डा. केसीको अनशन विरुद्ध अर्को अनशन

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष २८, २०७५
|
|
२५ पटक हेरिएको
Shares
डा. केसीको अनशन विरुद्ध अर्को अनशन

सारांश

  • चिकित्सा शिक्षा सुधारको माग गर्दै विगत चार दिनदेखि इलामको फूलगाछीमा अनशनरत वरिष्ठ चिकित्सक डा.
  • गोविन्द केसी शनिवार बिहानैदेखि बस्न नसक्ने अवस्थामा पुगेका छन् ।
  • उनको हेरचाह गरिरहेका चिकित्सक डा.

चिकित्सा शिक्षा सुधारको माग गर्दै विगत चार दिनदेखि इलामको फूलगाछीमा अनशनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसी शनिवार बिहानैदेखि बस्न नसक्ने अवस्थामा पुगेका छन् ।

उनको हेरचाह गरिरहेका चिकित्सक डा. रामकृष्ण आचार्यका अनुसार बस्न नसक्ने भएपछि उनलाई इलाम अस्पताल लैजान खोजिएको थियो । तर डा. केसीले अस्पताल जान मानेनन् ।

डा. केसीको शरिरमा चिनीको मात्रा कम हुँदै गएको छ । उनलाई शौचालय जान समेत असहज हुन थालेको छ ।

चिसोका कारण निमोनिया हुनसक्ने भन्दै डा. केसीको स्वास्थ्यमा निकै सजगता अपनाइएको छ । उनको अनशन प्रति समर्थन जनाउँदै इलाम र काठमाडौँमा प्रदर्शन गरिएको छ । प्रदर्शनकारीले डा. केसीको माग तुरुन्त पुरा गर्न सरकारलाई आग्रह गरेका छन् ।

डा. केसीको अनशन विरुद्ध अर्को अनशन

डा. केसीको अनशन प्रति ऐक्यवद्धता जनाउँदै प्रदर्शन भइरहँदा एक युवाले भने डा. केसीको अनशनको विरोध गर्दै अनशन बसेका छन् । काठमाडौँबाट गएका विजय थापा इलाम पुगेर अनशन बसेका हुन् । ओखलढुङ्गा, सिस्नेरी स्थायी घर भएका थापाले हालै शिक्षा तथा स्वास्थ्य समितिले बहुमतबाट पारित गरी संसदमा दर्ता गराएको चिकित्सा विधेयक पास गर्नुपर्ने लगायत ९ बुँदे माग सहित इलाम चोकबजारको लाकुरी चौतारामा अनशन थालेका हुन् । थापाले राजधानी बाहिर देशैभरि मेडिकल कलेज खोल्ने वातावरण हुनु पर्ने, सरकारी तलब र सुविधा लिएर राजनीति गर्ने कर्मचारीलाई सेवाबाट बर्खास्त गरिनु पर्ने, बलात्कारीलाई फासीको सजाय दिइनु पर्ने लगायतका माग समेत राखेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?