तिवारी हत्या काण्डका हत्यारा र हत्याका कारण पर्दाफास

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १५, २०७३
|
|
१९८ पटक हेरिएको
Shares
तिवारी हत्या काण्डका हत्यारा र हत्याका कारण पर्दाफास

सारांश

  • युवा संघ रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्याका मुख्य योजनाकार मनोज पुन नै भएको प्रहरीले बताएको छ ।
  • साथै हत्यामा संलग्न १२ जनाको सूची सार्वजनिक गरेको छ, जसमध्ये पुनसहित ५ जना फरार छन् भने ७ जना पक्राउ परेका छन् ।
  • प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेर मुख्य योजनकार मनोज नै भएको बताएको छ ।

युवा संघ रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्याका मुख्य योजनाकार मनोज पुन नै भएको प्रहरीले बताएको छ । साथै हत्यामा संलग्न १२ जनाको सूची सार्वजनिक गरेको छ, जसमध्ये पुनसहित ५ जना फरार छन् भने ७ जना पक्राउ परेका छन् ।

प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेर मुख्य योजनकार मनोज नै भएको बताएको छ । रुपन्देही देवदह-६ का २९ वर्षीय मनोज फरार छन् ।


उनले व्यक्तिगत रिसिइबीकै कारण तिवारीको हत्या गराएको प्रहरी अनुसन्धानले देखाएको छ ।

तिवारी हत्याकाण्डमा योजनाकार रहेका सिद्धार्थनगर ३ का विकास भन्ने सोमबहादुर आले पनि फरार छन् । घटनामा सुटर राजु भन्ने प्रयोग भएको र उनी पनि फरार रहेको एसपी रविन्द्र धानुकले जानकारी दिए ।

प्रहरीले हत्यामा भूमिका खेल्ने ७ जनालाई पक्राउ गरेको छ । उनीहरुमध्ये खेमराज भण्डारीले सुटरलाई लिएर जाने र भगाउने काम गरेका थिए ।

तिवारीको पुस ४ गते हत्या भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?