सन्दिपको टिमका कप्तान गौतमले किन दिए राजीनामा ?
सारांश
- एजेन्सी, १२ वैशाख ।
- जारी आईपीएल क्रिकेटमा निराशाजनक प्रदर्शनपछि दिल्ली डेयरडेभिल्सका कप्तान गौतम गम्भीरले राजीनामा दिएका छन् ।
- आईपीएल क्रिकेटको २०१८ को सुरुवाती देखिनै भनेजस्तो प्रर्दशन गर्न नसकेको दिल्ली डेयरडेभिल्सका कप्तान गौतमले राजीनामा दिएपछि आईपीएलका खेल्न बाँकी खेलमा भने युवा ब्याट्सम्यान श्रेयस अय्यरले दिल्लीका लागि कप्तानको भूमिका निर्वाह गर्ने भारतीय मिडियाले उल्लेख गरेका छन् ।
एजेन्सी, १२ वैशाख । जारी आईपीएल क्रिकेटमा निराशाजनक प्रदर्शनपछि दिल्ली डेयरडेभिल्सका कप्तान गौतम गम्भीरले राजीनामा दिएका छन् ।
आईपीएल क्रिकेटको २०१८ को सुरुवाती देखिनै भनेजस्तो प्रर्दशन गर्न नसकेको दिल्ली डेयरडेभिल्सका कप्तान गौतमले राजीनामा दिएपछि आईपीएलका खेल्न बाँकी खेलमा भने युवा ब्याट्सम्यान श्रेयस अय्यरले दिल्लीका लागि कप्तानको भूमिका निर्वाह गर्ने भारतीय मिडियाले उल्लेख गरेका छन् ।
लगातार दुई पल्ट कोलकाता नाइटराइडर्सलाई आईपीएल च्याम्पियन बनाएका गौतम गम्भीरलाई यस पटक दिल्लीले किने पनि दिल्लीका लागी गौतम फाबेनन् । उनले पत्रकार सम्मेलन गर्दै दिल्लीको कप्तानबाट राजीनामा दिँदै भने, ‘यो मेरो निर्णय हो, मैले आफ्नो तर्फबाट टिमलाई महत्वपूर्ण योगदान दिन सकिनँ । टिमको कप्तान भएकाले यो सबैको जिम्मेवारी मैले लिनुपर्छ ।
यो प्रतियोगितामा दिल्लीको जे–जस्तो प्रदर्शन छ त्यसको जिम्मेवार आफू भएको बताउँदै राजीनामा दिएपछि आईपीएलका खेल्न बाँकी खेलमा भने युवा ब्याट्सम्यान श्रेयस अय्यरले संहाल्ने भएका छन् । नेपाली क्रिकेट प्रेमीहरुले समेत विशेष चासोका रुपमा पनि हेरेको टिम हो दिल्ली । जुन टिममा नेपाली युवा खेलाडी सन्दिप पनि सहभागी छन् ।
Bk Karki
धेर राम्रो खेलेर ???
Naina Gurung
Mo sodhera bhanumla la chinta nalinu