सकियो नेकपा स्थायी समिति बैठक, बामदेव गौतमलाई उपाध्यक्ष बनाउने निर्णय

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ६, २०७६
|
|
४४ पटक हेरिएको
Shares
सकियो नेकपा स्थायी समिति बैठक, बामदेव गौतमलाई उपाध्यक्ष बनाउने निर्णय

सारांश

  • सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्तावलाई पारित गरेको छ।
  • साउन २१ गतेको सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो।
  • महासचिव विष्णु पौडेलले विधान संशोधनका लागि गरेको प्रस्ताव स्थायी कमिटीको आइतबारको बैठकले पारित गरेपछि अब केन्द्रीय कमिटीमा यो एजेन्डाबारे थप छलफल हुनेछ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्तावलाई पारित गरेको छ।

साउन २१ गतेको सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो।

महासचिव विष्णु पौडेलले विधान संशोधनका लागि गरेको प्रस्ताव स्थायी कमिटीको आइतबारको बैठकले पारित गरेपछि अब केन्द्रीय कमिटीमा यो एजेन्डाबारे थप छलफल हुनेछ।

नेकपाले पुस २३ गते केन्द्रीय कमिटी बैठक डाकेको छ।

नेकपामा चार सय ४५ सदस्यीय केन्द्रीय कमिटी छ। केन्द्रीय कमिटी बैठकबाट पनि यो प्रस्ताव पारित भएमा गौतम उपाध्यक्ष हुनेछन्।

नेकपामा उपाध्यक्ष रहने व्यवस्था थिएन।

सचिवालय बैठकले उपाध्यक्ष बनाउने निर्णय गर्दै विधान संशोधन प्रस्ताव गरेको थियो। नेकपामा अब एक उपाध्यक्ष रहने विधानमै व्यवस्था हुने भएको छ।

मंसिर २९ गतेदेखि चलेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव पौडेलले राखेका बेग्लाबेग्लै प्रतिवेदनमाथि सदस्यहरूले धारणा राखेका थिए।

बैठकले अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायत फिर्ता ल्याउन र सीमा विवाद हल गर्न पार्टीले पुनस् ठोस पहल गर्नुपर्ने पनि निर्णय गरेको छ।

सडक दुर्घटना बढेकोमा चिन्ता व्यक्त गर्दै नेकपा स्थायी कमिटीले दुर्घटना न्युनिकरणका लागि ठोस योजना बनाइ कार्यान्वयनमा ल्याउन सरकारलाई पनि सुझाव दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल प्रहरीका २८ जना डीएसपी लाइ एसपी मा बढुवा गर्न सिफारिस !
नेपाल प्रहरीका २८ जना डीएसपी लाइ एसपी मा बढुवा गर्न सिफारिस !
नेपाल आज ५२५ कोरोना संक्रमित थपिए
नेपाल आज ५२५ कोरोना संक्रमित थपिए
राजमोले २०७१ सालमै अस्वीकार गरेका जोशी फालिएपछि चित्रबहादुर केसीले गरे स्वागत
राजमोले २०७१ सालमै अस्वीकार गरेका जोशी फालिएपछि चित्रबहादुर केसीले गरे स्वागत
रवि लामिछाने र युवराजको बयान आज, निषेधित क्षेत्रमा व्यापक प्रहरी परिचालन
रवि लामिछाने र युवराजको बयान आज, निषेधित क्षेत्रमा व्यापक प्रहरी परिचालन
बालेनको टिप्पणी- देश त मारवाडी सेवा समाज जस्ता संस्थाले पो चलाएका रहेछन्
बालेनको टिप्पणी- देश त मारवाडी सेवा समाज जस्ता संस्थाले पो चलाएका रहेछन्
सशस्त्र प्रहरीमा सरुवाको प्रक्रिया बदलियो
सशस्त्र प्रहरीमा सरुवाको प्रक्रिया बदलियो
चौध अर्ब ३१ करोड अनुदान सहायता स्वीकार
चौध अर्ब ३१ करोड अनुदान सहायता स्वीकार
कोरोना विरुद्धको संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस
कोरोना विरुद्धको संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस
एकैदिन काठमाडौंमा १४१६ जनामा कोरोना संक्रमण पुष्टि
संघीयता कार्यान्वयनका लागि समृद्धि आवश्यकः अध्यक्ष यादव
संघीयता कार्यान्वयनका लागि समृद्धि आवश्यकः अध्यक्ष यादव