४ पटक हेरिएको
Shares
काठमाडौं–निजगढ द्रूतमार्ग निर्माणको काम तत्काल रोक्न माग

सारांश

  • काठमाडौं।
  • ललितपुरस्थित खोकना र बुङमतीबासीले काठमाडौं–निजगढ द्रूतमार्ग निर्माणको काम तत्काल स्थगित गराउन संसदीय समितिसँग माग गरेका छन्।
  • उचित मुआब्जालगायतका विभिन्न माग राखेर आन्दोलनरत खोकना र बुङमतीबासीले सो दू्रतमार्ग निर्माणको काम तत्काल स्थगित गराउन संसदीय समितिसँग माग गरेका हुन्।

काठमाडौं। ललितपुरस्थित खोकना र बुङमतीबासीले काठमाडौं–निजगढ द्रूतमार्ग निर्माणको काम तत्काल स्थगित गराउन संसदीय समितिसँग माग गरेका छन्। उचित मुआब्जालगायतका विभिन्न माग राखेर आन्दोलनरत खोकना र बुङमतीबासीले सो दू्रतमार्ग निर्माणको काम तत्काल स्थगित गराउन संसदीय समितिसँग माग गरेका हुन्। सोमबार सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ललितपुर महानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष अमृतराज शाक्यले स्थानीय जनताको माग सम्बोधन गरेर मात्रै सो दू्रतमार्ग अगाडि बढाउने व्यवस्था गरिदिन संसदीय समितिसँग माग गरे।

नेवारी संस्कृतिको मूल थलोको रुपमा रहेको सो क्षेत्रका जनतालाई पेलेर उनीहरुको माग समेत सम्बोधन नगरी द्रूतमार्ग निर्माणको काम सुरु गरिएकोमा उनले आपत्ति जनाए।

वडा अध्यक्ष शाक्यले सो दू्रतमार्गको जेरो प्वाईट बुङमतीमा राख्न आफूहरु तयार भएपनि त्यसका लागि गरिएको सहमति कार्यान्वयन गर्न सरकारले नचाहेको आरोप लगाए। खोकना क्षेत्र समेत समेटिएको वडा नम्बर २१ का वडा अध्यक्ष रविन्द्र महर्जनले स्थानीय जनतालाई पेलेर मुआब्जा वितरण गरी सो दू्रतमार्ग निर्माण सुरु गरिएकोमा आपत्ति जनाए। उनले स्थानीय जनताको मागको सम्बोधन नभई सो दू्रतमार्ग निर्माणको काम अघि बढाउन नहुनेतर्फ पनि समिति र सरकारको गम्भिर ध्यानाकर्षण गराए।

खोकना र बुङमतिका स्थानीयले उचित मुआब्जाको व्यवस्था गर्न तथा स्थानीय सांस्कृतिक तथा पूरातात्विक महत्वको सम्पदाको संरक्षण हुने व्यवस्था गरेर मात्रै सो द्रूतमार्ग निर्माणको काम अघि बढाउन माग गर्दै विरोध प्रर्दशन गर्दै आएका छन्। स्थानीय जनताको सो मागको सुनुवाई गर्दै राज्य व्यवस्था तथा सुशासन समितिले सो क्षेत्रको स्थलगत अनुगमन गरेको छ।

समितिकी सभापति शशी श्रेष्ठले स्थानीयको मागका सम्बन्धमा विस्तृत जानकारी लिएपछि सरकारलाई सो द्रूतमार्गको कामलाई कसरी अघि बढाउने भन्ने विषयमा आवश्यक निर्देशन दिने जानकारी दिइन्। नेपाली सेनालाई निर्माणको जिम्मेवारी दिएको सो द्रूतमार्ग खोकना र बुङमतीका स्थानीय जनताको माग सम्बोधन नगरी अघि बढाएकोमा त्यस क्षेत्रका सांसदहरुको पनि आपत्ति छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?