काठमाडौं ५ बाट विजयी भएका इश्वर पाख्ररेललाई नजिकबाट चिन्नुहोस्

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २४, २०७४
|
|
७१ पटक हेरिएको
Shares
काठमाडौं ५ बाट विजयी भएका इश्वर पाख्ररेललाई नजिकबाट चिन्नुहोस्

सारांश

  • ओखलढुंगामा जन्मिनुभएका इश्वर पोख्रेलले काठमाडौं क्षेत्र ५ बाट उम्मेदवारी दिनुभएको थियो ।
  • उहाँ नेपाली कांग्रेसका प्रकाशशरण महतलाई पछि पार्दै विजयी हुनुभएको हो ।
  • उहाँले २३०२९ मत पाउनुभएको छ ।

ओखलढुंगामा जन्मिनुभएका इश्वर पोख्रेलले काठमाडौं क्षेत्र ५ बाट उम्मेदवारी दिनुभएको थियो । उहाँ नेपाली कांग्रेसका प्रकाशशरण महतलाई पछि पार्दै विजयी हुनुभएको हो । उहाँले २३०२९ मत पाउनुभएको छ ।
नेकपा एमालेका महासचिव इश्वर पोखरेलको जन्म विक्रम संवत २०१० साल माघ २२ गते माम्खा ओखलढुंगामा भएको हो । उहाँको बुबाको नाम शिवराज पोखरेल र आमाको नाम रामकुमारी पोखरेल हो । उहाँले शिक्षा र साहित्य विषयमा स्नातक गर्नुभएको छ ।

उहाँका दुई छोरा छन् । पोखरेल सानो छँदा गाउँमा गाईबाख्रा चराउने, घाँस काट्ने जस्ता घरायसी काममा व्यस्त हुनुभयो । गाउँमा रहँदा साक्षर भएपनि उहाँ स्कूल जान पाउनुभएन । घरमा आमा बाहेक दाजु दिदीहरु कोही पनि नभएकाले घरको काममा बढी खटिनुपथ्र्यो । पोखरेल २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीमा संलग्न हुनुभयो । उहाँले २०२७ सालमा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नुभयो ।

२०३२ सालमा पूर्णकालीन कार्यकर्ता भई भूमिगत भएर पार्टी काममा संलग्न हुनुभयो । २०३२ सालदेखि पूर्णकालीन रुपमा राजनीतिमा प्रवेश गरेका पोखरेलले पटक–पटक जेल जीवन बिताउनुभएको छ ।

२०३३ सालमा अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोअर्डिनेशन कमिटी मालेको सदस्य हुनुहुन्थ्यो । २०३५ सालमा नेकपा मालेको केन्द्रीय सदस्य भएका पोखरेल २०४७ सालमा नेकपा एमालेको समेत संस्थापक सदस्य हुनुभयो ।

२०५१ सालमा नेकपा एमालेको अल्पमतको सरकारमा उहाँ प्रधानमन्त्री मनमोहन अधिकारीका प्रमुख राजनीतिक सल्लाहकार हुनुहुन्थ्यो । २०५४ सालमा राष्ट्रियसभाको सदस्य भएका पोखरेल २०५६ मा काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो ।

उहाँ २०५४ असारमा नेकपा एमाले स्थायी कमिटी सदस्यमा चयन हुनुभयो । २०५६ मा प्रधानमन्त्रीको संयोजकत्वमा गठन भएको उच्चस्तरीय समिति अन्तर्गतको चुनाव व्यवस्थापन समितिको संयोजक पनि बन्नुभयो ।

२०५९ सालमा नेकपा एमाले केन्द्रीय सचिवालयका सचिव भएका पोखरेल २०६० मा पार्टी संगठन विभागको प्रमुखमा चयन हुनुभयो । उहाँ २०६१ सालमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री हुनुभयो । पोखरेल २०६३–०६४मा शान्ति समिति नेपालको सदस्य हुनुभयो ।

२०६५ सालमा भएको पार्टी महाधिवेशनबाट उहाँ महासचिवमा चयन हुनुभएको हो । केही दिन उपप्रधानमन्त्री पनि बन्नुभयो । २०६४ सालको पहिलो संविधानसभा चुनावमा पनि उहाँ काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्नुभएको थियो ।

९ हजार १ सय २० मत प्राप्त गरेका पोखरेल नेपाली कांग्रेसका नरहरि आचार्यसँग पराजित हुनुभएको थियो । उहाँले दोस्रो संविधानसभाको चुनावमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिनुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुरानो बसपार्क–नयाँ बसपार्क चल्ने २६ माइक्रोबसको रुट परमिट खारेज
पुरानो बसपार्क–नयाँ बसपार्क चल्ने २६ माइक्रोबसको रुट परमिट खारेज
राष्ट्रपतिसँगको टीका सामाजिक सञ्जालमा ‘भाइरल’, कारण यस्ताे छ !
राष्ट्रपतिसँगको टीका सामाजिक सञ्जालमा ‘भाइरल’, कारण यस्ताे छ !
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
चर्को विरोधपछि पूर्वराजालाई काठमाडौँ आउन सवारी पास
चर्को विरोधपछि पूर्वराजालाई काठमाडौँ आउन सवारी पास
गोपाल खड्कालाई कारवाहीको माग गर्दै सिंहदरबार पुग्यो वाईसीएल
गोपाल खड्कालाई कारवाहीको माग गर्दै सिंहदरबार पुग्यो वाईसीएल
गोर्खाल्याण्ड : नकोरिएको इतिहास
गोर्खाल्याण्ड : नकोरिएको इतिहास
जंगिदै ओलीले भने ‘एमाले कुडा कर्कट जम्मा गर्ने पार्टी होइन’
त्रिभुवन विश्वविद्यालय र भारतको ओम स्टर्लिङ विश्वविद्यालयबीच सम्झौता
त्रिभुवन विश्वविद्यालय र भारतको ओम स्टर्लिङ विश्वविद्यालयबीच सम्झौता
समानुपातिकमा एमालेको अग्रता कायम, तीन पार्टीको कट्यो तीन प्रतिशत
समानुपातिकमा एमालेको अग्रता कायम, तीन पार्टीको कट्यो तीन प्रतिशत
वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलले गरे राजनीतिमा आउने घोषणा
वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलले गरे राजनीतिमा आउने घोषणा